गुणस्तरीय शिक्षाका लागि नयाँ विधेयक : शिक्षामन्त्री    ५८ लाख थान पुस्तक अपुग    शिक्षामन्त्री भन्छन् - 'शिक्षालाई राजनीतिमुक्त बनाउनैपर्छ'    शिक्षालाई स्कुलदेखि घरसम्म जोड्ने शिक्षक भएनन्    प्राचार्य र अध्यक्षविरुद्ध छुवाछुत मुद्दा    ग्लोबल सेपर्सले स्कुल बनाउने    एसएलसीमा डी ग्रेड ल्याउने विद्यार्थीको भर्नामा चर्को विवाद    यस बर्षको एसएलसी परीक्षा सम्पन्न, नतिजा असारमा    डिन निुयुक्तिमा चलखेल !    सरकारीमै पढ्छन् शिक्षकका छोराछोरी    शिक्षकले आठ महिनादेखि तलब पाएनन्    शिक्षा कार्यालयमा ‘मदिरा पार्टी’    झाडापखालाबाट शिक्षक पनि बिरामी    एसएलसीमा भाइबर र म्यासेन्जरबाट चिट !    परीक्षामा चिट चोर्न नपाउँदा ढुंगामुढा !    एसएलसीमा चर्को राजनीति !    बाजुराका विद्यार्थी एसएलसीबाट बञ्चित !    पद्मकन्या क्याम्पस स्ववियु सभापतिको मृत्यु    एसएलसी परीक्षामा छ लाखभन्दा बढी परीक्षार्थी हुने    एसएलसीमा १ घण्टा लोडसेडिङ घट्यो    कर्णालीका विद्यार्थीले समयमै पुस्तक पाउने    ७ रोचक कुराहरु    किताब नउठाउने महासंघको चेतावनी    भाडाको घरमा स्कुल चलाउन नपाइने !    मुक्तिमार्ग उच्च माविलाई एघार लाख रुपैया मूल्यको जग्गा सहयोग    एसएलसीको ग्रेडिङ्मा परिवर्तन गरियो    विद्यार्थी शून्य, शिक्षक आठ    विद्यालय सुधार्न कस्सिए अभिभावक    चलन चल्तीका केहि नेपाली उखानहरु    केही मननिय भनाईहरु    आदर्श भनाई अनि ज्ञानगुनका कुराहरु    बेलायतको भिसा त्यागेर शिक्षक    कृपा नखोज, कर्म गर: कुलचन्द्र गौतम    शिक्षक र अभिभावकको व्यापक परिचालनबाट मात्रै संभव छ विद्यालय सञ्चालन र पुनःनिर्माण    आजको पाठ योजना बिफल हुने देखेपछी, पढाउन छोडेर एक छिन् ठुलो - ठुलो आदर्शको भाषण दिएँ    लाखौं विद्यार्थी उच्च शिक्षाबाट बञ्चित हुने खतरा    एकजना विद्यार्थीको आत्महत्या    विद्यार्थी कल्याणकारी कोषका लागि जुट्दै अष्ट्रेलियाका नेपालीहरू    आफ्नो पाठ र ईकोब्रिक    प्राज्ञिक विद्यार्थी अधिवेशन हुँदै    अन्तर विद्यालय ताइक्वान्दो भक्तपुरमा हुने    भूकम्प प्रभावित जिल्लामा ‘लाइभ स्कुल’ !    दाङका मुक्त कम्लरीलाई शैक्षिक सामग्री वितरण    पाँच कक्षासम्मको विद्यालयमा तीन मात्रै शिक्षक    २३ सय विद्यार्थीलाई शैक्षिक सामग्री    शिक्षक सक्षमताको मापदण्ड पारित, तालिमको स्वरुप फेरियो    तरुण माध्यामिक विद्यालयमा    आदर्श शौल युवक उच्च माध्यामिक विद्यालय    पुरानो विद्यालय अत्याधुनिक प्रविधि    एमए पास गरेर कक्षा एक मा शिक्षक !    सेना छाडेर शिक्षक    बेलायतको भिसा त्यागेर शिक्षक    सुधार प्रयासमा एउटा हेडमाष्टर    एक जना हेडसरको भोगाई : शिक्षकलाई सरकारले सम्मान दिएन    भारतको शिक्षामा कमजोर हुदैं मानवीय पक्ष : प्रा.डा. अनामिक शाह    सिकाइ उपलब्धि: माथि माथि हेर्दा तल सुक्यो !    विषयगत कक्षा व्यवस्थापन: सिकाइ उपलब्धि बढाउने एउटा उपाय    कार्यमूलक अनुसन्धान-किन र कसरी    स्ववियू निर्वाचन चैत अन्तिम साता भित्र गर्ने कांग्रेस सभापतिको भनाई    पद्मोदयको ७० औँ बार्षिकोत्सव सम्पन्न    नेल्टाको २१ औँ अन्तराष्ट्रिय सम्मेलन शुरु    धेरै दरबन्दी भएका प्राविका शिक्षक निमावि र माविमा : बराल    दल आवद्ध शिक्षकलाई स्पष्टीकरण, चित्त बुझ्दो जवाफ नदिए कारवाही : जिशिअ नेपाल    शिक्षा मन्त्रालय विदेशी ‘डोनर’ हरुले चलाएका छन् : कोइराला    सामाजिक नीति बनाऊन विद्यार्थीको माग    क, ख पढ्न चार घन्टाको हिँडाइ    शिक्षाको व्यापार अन्त्य गर्न शुल्क निर्धारण मापदण्ड कार्यान्वयन हुनै पर्ने    शिक्षामा नयाँ क्रान्तिको आवश्यकता – शिक्षामन्त्री    नीजि स्कुल खोल्न ३२ मापदण्ड, पहिल्यै खुलेकालाई तीन वर्ष मौका    बिज्ञापन    प्रयोगका सर्त    हाम्रो बारे

कृपा नखोज, कर्म गर: कुलचन्द्र गौतम

 गुल्मीको अमरपुरमा २००४ सालमा जन्मनु भएका कुलचन्द्र गौतम आफ्नै मेहनत, लगनशीलता र क्षमताले संयुक्त राष्ट्र संघको सहायक महासचिवसम्म हुनुभयो । उहाँले कसैको कृपा र चाकरीबाट कहिल्यै केही प्राप्त गर्नु भएको छैन । आफ्नो कर्म र मेहनतको फल आफूले लिनुपर्छ भन्ने उहाँको मान्यता छ । पहुँचको दुरुपयोग गरी सोर्सफोर्सले जागिर लगाइदिने र सरकारी बजेट पारेर विकास निर्माण गराउने काम मुख्यतः भविश्यमा चुनाव लडेर नेता हुने वा गैरकानुनी धन्दा गरेर पैसा कमाउने व्यक्तिले आफ्ना समर्थक बढाउन गर्ने गर्छन् । आफ्नो यस् तो स्वार्थ नभएको हुनाले गौतम भन्नुहुन्छ, ‘मैले मेरो परिवारका सदस्य, नातागोता र गाउँजिल्लाका लागि केही गर्ने या नगर्ने त्यो मेरो स्वेच्छिक कुरा हो, गर्नुपर्छ भन्ने पूर्वाग्रह कसैले राख्नुहुँदैन ।’

शिक्षा

कुलचन्द्र सानैदेखि पढाइमा लगनशील र अत्यधिक उत्सुक स्वभावको हुनुहुन्थ्यो । हरेक घटना र परिवर्तन किन र कसरी भयो भन्ने प्रश्नले उहाँका अभिभावकहरु कहिलेकांही दिक्क हुन्थे । घर मै हजुरबुबाबाट क, ख, रा सुरु गर्नु भएका गौतम छिमेकी गाउँमा गएर नेपाली भाषाको आधारभूत ज्ञान लिएपछि ११ वर्षको उमेरमा गाउँका एक आफन्तको पछि लागेर बनारस जानु भएको थियो । उहाँले त्यहाँ डेढ वर्ष संस्कृत पढ्नुभयो । सन् १९६० मा उहाँ मामासँग काठमाण्डौ आएर लैनचौरका शान्ति विद्यागृहमा ३ कक्षामा भर्ना हुनुभयो । ६ कक्षासम्म काठमाडौंमा पढ्दा उहाँले अंग्रेजी भाषा सिकिसक्नु भएको थियो । ७ देखि ९ कक्षा उहाँले तानसेनमा पढ्नुभयो । एसएलसी भने उहाँले सन् १९६६ मा काठमाडौंको जेपी स् कुलबाट गर्नुभयो ।

प्रथम श्रेणी आउने विद्यार्थीले विज्ञान पढ्ने चलनविपरीत उहाँले मानविकी पढ्नुभयो । यसको कारणबारे उहाँ भन्नुहुन्छ, ‘मलाई साहित्य, मानवशास्त्र, राजनीतिशास्त्र र समाजशास्त्रमा बढी रुचि थियो ।’ त्यसो त उहाँले एसएलसीपछि नै अमेरिकामा डार्टमथ कलेजबाट पूर्ण छात्रवृत्ति पाउनु भएको थियो । गौतमले सेन्ट जेभियर्स स् कुलमा स्याट र टफेलको परीक्षा दिंदा उत्कृष्ट स् कोर आएको हुनाले उक्त अवसर जुरेको थियो । तर सरकारले राहदानी उपलब्ध नगराएको कारण उहाँ अमेरिका जान दुई वर्ष कुर्नुपर्‍यो, जुन समयमा उहाँले आईए सक्नुभयो । उहाँले अमेरिकाकै प्रिन्स्टन युनिभर्सिटीबाट डेभलपमेन्ट स्टडिजमा स् नातकोत्तर गर्नु भएको छ । उहाँले आईए पढ्दा नै यूएसएआईडीका कर्मचारीलाई नेपाली भाषा सिकाएर आम्दानी गर्नुहुन्थ्यो । त्यस्तै अमेरिकामा पढ्दा पनि नेपाल आउने पिसकोर स्वयंसेवकलाई नेपाली भाषा र संस्कृति सिकाउनुहुन्थ्यो । विदेशीले उहाँलाई नै छानेर पढ्नुको पछाडि उहाँमा भएको दक्षता र मिजासीपन कारण थियो ।

परिवार

दुई आमाका तर्फबाट गरी गौतमहरु बाँचेका १२ सन्तान हुनुहुन्छ । आफ्नै आमाबाट ४ भाइ र दुई बहिनीमा उहाँ जेठो हुनुहुन्छ । त्यसबाहेक उहाँकी एक बहिनी सानैमा बित्नुभयो भने एक बहिनी वयस्क भएपछि बित्नुभयो । उहाँका भाइ सुरेश, सुशील र दिनेश बेलायतमा बस्नुहुन्छ । अर्काे आमापट्टिको भाई रामचन्द्र गुल्मीको अमरपुरमै शिक्षक हुनुहुन्छ, जहाँ कुलचन्द्र पनि बेला बेला जाने गर्नुहुन्छ । कुलचन्द्रको परिवार अहिले काठमाण्डौ महाराजगञ्जमा बसोबास गर्दछ । सन् १९७४ मा बिनता धितालसँग उहाँको विवाह भएको हो । उहाँका छोरा विप्लवको खेलकुद विकासमा रुचि छ । उहा“ अमेरिकामा सोहीसम्बन्धी काम गर्नुहुन्छ । छोरी ज्योत्स्ना पनि अमेरिकामै कला (आर्ट सम्बन्धी काम गर्नुहुन्छ ।

गौतमले कहीं पनि कमर्सियल लगानी गर्नु भएको छैन । उहाँले कमाइबाट काठमाण्डौ र न्युयोर्कमा घर बनाउनु भएको छ । ‘कमर्सियल लगानी गर्ने मेरो सोच थिएन, म कमफरटेबल जीवन यापन गर्न चाहन्छु’, उहाँको भनाइ छ । उहाँले जिविकोपार्जन पेन्सनबाट गरिरहनु भएको छ । विहान दुई घण्टा र बेलुकी ९ देखि १२ बजेसम्म इमेल इन्टरनेटमा बिताउने उहाँको बानी छ । विज्ञापनसहित हेर्दा धेरै समय लाग्ने हुनाले अक्सर उहाँ टिभी हेर्नुहुन्न । उहाँ सर्वभक्षी हुनुहुन्छ तर धर्मपत्नी शाकाहारी र धार्मिक भएको हुनाले घरमा माछामासु छिराउन पाइँदैन । राष्ट्र संघमा बालवालिकाको विकाससम्बन्धी काममा दसकौं बिताउनु भएका गौतम बच्चाबच्चीसँग खेल्न एकदमै रमाउनुहुन्छ । अहिले काठमाडौंमा उहाँ तीन वर्षे नातिनीसँग धेरै समय बिताउनुहुन्छ । उहाँ एकदमै उत्साहित र प्रफुल्ल हुँदै भन्नुहुन्छ, ‘मलाई यति बजे यो गर्ने भन्ने बाध्यता छैन, फ्रि लाइफ नातिनीलाई खेलाएर बिताउँछु, उसको साथमा हुँदा मलाई एकदमै आनन्द आउँछ ।’

राष्ट्र संघ यात्रा

उहाँले सन् १९७३ मा स्नातकोत्तर सकेपछि संयुक्त राष्ट्रसंघअन्तर्गत युनिसेफमा जागिर सुरु गर्नुभयो । त्यतिखेर अमेरिका—भियतनाम युद्ध चर्चामा थियो । अमेरिकी विश्वविद्यालयमा अधिकांश विद्यार्थीजस्तै गौतम पनि अमेरिकाले भियतनाममा गरेको आक्रमणको विरोधमा हुनुहुन्थ्यो । अन्ततः सो युद्ध अमेरिकाले हारेर सम्झौता गर्नु परेको थियो । राष्ट्र संघले रोक्न खोज्दा खोज्दै नरोकिएको युद्धबाट प्रभावित निर्दाेष बालबालिकाको उद्दार र राहतका लागि राष्ट्र संघले अभियान सुरु गरेको थियो । इण्डो चाइना (भियतनाम) समूहको एक सदस्य कम्बोडियामा युनिसेफ कार्यालयलाई प्रोग्राम अफिसर चाहिएको थियो । भियतनाम युद्धको गहिरो अध्ययन गरेको र फ्रेञ्च भाषा पढेको व्यक्ति भएकोले युनिसेफले न्यूयोर्कमा लिएको अन्तरवार्तामा गौतम छनोट हुनुभयो । कम्बोडिया विगतमा फ्रेञ्च उपनिवेश मुलुक भएको हुनाले त्यहाँ फ्रेञ्च भाषा महत्वपूर्ण हुन्थ्यो । उहाँले उक्त युद्धको बारेमा गहिरो अध्ययन गर्ने सिलसिलामा फ्रेञ्च सिक्नु भएको थियो ।

उहाँ कम्बोडिया जाँदा सहरहरु आन्तरिक शरणार्थीले भरिएका थिए । १९७० मा राजधानी नोमपेनको जनसंख्या साढे २ लाख रहेकोमा युद्ध चर्केपछि तीन÷चार वर्षमै २५ लाख पुगेको थियो । अन्ततः खमेररुजले युद्ध जितेर सत्ता कब्जा गर्‍यो । खमेररुज आउनासाथ सहरबासीलाई गाउँमा खेदेर र नरसंहार गरेर जनसंख्या घटायो । राजधानीको २५ लाख जनसंख्यालाई खमेररुजले एक हप्तामा २५ हजारमा झारेको थियो । ‘नयाँ अग्रगामी संसार’ निर्माण गर्ने आफ्नो योजनाअनुरुप अस्पताल भर्ना भएका र अपांङ्गलाई समेत उसले जबर्जस्ती खेदेको थियो । कम्बोडियाको ७० लाखको जनसंख्यामा २० लाख खमेररुजले नरसंहार गरेको थियो । स् िथति अति खतरनाक भएपछि गौतम युनिसेफको क्षेत्रीय कार्यालय बैंकक आउनुभयो ।

उग्र माओवादी सिद्धान्तबाट प्रेरित खमेर रुजले कम्बोडियालाई चार वर्षसम्म संचार र यातायातबाट बञ्चित गरी बाहिरी विश्वबाट अलग राख्यो । खमेररुज सरकारले युनिसेफ कार्यालयलाई पुनस्र्थापना गर्न अनुमति नदिएपछि गौतम इण्डोनेसिया जानुभयो । चार वर्ष त्यहाँ बिताउनु भएका गौतम सिनियर प्रोग्राम अफिसर हुनुभयो । त्यसपछि उहाँलाई युनिसेफले कन्ट्री डाइरेक्टर बनाएर लाओस पठायो । २९ वर्षको उमेरमा सन् १९७९ मा सो पदमा पुग्नु भएका उहाँ राष्ट्र संघको इतिहासमा सबैभन्दा कम उमेरका कन्ट्री हेड हुनुभयो । भर्खर युद्ध सकिएको लाओसमा तीन वर्ष बिताएर हाइटीमा पनि युनिसेफ हेड भएरै उहाँले चार वर्ष काम गर्नुभयो ।

विभिन्न देशमा चुनौतीपूर्ण काम सफलतापूर्वक सम्पन्न गरेपछि उहाँलाई युनिसेफले मुख्यालय न्युयोर्कमा ल्याटिन अमेरिका र क्यारिबियन मुलुक हेर्ने हेड बनायो । त्यसपछि उहाँ विश्वभरकै योजना बनाउने विभाग प्लानिङ कोअर्डिनेसन डाइरेक्टर हुनुभयो । १९९० मा युनिसेफको आयोजनामा सम्पन्न विश्व बाल शिखर सम्मेलनका एजेण्डा तयमा उहाँको महत्वपूर्ण भूमिका रहेको थियो । ‘मलाई सबैभन्दा खुसी लागेको क्षण नै मैले बनाएका एजेण्डा पास हुँदा हो’, उहाँ भन्नुहुन्छ, ‘त्यही सम्मेलनको घोषणाकै आधारमा सन् २००० मा राष्ट्र संघले सहश्राब्दी विकास लक्ष्य सार्वजनिक गरेको हो ।’ त्यसपछि उहाँ युनिसेफको सबैभन्दा ठूलो विभाग प्रोग्राम डाइरेक्टर हुनुभयो । १० वर्ष युनिसेफको मुख्यालयमा बिताएपछि उहाँले एक वर्ष बिदा लिएर हार्भर्ड युनिभर्सिटीमा अध्ययन–अध्यापन गर्नुभयो ।

उहाँ ६ महिनाको लागि भारतमा विशेष प्रतिनिधि भएपछि दुई वर्ष बैंककमा युनिसेफको क्षेत्रीय डाइरेक्टर हुनुभयो । उहाँको जागिर उपयुक्त कार्यसम्पादनको कारण बढुवा हुँदै सन् २००० मा संयुक्त राष्ट्र संघको सहायक महासचिवमा पुग्यो । युनिसेफ प्रमुख क्यारोल बेलामीको सिफारिशमा राष्ट्र संघ महासचिब कोफी अन्नानले उहाँलाई युनिसेफको नायव कार्यकारी निर्देशक नियुक्त गरे, जुन यूएनको पदेन सहायक महासचिव हुने व्यवस् था छ । ३५ वर्षको राष्ट्र संघ सेवापछि उहाँ सन् २००० मा नेपाल आउनुभयो । उहाँ गैरआवासीय नेपाली संघमा सल्लाहकार हुनुहुन्छ ।

नेपालमा के गर्ने ?

उहाँलाई न्युयोर्कमा धेरै नेपालीले सोधेका थिए, ‘तपाईं नेपाल गएर के गर्ने ?’ यसको जवाफमा उहाँले ‘म नेपालमा गएर के गर्नेभन्दा पनि तीन काम नगर्नेमा स्पष्ट छु’ भन्नु भएको थियो । ती हुन्, राजनीतिक दलको सदस्य नहुने, सरकारी पदमा नबस्ने र कुनै पनि कार्यकारी पद नलिने । यसैगरी, उहाँले नेपाल गएर गर्ने काम पनि तीन वटै बताउनुभएको थियो । त्यसमा नेपालसँग पुनर्परिचित हुने, युद्धबाट क्षतिग्रस्त भएको नेपाललाई अन्तर्राष्ट्रिय सहायता जुटाउन पहल गर्ने र नेपाली साहित्यको अध्ययन गर्ने । त्यसमध्ये दुईटा उदेश्यमा मात्र उहाँले सफलता पाउनुभयो । पहिले नपुगेका २४–२५ जिल्ला घुमेर ४० वर्षअघि छोडेको देशसँग पुनः परिचित हुनुभयो । त्यस्तै करिब दुई सय साहित्यिक पुस्तक किनेर पढिरहनु भएको छ । पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउने उहाँको उदेश्य भने पूरा हुन सकेन किनकि सरकार र राजनीतिक दलले गम्भीर चासो नलिइकन यो काम उहाँले मात्र गर्न मिल्दैन ।

सोच

नेपालमा विद्यमान आफू ठूलो भएपछि आफ्ना मान्छे, गाउँले र आफन्तलाई केही गर्नुपर्छ भन्ने मान्यता उहाँले पूर्णतः अस्वीकार गर्नुहुन्छ । ‘म ठूलो भएको हुनाले मैले मेरा आफन्तलाई विशेष सुविधा दिनुपर्छ र मैले हेरचाह गर्नुपर्छ भन्ने मान्यता म राख्दिनँ’, उहाँ भन्नुहुन्छ, ‘तर आफन्त नभनीकन क्षमता हेरेर मानवीय आधारमा सहयोग गर्छु ।’ जन्मे हुर्केको ठाउँको माया हुने भएकाले उहाँले अमरपुरमा उपस्वास्थ्य चौकी खोलिदिनु भएको छ भने बुबाले २०१८ सालमा प्रधानपञ्च हुँदा खोलेको स्कुललाई पनि सहयोग गर्नु भएको छ । त्यस्तै उहाँले गाउँमा आमाको नाममा अक्षय कोष स्थापना गरिदिनु भएको छ । पाल्पाको जनता माविलाई पनि उहाँले सहयोग गर्नुभएको छ ।

फरक प्रसंगमा, नेपालमा चलिरहेको अहिलेको जातीय र क्षेत्रीय अधिकारसम्बन्धी चर्काे अभियानको औचित्य पुष्टि हुन नसकेको उहाँ बताउनुहुन्छ । ‘समानता, समावेशिता, सामाजिक न्यायको अभियान भविष्यमुखी हुनुपर्छ, विगतमुखी होइन’, उहाँ भन्नुहुन्छ, ‘२४० वर्षअघि पृथ्वीनारायण शाहका पालादेखि आफ्ना बाबुबाजेमाथि भएको अन्याय सच्याउनलाई होइन कि आफ्ना भावी सन्तानको भविष्य समृद्ध बनाउन परिवर्तनको माग केन्द्रित हुनुपर्छ ।’ समृद्धिबिना अधिकारले मात्र केही नुहने उहाँको विचार छ । तत्काल नेपालमा संक्रमण काल लम्बिए पनि मलुकुको भविष्य उहालँे रामा्र े देख्नु भएको छ । नेपाली जनतामा दल र नेताका खोक्रा नाराको पछि लाग्नु हुन्न, वस्तुगत हुनुपर्छ भन्ने चेतना आइसकेको उहाँ बताउनुहुन्छ । त्यो चेतना राजनीतिमा प्रतिविम्बित हुन करिब ६ वर्ष लाग्ने र त्यसपछि मुलुकले समृद्धिको बाटो लिने उहाँको अपेक्षा छ । बीपी कोइरालापछि अहिलेसम्म नेपालमा आदर्शमय नेताको अभाव रहेको उहाँ बताउनुहुन्छ । तर अब देशको विकासको लागि एउटा महानेताभन्दा पनि गाउँ गाउँमा सक्षम मिनी नेता जन्माउनुपर्ने उहाँको विचार छ ।

बैंकको प्रशंसा

सिटिजन्स बैंक इन्टरनेसनलमा डेढ वर्ष अध्यक्ष बन्नु भएका गौतम नेपालको आधुनिकीकरणमा बैंकिङ्ग क्षेत्रको ठूलो महत्व रहेको बताउनुहुन्छ । उक्त बैंकको सेयरधनी नभएको र आफ्नो त्यति रुचि वा दक्षताको क्षेत्र पनि नभएको हुनाले सुरुमा उहाँले अध्यक्षको प्रस् ताव स्वीकार्न हिचकिचाउनु भएको थियो । तर डा. शंकर शर्माले ‘नेपालमा निजी क्षेत्र कसरी चल्छ, बैंकिङ्ग सेक्टरमा के भइरहेको छ र के सम्भावना छ भन्ने विषयमा जान्न केही समय बस्नु उपयुक्त हुन्छ’ भनेपछि उहाँ अध्यक्ष हुनु भएको हो । बैंक अध्यक्ष हुँदाको क्षण खुसीसाथ बितेको र सोही बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीलगायतबाट धेरै कुरा सिकेको उहाँ बताउनुहुन्छ । अहिलेसम्म आर्थिक विकासको क्षेत्रमा कुनै पनि दल र नेताले वास्तविक प्राथमिकता नदिएको उल्लेख गर्दै कुनै दिन त्यस्तो स्थिति आयो भने बैंकिङ्ग सेक्टरले कमर्सियल सेक्टरमा अहिले गरेको योगदानभन्दा बढी डेभलपमेन्ट सेक्टरमा गर्न सक्ने उहाँको विश्वास छ ।

प्रस्तुतिः रमेश घिमिरे, चाणक्य मासिक, साउन २०६९

widgets