गुणस्तरीय शिक्षाका लागि नयाँ विधेयक : शिक्षामन्त्री    ५८ लाख थान पुस्तक अपुग    शिक्षामन्त्री भन्छन् - 'शिक्षालाई राजनीतिमुक्त बनाउनैपर्छ'    शिक्षालाई स्कुलदेखि घरसम्म जोड्ने शिक्षक भएनन्    प्राचार्य र अध्यक्षविरुद्ध छुवाछुत मुद्दा    ग्लोबल सेपर्सले स्कुल बनाउने    एसएलसीमा डी ग्रेड ल्याउने विद्यार्थीको भर्नामा चर्को विवाद    यस बर्षको एसएलसी परीक्षा सम्पन्न, नतिजा असारमा    डिन निुयुक्तिमा चलखेल !    सरकारीमै पढ्छन् शिक्षकका छोराछोरी    शिक्षकले आठ महिनादेखि तलब पाएनन्    शिक्षा कार्यालयमा ‘मदिरा पार्टी’    झाडापखालाबाट शिक्षक पनि बिरामी    एसएलसीमा भाइबर र म्यासेन्जरबाट चिट !    परीक्षामा चिट चोर्न नपाउँदा ढुंगामुढा !    एसएलसीमा चर्को राजनीति !    बाजुराका विद्यार्थी एसएलसीबाट बञ्चित !    पद्मकन्या क्याम्पस स्ववियु सभापतिको मृत्यु    एसएलसी परीक्षामा छ लाखभन्दा बढी परीक्षार्थी हुने    एसएलसीमा १ घण्टा लोडसेडिङ घट्यो    कर्णालीका विद्यार्थीले समयमै पुस्तक पाउने    ७ रोचक कुराहरु    किताब नउठाउने महासंघको चेतावनी    भाडाको घरमा स्कुल चलाउन नपाइने !    मुक्तिमार्ग उच्च माविलाई एघार लाख रुपैया मूल्यको जग्गा सहयोग    एसएलसीको ग्रेडिङ्मा परिवर्तन गरियो    विद्यार्थी शून्य, शिक्षक आठ    विद्यालय सुधार्न कस्सिए अभिभावक    चलन चल्तीका केहि नेपाली उखानहरु    केही मननिय भनाईहरु    आदर्श भनाई अनि ज्ञानगुनका कुराहरु    बेलायतको भिसा त्यागेर शिक्षक    कृपा नखोज, कर्म गर: कुलचन्द्र गौतम    शिक्षक र अभिभावकको व्यापक परिचालनबाट मात्रै संभव छ विद्यालय सञ्चालन र पुनःनिर्माण    आजको पाठ योजना बिफल हुने देखेपछी, पढाउन छोडेर एक छिन् ठुलो - ठुलो आदर्शको भाषण दिएँ    लाखौं विद्यार्थी उच्च शिक्षाबाट बञ्चित हुने खतरा    एकजना विद्यार्थीको आत्महत्या    विद्यार्थी कल्याणकारी कोषका लागि जुट्दै अष्ट्रेलियाका नेपालीहरू    आफ्नो पाठ र ईकोब्रिक    प्राज्ञिक विद्यार्थी अधिवेशन हुँदै    अन्तर विद्यालय ताइक्वान्दो भक्तपुरमा हुने    भूकम्प प्रभावित जिल्लामा ‘लाइभ स्कुल’ !    दाङका मुक्त कम्लरीलाई शैक्षिक सामग्री वितरण    पाँच कक्षासम्मको विद्यालयमा तीन मात्रै शिक्षक    २३ सय विद्यार्थीलाई शैक्षिक सामग्री    शिक्षक सक्षमताको मापदण्ड पारित, तालिमको स्वरुप फेरियो    तरुण माध्यामिक विद्यालयमा    आदर्श शौल युवक उच्च माध्यामिक विद्यालय    पुरानो विद्यालय अत्याधुनिक प्रविधि    एमए पास गरेर कक्षा एक मा शिक्षक !    सेना छाडेर शिक्षक    बेलायतको भिसा त्यागेर शिक्षक    सुधार प्रयासमा एउटा हेडमाष्टर    एक जना हेडसरको भोगाई : शिक्षकलाई सरकारले सम्मान दिएन    भारतको शिक्षामा कमजोर हुदैं मानवीय पक्ष : प्रा.डा. अनामिक शाह    सिकाइ उपलब्धि: माथि माथि हेर्दा तल सुक्यो !    विषयगत कक्षा व्यवस्थापन: सिकाइ उपलब्धि बढाउने एउटा उपाय    कार्यमूलक अनुसन्धान-किन र कसरी    स्ववियू निर्वाचन चैत अन्तिम साता भित्र गर्ने कांग्रेस सभापतिको भनाई    पद्मोदयको ७० औँ बार्षिकोत्सव सम्पन्न    नेल्टाको २१ औँ अन्तराष्ट्रिय सम्मेलन शुरु    धेरै दरबन्दी भएका प्राविका शिक्षक निमावि र माविमा : बराल    दल आवद्ध शिक्षकलाई स्पष्टीकरण, चित्त बुझ्दो जवाफ नदिए कारवाही : जिशिअ नेपाल    शिक्षा मन्त्रालय विदेशी ‘डोनर’ हरुले चलाएका छन् : कोइराला    सामाजिक नीति बनाऊन विद्यार्थीको माग    क, ख पढ्न चार घन्टाको हिँडाइ    शिक्षाको व्यापार अन्त्य गर्न शुल्क निर्धारण मापदण्ड कार्यान्वयन हुनै पर्ने    शिक्षामा नयाँ क्रान्तिको आवश्यकता – शिक्षामन्त्री    नीजि स्कुल खोल्न ३२ मापदण्ड, पहिल्यै खुलेकालाई तीन वर्ष मौका    बिज्ञापन    प्रयोगका सर्त    हाम्रो बारे

विद्यार्थी कल्याणकारी कोषका लागि जुट्दै अष्ट्रेलियाका नेपालीहरू

देश छोडेर परदेश पुगेका सबैका आ–आफ्नै कथा व्यथा छन् । संघर्षका सुरुका यी दिनहरूमा कसैले तपाईलाई कस्तो छ  ? ल है केहि साह्रो गार्हो परे सम्झनुस्, हामी सबै एकै परिवारका सदस्य हौं ! भनिदियो भने मात्र पनि त्यो लाख हुन्छ, त्यो ठूलो आधार हुन्छ । चाहे अरबको उखरमाउलो गर्मी होस् या सम्पन्न राष्ट्रका बातानुकुलित वातावरण एउटा भिन्न सपना र भबिष्यको सपना बोकेर विदेशिनेको ठूलो संख्या युवाहरू नै पर्दछन् । त्यसमा पनि हाम्रो घरेलु वातावरण र शिक्षाले हामीलाई प्रयोगात्मक भन्दा सधै सैदान्तिक शिक्षासंग मात्रै जोडी रह्यो । जसका कारण हामी भिन्न वातावरणसंग घुलमिल हुन नै गाह्रो र कमजोर आत्मबलको शिकार भइ रहयौं ।

माध्यमिक वा उच्च–माध्यमिक शिक्षासम्मको अध्ययन सकेर उच्चशिक्षाका लागि बिदेशीने एउटा ठूलो समुहको प्रतिनिधित्व गर्ने मध्यको देश हो अष्ट्रेलिया पनि । निश्चय नै यहाँ उच्च शिक्षाको सपना बोकेर बिमानबाट ओर्लनेमध्ये निकै कमसंग मात्र त्यस्तो सीपमूलक ज्ञान वा सीप होला जुन यहाँको श्रम बजारसँग सुहाउँदो हुन्छ । मध्यम परिवारका नेपाली बिध्यार्थीहरूको पहिलो प्राथामिकता नै हो सानो तिमो काम सुरु गर्ने अनि पढाईलाई निरन्तरता दिने । यहाँको बिल्कुल भिन्न परिस्थीति र प्रयोगात्मक ज्ञानको कमी अनि सुरु हुन्छ असन्तुष्टि, मनमा ग्लानी र नैराश्यता । कहिले काँही त्यो केहि दिनमा साथीभाइको सर सहयोग सुझाब वा वरपरका घटनाबाट सन्तुलित स्थितिमा फर्कन्छ त कहिले झन् बढ्न सक्छ ।
चिन्तित हुने, डिप्रेसन, मानसिक रोगी, मध्यपान र ड्रग्सको सहारा अथबा साथी संगतका कारण कुलत यो हाल हाम्रो नेपाली समुदायमा बढ्दै गरेको बिकराल स्थिति हो । गएका केही हप्ता हाम्रो समुदायमा देखिएका केहि दु:खद घटना यसका केहि प्रतिनिधि घटना हुन् । जसको लागि फेरी पनि नव आगन्तुक बिध्यार्थीहरूको लागि अभिभावकत्वको एकदमै आबश्यकता छ । केहि सुझाब सहयोग र आत्मियतासहितका सहयोगी हातहरूले यसमा एउटा ठूलो परिबर्तन ल्याउन सक्दछ ।

यहाँ धेरै संघ संस्थाहरू छन्, संघ संस्थाहरूको भीडमा एउटा छुट्टै पहिचान र उचाई राख्न सफल संस्था हो एनआरएनए अष्ट्रेलिया । त्यसैले बेला–बेलामा उठ्ने गरेका सुझाब र एनआरएनएप्रति उठने गरेका गुनासाहरू धेरै मानेमा जायज छन् र थिए । हुन् त विविध बेलामा एनआरएनएले बिभिन्न तरिकाले यहाँका बिध्यार्थीहरूलाई सहयोग गरि राखेको छ । त्यस्ता सहयोगहरू आर्थिकदेखि सल्लाह सुझाब र विविध बिषयमा रहदै आएका थिए । यहि अबधारणा अनुरुप बिध्यार्थीहरूलाई मात्रै मध्यनजर राखेर विद्यार्थी कल्याणकारी कोषको अबधारणा अगाडि सारिएको छ जुन एनआरएनए अष्ट्रेलियाको एकदमै स्तुत्य कदम हो ।

कोष भन्नासाथ सबैभन्दा ठूलो चुनौती अर्थ संकलन नै हो र त्यसको उचित ब्यबस्थापन हो । एनआरएनए अष्ट्रेलियाले यो कोषको लागि हाल एउटा राष्ट्रिय टिम बनाएको छ जसमा महेन्द्र लम्सालले बिध्यार्थी कल्याणकारी कोषको संयोजकको जिम्मा लिएका छन् भने सबै भन्दा चुनौतीको रुपमा रहेको कोष संकलनको संयोजकको जिम्मा लिएका छन् समिम अनावरले । र यो टिममा एनआरएनए अध्यक्ष सुरेन्द्र सिग्देल, कोषाध्यक्ष डिला खरेल, सचिब भिष्म भण्डारी, एनआरएनए भिक्टोरिया संयोजक केशव कंडेल, एनआरएनए क्वीन्सल्याण्ड संयोजक अभिमान सिंह बस्नेत, एनआरएनए संयोजक नबिन कंडेल, एनआरएनए संयोजक राज थपलिया रहेका छन् । त्यसो त यो टिमको काम कारबाही या जिम्मेवारी भन्दा अगावै एउटा ठूलो जिम्मेबारी छ त्यो हो कोषको लागि अर्थ संकलन गर्ने र माथि भने जस्तै यो चुनौती पूर्ण कार्यको जिम्मा सबै स्टेटको सहयोगमा समिम अनवरले लिएका छन् । यो महाअभियानको नाम दिइएको छ “वल्क फर वेलफेर” अर्थात कल्याणकारी कार्यको लागि संगै हिडौं ।

वल्क फर वेलफेर
कल्याणकारी कोषका लागि १ लाख डलरको अर्थ संकलन गर्ने यो महत्वकांक्षी महाअभियान मार्चदेखि मे महिनासम्म अष्ट्रेलियाका पाँच भिन्न–भिन्न शहरहरूमा वल्क फर वेलफेर कार्यक्रम अन्तरगत हुँदै छन् । जसमा प्रत्येक व्यक्ति, बिध्यार्थी वा परिवारलाई सहयोग रकम तिरी आफ्नो नाम ( http://walkforwelfare.org.au ) मा रजिष्टार गर्न अनुरोध गरिएको छ । सामुहिक रुपमा नेपालको राष्ट्रिय झण्डा र देश झल्कने अन्य झाँकीसहित तोकिएको ठाउँमा संगै हिड्दै एकातिर बिदेशी माझ राष्ट्र चिनाउँदै त अर्कोतिर जिम्मेवारीका लागि अर्थ संकलन हुनेछ । जस अनुसार सिड्नीमा शनिबार १९ मार्च, बिर्सबेनमा शनिबार २ अप्रिल २०१६, पर्थमा शनिबार ९ अप्रिलमा, मेलबर्नमा आइतबार १७ अप्रिलमा र एडिलेडमा ७ मे २०१६ का दिन वल्क फर वेलफेरको कार्यक्रम हुदैछ । वल्क फर वेलफेरको अर्डिनेटर समिम अनवरले जनाए अनुसार सबै स्टेटका साथीहरूसँग समन्वय गरी वल्क फर वेलफेरलाई निक्कै सशक्त ढंगले अगाडि बढाईएको छ । कार्यक्रम हुने सबै स्टेटका को–अर्डिनेटरहरूले त्यहाँका अन्य संघ संस्थाहरूसंग समन्वय गर्दै व्यापक सहभागिताको लागि अगाडि बढेका छन् । जसमा सिड्नीको जिम्मा भुपाल सिटौला, ब्रिस्बेनका अभिमान सिंह बस्नेत, मेलबर्नकी दिपाश्री शाह, पर्थका शेखर गुरुङ, एडिलेडका नारायण गुरुङ सम्बन्धित स्टेटको संयोजकको जिम्मेवारी भूमिकामा छन् ।

फण्ड कसरी व्यबस्थापन हुन्छ ?
वल्क फर वेलफेर विद्यार्थी कल्याणकारी कोष अभियानको एउटा पहिलो सुरुवात हो । यसबाट उठेको रकम स्वत: बिध्यार्थीकल्याणकारी कोषमा जानेछ । तत्पश्चात कोष संचालक समितिले यो कोषको ब्यबस्थापन प्रयोगको जिम्मा लिन्छ । यो समिति एनआरएनए अष्ट्रेलिया अन्र्तगत नै रहनेछ । यस समितिमा विविध संघ संस्थाका प्रतिनिधी बिध्यार्थीका प्रतिनिधिहरू रहनेछन् । आबश्यकता हेरी या परेका समस्याहरूलाई कसरी सम्बोधन गर्ने कस्तो किसिमको सहयोग गर्ने कोषले स्वयंसेवीको रुपमा सल्लाह सुझाब लिने या व्यबसायिक बिज्ञहरूबाट यसको कार्य र ब्यबस्थापनमा सहयोग लिने छ ।

यो फण्डबाट कसरी लाभान्वित हुन्छन्
नेपालबाट पढ्न आएका बिध्यार्थी भिषामा रहेका बिध्यार्थीहरू नै यो कोषबाट लाभान्वित हुनेछन् । बिध्यार्थीहरूलाई पर्ने सुरुका समस्याहरू बसोबासको व्यबस्था पार्ट टाइम जागिर खोज्दाका अप्ठ्यारादेखि घर छोड्दाको पीडा, होमसिक, अन्य चिन्ताको शिकार जस्ता दर्जनौ समस्या हुन् सक्छन् जसमा यो कोष र आबद्ध समितिले धेरै कुरामा सहयोगीको भूमिका खेल्न सक्छ । त्यसको अलावा विविध कानुनी सल्लाहहरूमा बिज्ञको सल्लाहदेखि तत्कालिन सहयोगको लागि सानो ठूलो आर्थिक सहयोग जस्ता विविध कुराहरूबाट बिध्यार्थीहरू लाभान्वित हुन सक्दछन् । जब यो कोष संचालनमा आउँछ तब यी त यस्तै खाले विविध समस्याहरूमा सम्बन्धित विद्यार्थीले वा बिद्यार्थीले नसक्ने स्थिति रहेमा उसको नजिकको मनिसले निबेदन दिन सक्नेछ र आबश्यकता हेरी तत्काल या निरन्तर गर्नु पर्ने सहयोग र सल्लाह जस्ता कुरामा कोषले सहयोगी हात बढाउने छ ।

रकम कसरी दीर्घकालिन बनाउने
फण्ड ससस्टेनएबल बनाउनका लागि एनआरएनए अष्ट्रेलिया र बिध्यार्थी कल्याणकारी कोष दुवैले ब्यबसायिक लेखापालबाट संधै यसका हिसाब किताबहरू दुरुस्त राख्दै बेला–बेला विविध फण्ड राइजि∙ इभेन्टहरू गरि रहनेछ । त्यसको अलावा अष्ट्रेलियामा रहेका अष्ट्रेलियन माइग्रेसन एजेन्टहरूको संस्था, विविध सरकारी संस्था, बिभिन्न शैक्षिक संस्थाहरू लाई सीड फण्डमा कन्ट्रिब्युट गर्न निरन्तर अनुरोध गरि रहनेछ । जुन कार्यमा प्रत्येक एनआरएनए अष्ट्रेलियाका प्रत्येक स्टेटका समितिहरूले यो अभियानमा निरन्तर सानो ठूलो फण्ड कन्ट्रिब्युसन गरि रहनेछन् । यस बाहेक पनि फण्डको सस्टेनएबल बनाउन सबैको सल्लाह सुझाब र सानो ठूलो सबै आर्थिक सहयोगहरूलाई आत्मसात गर्दै अगाडि बढ्ने छ ।

अन्त्यमा, दुइ–चार जोर कपडा सुटकेसमा हालेर हामीमध्ये धेरैले जन्मभूमि छोडेका हौ । लगनशिलता, इमान्दारिता र कर्तब्यनिष्ठका कारण धेरै नेपालीले बिदेशी भूमिमा गगन चुमेका छन् त्यसैका पछिल्ला उदाहरणहरू हुन् शेष घले, उपेन्द्र महतो, जिबा लामिछाने र भबन भट्टहरू । संघर्षका यी दौरानमा आवश्यक पर्ने आउने उतार चढाबमा साथ चाहिने भनेको आफना हुन् आफ्नोपन हो । त्यहि आफ्नो पनको लागि यहाँ विविध संघ संस्था छन् । बिभिन्न बहानामा हामी साना ठूला जमघट गर्छौं विविध चाडबाडहरू मनाउछौं । त्यसको एउटै जड फेरि पनि आफ्नोपन नै हो । यहि आफ्नोपनले दोहोराएर यहाँका पुराना अग्रजहरू र नयाँ सबै मिलेर गर्न लगिएको विद्यार्थी कल्याणकारी कोष र त्यसको पूर्वसन्ध्यामा हुन लागेको वल्क फर वेलफेरमा एक पटक सबै पुराना र अग्रजहरूको साथ त चाहिन्छ नै यहाँ पढ्दै गरेका विद्यार्थीहरूले पनि यसलाई आफ्नोपन महशुस गरि सोहि अनुसार आफु समेटिनु र आफ्ना वरपर सबैलाई समेट्नु जरुरी छ । किनकी यो कोषको भोलिको काम भनेको निकै फराकिलो र बढ्दो हुनेछ । दु:ख र भवितब्य या सम्भावित दु:ख परेकालाई सहयोग गर्ने त लगभग अन्तिम उदेश्य हो त्यो भन्दा आगाडि विद्यार्थीका हर समस्यामा सहयोगीको भूमिकाको रुपमा काम गर्न यो कोष सफल हुन सक्नु पर्दछ । पार्ट टाईम जब खोज्ने, रेजुमे बनाउने, सहि बिषयको छनोट गर्ने, विविध इमिग्रेसनका अलमलमा बिज्ञको सहयोग लिने, स्वस्थ बीमा र अन्य बीमा सम्बन्धि समस्याहरूमा बिज्ञको सहयोग लिने । यी र यी जस्तै बिभिन्न समस्याको लागि नब आगन्तुक र समस्या परेका विद्यार्थीहरूले ढोका ढक्ढकउन मिल्ने र लौ है केहि परे सोध्ने ठाउँ छ है भन्ने अभिभाबकत्वको रुपमा बिध्यार्थी कल्याणकारी कोष रहन सक्नु पर्दछ । जसको लागि फेरि पनि हामी सबैको सद्भाब सहयोग र सामिप्यताको आबश्यकता छ ।

widgets