गुणस्तरीय शिक्षाका लागि नयाँ विधेयक : शिक्षामन्त्री    ५८ लाख थान पुस्तक अपुग    शिक्षामन्त्री भन्छन् - 'शिक्षालाई राजनीतिमुक्त बनाउनैपर्छ'    शिक्षालाई स्कुलदेखि घरसम्म जोड्ने शिक्षक भएनन्    प्राचार्य र अध्यक्षविरुद्ध छुवाछुत मुद्दा    ग्लोबल सेपर्सले स्कुल बनाउने    एसएलसीमा डी ग्रेड ल्याउने विद्यार्थीको भर्नामा चर्को विवाद    यस बर्षको एसएलसी परीक्षा सम्पन्न, नतिजा असारमा    डिन निुयुक्तिमा चलखेल !    सरकारीमै पढ्छन् शिक्षकका छोराछोरी    शिक्षकले आठ महिनादेखि तलब पाएनन्    शिक्षा कार्यालयमा ‘मदिरा पार्टी’    झाडापखालाबाट शिक्षक पनि बिरामी    एसएलसीमा भाइबर र म्यासेन्जरबाट चिट !    परीक्षामा चिट चोर्न नपाउँदा ढुंगामुढा !    एसएलसीमा चर्को राजनीति !    बाजुराका विद्यार्थी एसएलसीबाट बञ्चित !    पद्मकन्या क्याम्पस स्ववियु सभापतिको मृत्यु    एसएलसी परीक्षामा छ लाखभन्दा बढी परीक्षार्थी हुने    एसएलसीमा १ घण्टा लोडसेडिङ घट्यो    कर्णालीका विद्यार्थीले समयमै पुस्तक पाउने    ७ रोचक कुराहरु    किताब नउठाउने महासंघको चेतावनी    भाडाको घरमा स्कुल चलाउन नपाइने !    मुक्तिमार्ग उच्च माविलाई एघार लाख रुपैया मूल्यको जग्गा सहयोग    एसएलसीको ग्रेडिङ्मा परिवर्तन गरियो    विद्यार्थी शून्य, शिक्षक आठ    विद्यालय सुधार्न कस्सिए अभिभावक    चलन चल्तीका केहि नेपाली उखानहरु    केही मननिय भनाईहरु    आदर्श भनाई अनि ज्ञानगुनका कुराहरु    बेलायतको भिसा त्यागेर शिक्षक    कृपा नखोज, कर्म गर: कुलचन्द्र गौतम    शिक्षक र अभिभावकको व्यापक परिचालनबाट मात्रै संभव छ विद्यालय सञ्चालन र पुनःनिर्माण    आजको पाठ योजना बिफल हुने देखेपछी, पढाउन छोडेर एक छिन् ठुलो - ठुलो आदर्शको भाषण दिएँ    लाखौं विद्यार्थी उच्च शिक्षाबाट बञ्चित हुने खतरा    एकजना विद्यार्थीको आत्महत्या    विद्यार्थी कल्याणकारी कोषका लागि जुट्दै अष्ट्रेलियाका नेपालीहरू    आफ्नो पाठ र ईकोब्रिक    प्राज्ञिक विद्यार्थी अधिवेशन हुँदै    अन्तर विद्यालय ताइक्वान्दो भक्तपुरमा हुने    भूकम्प प्रभावित जिल्लामा ‘लाइभ स्कुल’ !    दाङका मुक्त कम्लरीलाई शैक्षिक सामग्री वितरण    पाँच कक्षासम्मको विद्यालयमा तीन मात्रै शिक्षक    २३ सय विद्यार्थीलाई शैक्षिक सामग्री    शिक्षक सक्षमताको मापदण्ड पारित, तालिमको स्वरुप फेरियो    तरुण माध्यामिक विद्यालयमा    आदर्श शौल युवक उच्च माध्यामिक विद्यालय    पुरानो विद्यालय अत्याधुनिक प्रविधि    एमए पास गरेर कक्षा एक मा शिक्षक !    सेना छाडेर शिक्षक    बेलायतको भिसा त्यागेर शिक्षक    सुधार प्रयासमा एउटा हेडमाष्टर    एक जना हेडसरको भोगाई : शिक्षकलाई सरकारले सम्मान दिएन    भारतको शिक्षामा कमजोर हुदैं मानवीय पक्ष : प्रा.डा. अनामिक शाह    सिकाइ उपलब्धि: माथि माथि हेर्दा तल सुक्यो !    विषयगत कक्षा व्यवस्थापन: सिकाइ उपलब्धि बढाउने एउटा उपाय    कार्यमूलक अनुसन्धान-किन र कसरी    स्ववियू निर्वाचन चैत अन्तिम साता भित्र गर्ने कांग्रेस सभापतिको भनाई    पद्मोदयको ७० औँ बार्षिकोत्सव सम्पन्न    नेल्टाको २१ औँ अन्तराष्ट्रिय सम्मेलन शुरु    धेरै दरबन्दी भएका प्राविका शिक्षक निमावि र माविमा : बराल    दल आवद्ध शिक्षकलाई स्पष्टीकरण, चित्त बुझ्दो जवाफ नदिए कारवाही : जिशिअ नेपाल    शिक्षा मन्त्रालय विदेशी ‘डोनर’ हरुले चलाएका छन् : कोइराला    सामाजिक नीति बनाऊन विद्यार्थीको माग    क, ख पढ्न चार घन्टाको हिँडाइ    शिक्षाको व्यापार अन्त्य गर्न शुल्क निर्धारण मापदण्ड कार्यान्वयन हुनै पर्ने    शिक्षामा नयाँ क्रान्तिको आवश्यकता – शिक्षामन्त्री    नीजि स्कुल खोल्न ३२ मापदण्ड, पहिल्यै खुलेकालाई तीन वर्ष मौका    बिज्ञापन    प्रयोगका सर्त    हाम्रो बारे

आजको पाठ योजना बिफल हुने देखेपछी, पढाउन छोडेर एक छिन् ठुलो - ठुलो आदर्शको भाषण दिएँ

 बिहानको सात बजे कक्षा सुरु भएको घण्टी बज्छ । घण्टी बजाउन रामसिकिल दाइ बिरलै सम्झनु हुन्छ। मेरो पहिलो घण्टी कक्षा दशमा अनिवार्य गणित।करिब १०-१५ जना विद्यार्थी आईपुगेका हुन्छन् । यो बर्ष यो बिद्यालय बाट नियमित तर्फ ८९ जनाले आउँदै गरेको एस.एल.सि को परिक्षा फारम भरेका छन् । म जिल्ल पर्छु, यत्ति विद्यार्थीलाई पढाउने कि पर्खिने ! आँखाहरु विद्यार्थी आउने बाटोतर्फ पुर्याउँछु । डम्म हुस्सुमा बेजोडले शितलहर चल्दै छ ।म शुन्य सोचमा पुग्छु । एक्कासि ढोकामा माधवी आएर सोध्छिन् -"दाइ म हजुरको क्लास अब्जर्ब गरौं?"
उनको कक्षा ९ मा पहिलो घण्टी अङ्ग्रेजी हो । "के भयो र तपाईंको क्लास ?" मैले प्रतिप्रश्न गरेँ । "मेरो मा कोहि पनि विद्यार्थी आएका छैनन्।" उनको आवाज बडो बिस्मयपुर्ण थियो ।
"बस्नुस् न त्यसो भए"
मैले "चक्रीय ब्याज" पढाउन सुरु गरेँ ।
विद्यार्थी आउने क्रम जारी रहिरह्यो। "माइ कमिन सर?"...........माइ कमिन सर ?......."
मानौं, मेरो यो घण्टी उनिहरुको स्वागतको लागि हो।
उनको विद्यार्थी आउन थालेको देखेर माधवी उठेर गइन् ।
निरन्तरको विद्यार्थी आउने क्रमले मेरो कक्षा अबरोधपुर्ण भैरह्यो।
सुरुमा भुकम्प, त्यसपछि बर्षाको बिदा र लगत्तै लामो बन्दले यो बर्ष खासै पढाई राम्रो भएकै छैन। बल्ल खुलेको स्कुल, बिहानीमा मात्र खुल्छ, त्यो पनि यो शीतलहरको बेला । "नखाउँ भने दिन भरिको सिकार, खाउँ भने कान्छा बाबुको अनुहार" भनेझैं भएको छ ।
आजको पाठ योजना बिफल हुने देखेपछी, पढाउन छोडेर एक छिन् ठुलो - ठुलो आदर्शको भाषण दिएँ। एस.एल. सि को महत्त्व भट्याएँ र विद्यार्थीको अल्छिपना प्रती गुनासो गरेँ, अनि चेतावनी पनि दिएँ -"भोलि देखि घण्टी लाग्दा नआइपुग्ने विद्यार्थीले कक्षामा प्रवेश पाउँदैन"।
यसो उसो गरेर पहिलो घण्टी १० कक्षामा र दोस्रो घण्टी कक्षा ९ मा सकियो । तेस्रो घण्टी खाली थियो । मनमा चैन थिएन । अफिसबाट यसो बाहिर हेरेँ, प्राथमिक कक्षाहरु -छानो मात्र भएको टहरोमा न त कक्षा छुट्याउने पर्खाल छ, न डेस्क बेन्च, न त कालो पाटी नै ! असाध्यै कम विद्यार्थीको उपस्थिति देखिन्छ, आफैंले बोकेर आएका धोक्रो ओछ्याएर चिसो सिमेन्टमा बसेका छन् , आधा बाहुले सर्ट लगाएका, नाङ्गो खुट्टामै आएका, जाडोले लुग्लुग् कामिरहेका । त्यो दृश्य देखेर नपग्लने कुन हृदय होला र यो मानव जगतमा ?

मधेस आन्दोलन अझै जारी छ । पहिले विद्यार्थीहरु मलाई देखेपछी "प्रणाम सर" भन्थे । अहिले धेरैले देख्नेबित्तिकै "जय मधेस सर" भन्छन् । यो आन्दोलनको निष्कर्ष के हुन्छ मलाई थाहा छैन तर हरेक तह र तप्कामा यसको दुरगामी प्रभाव रहिरहनेछ, यो मेरो आफ्नै बुझाई प्रतिको बिश्वास हो। आन्दोलनकै कारणले निम्त्याएको बिहानी कक्षा र यसले भोग्न बाध्य पारेको मर्महरु न कसैले बुझ्छ न त कसैले बुझाउन नै सक्छ !

नारायण अधिकारी पढाउंदै

चौथो घण्टी कक्षा ८ मा सकिए पछि सिधै कक्षा ६ मा गएँ, नियमित घण्टी छ भने म कहिल्यै अफिसमा जान्न। अहिले मात्र हैन, म आफैं कक्षा ११ पढ्न सुरु गर्दा आफैंले पढेको स्कुलमा केही समय पढाउँदा पनि यहि बानी थियो। सम्झिँदा यस्तो लाग्छ, मैले आफ्नो कर्तव्यप्रतिको इमान्दारीता गर्भमै सिकेँ।
"सर केबारी(ढोका) बन्द गर, जाडो लागिरहेछ"
एउटा विद्यार्थीले भन्यो। मैले "तिमी" भनेको सुनेर उनिहरुले मलाई "तिमी" नै भन्न जाने । आजकल म "तपाईं" भन्छु, उनिहरु पनि सिक्दै छन् । मैथिली मात्रै जान्ने यी केटाकेटी भेटेपछी म आफुलाई "उत्कृष्ट" सम्झने तन्नेरी "केही नजान्ने" भएर शुन्यमा झरेको थिएँ । आजकल अलि अलि सिक्दै छु कि जस्तो लाग्छ। एउटा ठुलो हुल अगाडि उभिएर कसैलाई केही बुझाउन नसक्दा, सबैले त्यस्तै महसुस गर्लान् वा नगर्लान् कम्तिमा मैले चाहिँ गरेँ ।
मैले ढोका बन्द गरेँ , उसले आफैंले खिट्की (झ्याल) बन्द गर्‍यो । अब अन्धकार.... , कसरी पढ्ने ?
फकाई फुलाई गरेर त्यो कक्षा पनि पढाएँ ।
म निस्केर कक्षा ७ मा जाँदै थिएँ, एउटा विद्यार्थी दौडदै आएर सोध्यो - " म घर जान्छु, पेट दुखिसक्यो भोकले "। उ पेट मिचिरहेको थियो । म आफैंलाई यस्तो भोकको महसुस भैरहेको थियो कि म विद्यार्थी भैदिएको भए भागिदिन्थेँ । पदिय मर्यादाको पालना गर्दा यति सुन्दर प्राकृतिक पन पनि गुमाउनु पर्दो रहेछ । मैले आफ्नै भोक देखाएर उसलाई सम्झाएँ। के को बिश्वास ले हो कुन्नि उनिहरु मैले भनेको मान्छन् ।

एउटा मा.बि.स्कुल सन्चालन शैली हेर्दा लाग्छ, यत्तिको संग त खहरे खोला बाट टिपेर ल्याएको गुह्य ढुङ्गाको मुर्तिले पनि चलाईदिन्छ। मैले यति अपमानजनक शब्द गहिरो सोच र विवेकपुर्ण विश्लेषण बाट मात्र प्रयोग गरिन, यसमा मेरो लगावयुक्त अनुभव पनि छ । यो कल्पनामा बगेको शब्द लहरी होइन । बिद्यालय सन्चालित हुने प्रशासनको ढाँचामा भएको याबत बिषयबस्तुको बारेमा म राम्रोसंग बहस गर्न तयार छु । हो म आजित भैसकेँ तर हार्न जान्ने प्रा‍णी म हुँदै होइन । इमान्दारीता माथिको बर्बर अन्याय मेरो सङ्घर्षको मुख्य निशाना हो। म कुनै हालतमा पनि छोड्दिन ।
म बिहान ११:३० सम्म स्कुलमै हुन्छु र दिउँसोको ३:०० बजे फेरि स्कुल मै पुग्छु, निशुल्क थप कक्षा पढाउन, परिक्षाको लागि तयारी गराउनु पर्ने छ ।खाना र आराम भन्दा बढी मलाई कर्तब्य प्रतिको प्रेम र प्राप्ति छ । म यो प्रमाणित गर्न चाहन्छु कि "सिक्ने किताब मात्र होइन, जिन्दगी जिउने शैली पनि हो, प्राप्ति एउटा सर्टिफिकेट मात्र होइन, असल आचरण र व्यबहार पनि हो।"
मलाई थाहा छ, मेरै आँखा अगाडी अफिस कोठामै कति निर्दोष विद्यार्थीको हात र जीउमा बज्रेर भाँचिएका बलिया लाठिहरु कहिल्यै जोडिने छैनन्, न त उनिहरुको मन नै ?? अनन्त पीडाले बर्-बर् झरेका विद्यार्थीको आँशु उठेर आउने छैन न त पिट्ने शिक्षक प्रतिको उसको श्रद्धा नै ।

धेरैलाई थाहा छैन, धेरैले देखेकै छैनन्, कि रमाइलो र प्रेमिल बुझाई र सिकाइको यहाँ एउटा छुट्टै बाटो पनि छ ।

धेरै कुराहरु मनमा खेलिरहँदा विभिन्न रिस, गाली र आबेगहरु आफ्नो आफ्नो आकृती लिएर अगाडि आउँछन्, म संग बोल्छन्, हाँस्छन् अनि फेरि म मुस्कुराउँछु ।
यति ठुलो अधिकारको लडाइँ चलिरहँदा यी मसिना बालबालिकाहरुको सानो- सानो अधिकारको पक्षमा बहस कसले गर्छ ? सुनुवाइ कसले गर्छ ? यदि हामी सार्थक र समुन्नत समाजको परिकल्पना गर्दैछौं भने, यहि समाजको अकाट्य हिस्सा यी बालबालिकाहरु किन सदैब कुन्ठित भइरहनु पर्छ ?

म सपना देखेर हिंड्छु भलै कहिँ नपुगुँ, म सत्यता टेकेर हिंड्छु, भलै सफलता नभेटुं ।।

(Masters in Business Studies सकेर दुई बर्ष ललितपुरको चन्दनपुरमा पढाईसकेका, नारायण अधिकारि हाल तर्सो बर्ष धनुषाको कतरईत को सरस्वति मावि मा टिच फर नेपाल फेलोको रुपमा गणित पढाऊंछन्)

widgets