गुणस्तरीय शिक्षाका लागि नयाँ विधेयक : शिक्षामन्त्री    ५८ लाख थान पुस्तक अपुग    शिक्षामन्त्री भन्छन् - 'शिक्षालाई राजनीतिमुक्त बनाउनैपर्छ'    शिक्षालाई स्कुलदेखि घरसम्म जोड्ने शिक्षक भएनन्    प्राचार्य र अध्यक्षविरुद्ध छुवाछुत मुद्दा    ग्लोबल सेपर्सले स्कुल बनाउने    एसएलसीमा डी ग्रेड ल्याउने विद्यार्थीको भर्नामा चर्को विवाद    यस बर्षको एसएलसी परीक्षा सम्पन्न, नतिजा असारमा    डिन निुयुक्तिमा चलखेल !    सरकारीमै पढ्छन् शिक्षकका छोराछोरी    शिक्षकले आठ महिनादेखि तलब पाएनन्    शिक्षा कार्यालयमा ‘मदिरा पार्टी’    झाडापखालाबाट शिक्षक पनि बिरामी    एसएलसीमा भाइबर र म्यासेन्जरबाट चिट !    परीक्षामा चिट चोर्न नपाउँदा ढुंगामुढा !    एसएलसीमा चर्को राजनीति !    बाजुराका विद्यार्थी एसएलसीबाट बञ्चित !    पद्मकन्या क्याम्पस स्ववियु सभापतिको मृत्यु    एसएलसी परीक्षामा छ लाखभन्दा बढी परीक्षार्थी हुने    एसएलसीमा १ घण्टा लोडसेडिङ घट्यो    कर्णालीका विद्यार्थीले समयमै पुस्तक पाउने    ७ रोचक कुराहरु    किताब नउठाउने महासंघको चेतावनी    भाडाको घरमा स्कुल चलाउन नपाइने !    मुक्तिमार्ग उच्च माविलाई एघार लाख रुपैया मूल्यको जग्गा सहयोग    एसएलसीको ग्रेडिङ्मा परिवर्तन गरियो    विद्यार्थी शून्य, शिक्षक आठ    विद्यालय सुधार्न कस्सिए अभिभावक    चलन चल्तीका केहि नेपाली उखानहरु    केही मननिय भनाईहरु    आदर्श भनाई अनि ज्ञानगुनका कुराहरु    बेलायतको भिसा त्यागेर शिक्षक    कृपा नखोज, कर्म गर: कुलचन्द्र गौतम    शिक्षक र अभिभावकको व्यापक परिचालनबाट मात्रै संभव छ विद्यालय सञ्चालन र पुनःनिर्माण    आजको पाठ योजना बिफल हुने देखेपछी, पढाउन छोडेर एक छिन् ठुलो - ठुलो आदर्शको भाषण दिएँ    लाखौं विद्यार्थी उच्च शिक्षाबाट बञ्चित हुने खतरा    एकजना विद्यार्थीको आत्महत्या    विद्यार्थी कल्याणकारी कोषका लागि जुट्दै अष्ट्रेलियाका नेपालीहरू    आफ्नो पाठ र ईकोब्रिक    प्राज्ञिक विद्यार्थी अधिवेशन हुँदै    अन्तर विद्यालय ताइक्वान्दो भक्तपुरमा हुने    भूकम्प प्रभावित जिल्लामा ‘लाइभ स्कुल’ !    दाङका मुक्त कम्लरीलाई शैक्षिक सामग्री वितरण    पाँच कक्षासम्मको विद्यालयमा तीन मात्रै शिक्षक    २३ सय विद्यार्थीलाई शैक्षिक सामग्री    शिक्षक सक्षमताको मापदण्ड पारित, तालिमको स्वरुप फेरियो    तरुण माध्यामिक विद्यालयमा    आदर्श शौल युवक उच्च माध्यामिक विद्यालय    पुरानो विद्यालय अत्याधुनिक प्रविधि    एमए पास गरेर कक्षा एक मा शिक्षक !    सेना छाडेर शिक्षक    बेलायतको भिसा त्यागेर शिक्षक    सुधार प्रयासमा एउटा हेडमाष्टर    एक जना हेडसरको भोगाई : शिक्षकलाई सरकारले सम्मान दिएन    भारतको शिक्षामा कमजोर हुदैं मानवीय पक्ष : प्रा.डा. अनामिक शाह    सिकाइ उपलब्धि: माथि माथि हेर्दा तल सुक्यो !    विषयगत कक्षा व्यवस्थापन: सिकाइ उपलब्धि बढाउने एउटा उपाय    कार्यमूलक अनुसन्धान-किन र कसरी    स्ववियू निर्वाचन चैत अन्तिम साता भित्र गर्ने कांग्रेस सभापतिको भनाई    पद्मोदयको ७० औँ बार्षिकोत्सव सम्पन्न    नेल्टाको २१ औँ अन्तराष्ट्रिय सम्मेलन शुरु    धेरै दरबन्दी भएका प्राविका शिक्षक निमावि र माविमा : बराल    दल आवद्ध शिक्षकलाई स्पष्टीकरण, चित्त बुझ्दो जवाफ नदिए कारवाही : जिशिअ नेपाल    शिक्षा मन्त्रालय विदेशी ‘डोनर’ हरुले चलाएका छन् : कोइराला    सामाजिक नीति बनाऊन विद्यार्थीको माग    क, ख पढ्न चार घन्टाको हिँडाइ    शिक्षाको व्यापार अन्त्य गर्न शुल्क निर्धारण मापदण्ड कार्यान्वयन हुनै पर्ने    शिक्षामा नयाँ क्रान्तिको आवश्यकता – शिक्षामन्त्री    नीजि स्कुल खोल्न ३२ मापदण्ड, पहिल्यै खुलेकालाई तीन वर्ष मौका    बिज्ञापन    प्रयोगका सर्त    हाम्रो बारे

लाखौं विद्यार्थी उच्च शिक्षाबाट बञ्चित हुने खतरा

विराटनगर–एसएलसीमा सुरु गर्न लागिएको अक्षराङ्क प्रणाली (ग्रेडीङ सिस्टम) बारे अझै अन्योल कायमै छ। विना तयारी अक्षराङ्क प्रणाली लाद्न खोजेको भन्दै सरोकारवालाले चर्को आलोचना गरेका छन्।

उच्च माध्यामिक विद्यालय संघ (हिसानका) उपाध्यक्ष भेषराज पोखरेलले तत्लो कक्षाको परीक्षा प्रणालीमा सुधार नगरी एकै चोटी एसएलसीमा ग्रेडिङ सिस्टम लागू गर्नु चुनौतीपूर्ण रहेको बताए। ग्रेडीङ सिस्टम राम्रो भए पनि नेपालको सन्दर्भमा अहिलै लागू गर्नु उचित नभएको उनको भनाइ छ। विगतका एसएलसीमा कम अंक ल्याउने अधिकाँश विद्यार्थी सामुदायिक विद्यालयका रहेकाले संस्थागत विद्यालय भन्दा सामुदायिक विद्यालयका विद्यार्थी ग्रेिडङ सिस्टमबाट समस्यामा पर्ने उनले बताए ।

'ग्रेडिङ सिस्टममा गएपछि सी ग्रेड भन्दा मुनि अंक ल्याउने विद्यार्थीले माथिल्लो तहमा पढ्न नपाउने अवस्था हुने भएकाले एसएलसीपछि कम अंक ल्याउने विद्यार्थीलाई कहा" लैजाने ?' पोखरेलको प्रश्न छ। उनले परीक्षा प्रणालीमा तत्काल सुधार नगरी ग्रेडीङ सिस्टम लागू गर्नै नहुने बताए । परीक्षा प्रणालीमा कुल पूर्णाङ्कको ५० प्रतिशत अंक निरन्तर कक्षा मुल्याङ्कनका आधारमा र ५० प्रतिशतको मात्रै लिखित परीक्षा हुनु पर्ने पोखरेलको सुझाव छ । अन्तर्राष्ट्रिय अभ्यास पनि ५० प्रतिशत अंकको मात्रै लिखित परीक्षा हुनेगरेको उनले जानकारी दिए । परिणामको विश्लेषण नगरी लागू गर्न खोजिएको एसएलसीको ग्रेडिङ प्रणाली चटपटे खाने पातलो कागजको सोलीमा दालभात खान खोज्नु जस्तै भएको उनको भनाइ छ।

उनले भने, 'ग्रेडिङ प्रणाली चटपटे खाने कागजको सोलीमा दालभात मुछेर खान खोज्नु जस्तै हो।' निजी विद्यालयहरूको संगठन प्याव्सनका प्रतिनिधि राजेशकुमार दासले लागू गर्न खोजिएको ग्रेडिङ प्रणाली उचित नभएको बताए। उनले विद्यार्थीले पाएको अंक लुकाउन मात्रै ग्रेडिङ सिस्टम लागु गर्न खोजिएको आरोप लगाए । उनले भने, 'ग्रेडिङ प्रणालीले १० देखि २० अंक फरक ल्याउने विद्यार्थीलाई एउटै ग्रेडमा राखेर अंक लुकाउने काम मात्रै गरेको छ।' उत्कृष्ठ अंकल्याउने विद्यार्थीलाई निजी विद्यालयहरूले दिने छात्रबृत्ती पनि अन्यौलमा परेको दासले बताए । एउटै ग्रेडमा धेरै विद्यार्थी पास हुँदा छात्रबृत्री केआधारले दिने भन्ने पनि अन्यौल भएको उनको भनाइ छ ।

यता सीटीइभीटीले ५० प्रतिशत भन्दा कम अंक ल्याउनेलाई मात्र स्वास्थ्य विषयमा भर्ना लिने जनाइसकेको सन्दर्भले पनि अभिभावक र विद्यार्थीलाई झस्क्याएको छ । शिक्षालयहरूले सी ग्रेड भन्दा मुनिका विद्यार्थीलाई उच्च शिक्षाका लागि भर्ना लिने संभावना कमै रहेको छ। एसएलसीमा कुनै एक विषयमा थोरै अंक ल्याए के गर्ने भन्ने समस्या पनि छ। ग्रेडिङ सिस्टमका कारण एसएलसीमा कोही पनि फेल हु"दैनन्। सबै पास हु"दा सी ग्रेड भन्दा कम अंक ल्याउने संभावना रहेका ३ लाख भन्दा बढी विद्यार्थीले उच्च शिक्षाका लागि भर्ना हुन पाउ"दैनन् ।

एसएलसीमा फेल नहुने व्यवस्थाका कारण धेरैजसो विद्यार्थीले राम्ररी परीक्षाको तयारी नै नगरेको सरोकारवालाहरू बताउँछन् । विद्यार्थीले परीक्षाको राम्रो तयारी नगर्ने र सी ग्रेड भन्दा कम अंक ल्याए माथिल्लो तहमा भर्ना हुन नपाउने अवस्थाले धेरै विद्यार्थी पीडित हुने उनिहरूको भनाइ छ। मंगलबार एजुकेशन हेल्पलाइन विराटनगरले गरेको अन्तक्र्रियामा विद्यार्थी नेता तिलक बस्नेतले यो बर्ष एसएलसी परीक्षा दिने आधा विद्यार्थी उच्च शिक्षाबाट बञ्चीत हुने दाबी गरे । उनले विना तयारी ग्रेडिङ सिस्टम लागु गर्न लागिएकाले शिक्षा क्षेत्रमा ठूलो समस्या निम्तिने बताए ।

उनले भने, 'कम अंक ल्याउने विद्यार्थीलाई कसरी व्यवस्थापन गर्ने भन्ने नीति नबनाई विद्यार्थीलाई एसएलसीमा सबै पास हुने भ्रम फैल्याउनु उचित हैन।' सरकारी सेवा प्रवेशका लागि एसएलसी पासलाई मापदण्ड बनाइएकाले कम अंक ल्याउने विद्यार्थीले सेवा प्रवेश गर्न पाउने वा नपाउने भन्ने पनि अन्यौल रहेको बस्नेतले बताए। मोरङका जिल्ला शिक्षा अधिकारी देवेन्द्रराज खनालले सबै पास हुन्छन्, नपढ्दा पनि भयो भन्ने भ्रम नराख्न विद्यार्थीलाई आग्रह गरेका छन्। उनले राम्रो अंक ल्याए मात्रै उच्च शिक्षामा विषय रोजेर पढ्न पाउने भएकाले परिक्षाको तयारी राम्ररी गर्न विद्यार्थीलाई सुझाव पनि दिएका छन् । उनको मोरङमा यो बर्षको एसएलसी परीक्षा मर्यादित बनाउने दाबी पनि गरेका छन् ।

widgets