गुणस्तरीय शिक्षाका लागि नयाँ विधेयक : शिक्षामन्त्री    ५८ लाख थान पुस्तक अपुग    शिक्षामन्त्री भन्छन् - 'शिक्षालाई राजनीतिमुक्त बनाउनैपर्छ'    शिक्षालाई स्कुलदेखि घरसम्म जोड्ने शिक्षक भएनन्    प्राचार्य र अध्यक्षविरुद्ध छुवाछुत मुद्दा    ग्लोबल सेपर्सले स्कुल बनाउने    एसएलसीमा डी ग्रेड ल्याउने विद्यार्थीको भर्नामा चर्को विवाद    यस बर्षको एसएलसी परीक्षा सम्पन्न, नतिजा असारमा    डिन निुयुक्तिमा चलखेल !    सरकारीमै पढ्छन् शिक्षकका छोराछोरी    शिक्षकले आठ महिनादेखि तलब पाएनन्    शिक्षा कार्यालयमा ‘मदिरा पार्टी’    झाडापखालाबाट शिक्षक पनि बिरामी    एसएलसीमा भाइबर र म्यासेन्जरबाट चिट !    परीक्षामा चिट चोर्न नपाउँदा ढुंगामुढा !    एसएलसीमा चर्को राजनीति !    बाजुराका विद्यार्थी एसएलसीबाट बञ्चित !    पद्मकन्या क्याम्पस स्ववियु सभापतिको मृत्यु    एसएलसी परीक्षामा छ लाखभन्दा बढी परीक्षार्थी हुने    एसएलसीमा १ घण्टा लोडसेडिङ घट्यो    कर्णालीका विद्यार्थीले समयमै पुस्तक पाउने    ७ रोचक कुराहरु    किताब नउठाउने महासंघको चेतावनी    भाडाको घरमा स्कुल चलाउन नपाइने !    मुक्तिमार्ग उच्च माविलाई एघार लाख रुपैया मूल्यको जग्गा सहयोग    एसएलसीको ग्रेडिङ्मा परिवर्तन गरियो    विद्यार्थी शून्य, शिक्षक आठ    विद्यालय सुधार्न कस्सिए अभिभावक    चलन चल्तीका केहि नेपाली उखानहरु    केही मननिय भनाईहरु    आदर्श भनाई अनि ज्ञानगुनका कुराहरु    बेलायतको भिसा त्यागेर शिक्षक    कृपा नखोज, कर्म गर: कुलचन्द्र गौतम    शिक्षक र अभिभावकको व्यापक परिचालनबाट मात्रै संभव छ विद्यालय सञ्चालन र पुनःनिर्माण    आजको पाठ योजना बिफल हुने देखेपछी, पढाउन छोडेर एक छिन् ठुलो - ठुलो आदर्शको भाषण दिएँ    लाखौं विद्यार्थी उच्च शिक्षाबाट बञ्चित हुने खतरा    एकजना विद्यार्थीको आत्महत्या    विद्यार्थी कल्याणकारी कोषका लागि जुट्दै अष्ट्रेलियाका नेपालीहरू    आफ्नो पाठ र ईकोब्रिक    प्राज्ञिक विद्यार्थी अधिवेशन हुँदै    अन्तर विद्यालय ताइक्वान्दो भक्तपुरमा हुने    भूकम्प प्रभावित जिल्लामा ‘लाइभ स्कुल’ !    दाङका मुक्त कम्लरीलाई शैक्षिक सामग्री वितरण    पाँच कक्षासम्मको विद्यालयमा तीन मात्रै शिक्षक    २३ सय विद्यार्थीलाई शैक्षिक सामग्री    शिक्षक सक्षमताको मापदण्ड पारित, तालिमको स्वरुप फेरियो    तरुण माध्यामिक विद्यालयमा    आदर्श शौल युवक उच्च माध्यामिक विद्यालय    पुरानो विद्यालय अत्याधुनिक प्रविधि    एमए पास गरेर कक्षा एक मा शिक्षक !    सेना छाडेर शिक्षक    बेलायतको भिसा त्यागेर शिक्षक    सुधार प्रयासमा एउटा हेडमाष्टर    एक जना हेडसरको भोगाई : शिक्षकलाई सरकारले सम्मान दिएन    भारतको शिक्षामा कमजोर हुदैं मानवीय पक्ष : प्रा.डा. अनामिक शाह    सिकाइ उपलब्धि: माथि माथि हेर्दा तल सुक्यो !    विषयगत कक्षा व्यवस्थापन: सिकाइ उपलब्धि बढाउने एउटा उपाय    कार्यमूलक अनुसन्धान-किन र कसरी    स्ववियू निर्वाचन चैत अन्तिम साता भित्र गर्ने कांग्रेस सभापतिको भनाई    पद्मोदयको ७० औँ बार्षिकोत्सव सम्पन्न    नेल्टाको २१ औँ अन्तराष्ट्रिय सम्मेलन शुरु    धेरै दरबन्दी भएका प्राविका शिक्षक निमावि र माविमा : बराल    दल आवद्ध शिक्षकलाई स्पष्टीकरण, चित्त बुझ्दो जवाफ नदिए कारवाही : जिशिअ नेपाल    शिक्षा मन्त्रालय विदेशी ‘डोनर’ हरुले चलाएका छन् : कोइराला    सामाजिक नीति बनाऊन विद्यार्थीको माग    क, ख पढ्न चार घन्टाको हिँडाइ    शिक्षाको व्यापार अन्त्य गर्न शुल्क निर्धारण मापदण्ड कार्यान्वयन हुनै पर्ने    शिक्षामा नयाँ क्रान्तिको आवश्यकता – शिक्षामन्त्री    नीजि स्कुल खोल्न ३२ मापदण्ड, पहिल्यै खुलेकालाई तीन वर्ष मौका    बिज्ञापन    प्रयोगका सर्त    हाम्रो बारे

पुरानो विद्यालय अत्याधुनिक प्रविधि

 बाबुराम विश्वकर्मा

सीसीटीभी, इन्टरएक्टिभ बोर्ड, कम्प्युटर ल्याब र इन्टरनेटको प्रयोग मार्फत भक्तपुर दरबार क्षेत्रको पुरानो विद्यालय, श्रीपद्म उमावि ‘हाइटेक’ सार्वजनिक स्कूल बन्न पुगेको छ । पठनपाठनमा प्रविधिको प्रयोगले यस संस्थालाई आम विद्यालयभन्दा मौलिक मात्र बनाएको छैन, शैक्षिक उपलब्धि सुधार गर्न समेत मद्दत गरेको छ ।

एकाइसौँ शताब्दीको कक्षामा तिमीहरूलाई स्वागत छ ।’ श्रीपद्म उमावि भक्तपुरका आईटी शिक्षक सत्यराम सुवालले कक्षा ९ का छात्रछात्रालाई आईटी कक्षामा स्वागत गरे । सुवालले थपे, “अब हामी कक्षामा सेतोपाटी प्रयोग गर्दैनौँ । सबै विषयको कक्षा अब यो इन्टरएक्टिभ बोर्डमा हुन्छ ।” उक्त बोर्ड अन गर्दै उनले भने, “खासमा यो डिजिटल सेतोपाटी हो । यसमा औँला वा डिजिटल मार्करले लेख्न, चित्र कोर्न वा आफूले तयार पारेका पाठ देखाएर सिकाइ क्रियाकलाप गर्न सकिन्छ । कक्षाका सबै गतिविधि यो बोर्डमा रेकर्ड गर्न सकिन्छ । यो बहुउपयोगी बोर्डले हाम्रो कक्षालाई पनि विकसित देशको हाराहारीमा पुरयाउने भएकाले मैले यसलाई एकाइसौँ शताब्दीको कक्षा भनेको हुँ ।”

१९८१ सालमा स्थापना भएको भक्तपुर दरबार क्षेत्रको श्रीपद्म उमावि देशकै पुराना विद्यालयमध्येको हो । शुरूमा ‘भादगाउँ स्कूल’ का नाममा स्थापना भएको यो विद्यालय अहिले देशका अब्बल सामुदायिक स्कूलको पंक्तिमा पर्छ नै, पठनपाठनमा सूचना प्रविधिको प्रयोगका दृष्टिले पनि नम्बर एक बन्न पुगेको छ । पठनपाठनलाई हाइटेक बनाउन स्कूलले भर्खरै इन्टरएक्टिभ बोर्ड, मल्टिमिडिया सेट तथा ल्यापटप खरीद गरेको छ ।

प्राचार्य राम हाडाका अनुसार श्रीपद्म उमावि २० वर्षपहिले कम्प्युटर भियाउने आफ्नो क्षेत्रको पहिलो सरकारी विद्यालय बनेको थियो । हाडा भन्छन्— “नेपालमा कम्प्युटर दुर्लभ भएको बेला हामीले २०५२ सालमै कम्प्युटर ल्याएका थियौँ । त्यसको ठीक २० वर्षपछि इन्टरएक्टिभ बोर्ड ल्याउन सफल भएका छौँ । इन्टरएक्टिभ बोर्डले हाम्रो पठनपाठनलाई अझ् दु्रत र सजिलो बनाउने अपेक्षा गरेको छु ।”

आईटी कक्षाको भित्तामा राखिएको इन्टरएक्टिभ बोर्ड तार मार्पत ल्याप्टप र मल्टिमिडिया सेटसँग जोडिएको छ । अब सेतोपाटी र कालोपाटीमा हुने सबै काम त्यसमै गर्न सकिनेछ । लेख्ने, लेखेका कुरा रेकर्ड गर्ने, शिक्षकले तयार गरेका पाठहरू ल्यापटप मार्फत इन्टरएक्टिभ बोर्डमा डिस्प्ले गर्ने, मेट्ने, चित्र बनाउने आदि काम यही बोर्डमा हुन्छ । यो बोर्डको प्रयोग गर्ने शिक्षकहरू कम्तीमा कम्प्युटर, इन्टरनेट र मल्टिमिडियाको प्रयोग गर्न सक्ने हुनुपर्छ ।
BB_1आईटी शिक्षक सत्यराम सुवालले करीव १० मिनेट इन्टरएक्टिभ बोर्डको प्रयोगबारे बताइसकेपछि कक्षा ९ का छात्र सुजन घिमिरेले अगाडि आएर बोर्डमा झयालको चित्र बनाए । उनले भने, “कम्प्युटरमा ड्रइङ गर्नभन्दा बोर्डमा सजिलो हुने रहेछ ।” आईटीका शिक्षकहरूले ‘इन्टरएक्टिभ बोर्ड’ स्मार्टबोर्डको शुरूको भर्सन भएकाले यसको नाम ‘स्मार्टबोर्डको भाइ’ राखेका छन् । स्मार्टबोर्डले धेरै काम आपै पनि गर्छ भने यसले ल्यापटप र मल्टिमिडिया सेटको सहयोगमा शिक्षण सिकाइका अधिकांश काम गर्छ । विज्ञान शिक्षकलाई कालो वा सेतोपटीमा मानव मुटुको चित्र बनाउन कम्तीमा १० मिनेट लाग्छ तर इन्टरएक्टिभ बोर्डमा १० सेकेन्डमा मुटुको चित्र डिस्प्ले गरेर त्यसको व्याख्या गर्न सक्छन् । यो बोर्डको प्रयोगले शिक्षकको समय बचत हुन्छ भने उनीहरूलाई पाठयोजना बनाएर मात्र कक्षामा आउन प्रेरित गर्छ । इन्टरएक्टिभ बोर्डको प्रयोग विधिको बारेमा श्रीपद्म उमाविले आफ्ना शिक्षकलाई सामान्य सीप सिकाइसकेको छ । आउँदा दिनमा ठूला कक्षाका अधिकांश शिक्षकले उक्त बोर्डमा कक्षा शिक्षण गर्ने विश्वास स्कूलको छ ।

धेरै विद्यालयलाई इन्टरएक्टिभ बोर्डको प्रयोग अझ् पनि दुर्लभ विषय हो । कतिले त यो बोर्डको नामै पनि नसुनेका हुन सक्छन् । राजधानीका सुविधा सम्पन्न एकाध स्कूल बाहेक अरू स्कूलमा अहिले पनि कालोपाटीकै प्रयोग हुन्छ भने केहीले भर्खरै सेतोपाटी प्रयोग गर्न थालेका छन् । त्यसैले इन्टरएक्टिभ बोर्डको प्रयोग आमनेपाली स्कूल शिक्षाका लागि नौलो र टाढाको कुरा पनि हो । यस दृष्टिबाट स्मार्टबोर्ड आम नेपाली विद्यालयको पहुँचमा पर्न अझ् निकै वर्ष लाग्न सक्छ । श्रीपद्मले शिक्षा विभागको रु. १ लाख ४० हजार अनुदानमा लगभग त्यति नै रकम थपेर रु. ३ लाखमा सो बोर्ड किनेको हो ।

इन्टरएक्टिभ बोर्डको प्रयोग बिजुलीको सुविधा नभएका स्कूलमा गर्न सकिँदैन । त्यस्तै यसका लागि ल्यापटप र मल्टिमिडिया सेट पनि अनिवार्य हुन्छ । शिक्षा विभागले पनि प्राविधिक शिक्षामा अनुभव हासिल गरेका भक्तपुरका ८ वटा स्कूलमा मात्र इन्टरएक्टिभ बोर्डको व्यवस्था गर्न अनुदान दिएको छ । भक्तपुरका जिशिअ रमाकान्त शर्माका अनुसार इन्टरएक्टिभ बोर्डका लागि प्रतिस्कूल रु. १ लाख ४० हजारका दरले अनुदान दिइएको छ । तर, यो बजेटको भरमा मात्र इन्टरएक्टिभ बोर्ड प्रयोगमा आउन सक्तैन । श्रीपद्मले जस्तै यो अनुदान पाउने स्कूलहरूले आफैले रकम थपेर कम्प्युटर र मल्टिमिडिया सेटको व्यवस्था गरेर इन्टरएक्टिभ बोर्ड सञ्चालन गर्नुपर्ने हुन्छ ।

सीसीटीभीको कमाल

पिउने पानी र बिजुलीको सुविधाबाट समेत वञ्चित सार्वजनिक स्कूलमा सीसीटीभीको प्रयोग सामान्यतः कल्पना गरिँदैन । ठूला सुपरमार्केट तथा अति संवेदनशील स्थानमा बढी प्रयोग हुने सीसीटीभीको प्रयोग अन्य शैक्षिक संस्थामा पनि विरलै हुन्छ । तर, श्रीपद्म उमाविले तीन वर्षअगिदेखि सीसीटीभीको लाभ लिएको छ । रु. २ लाखमा जडान गरेको सीसीटीभीमार्फत प्रअ राम हाडा आफ्नै कार्यकक्षमा बसीबसी विद्यालयका सम्पूर्ण गतिविधि नियाल्छन् । उनको कक्षमा राखिएको कम्प्युटरको मनिटरमा स्कूलको गेटबाट बाहिर–भित्र गर्ने व्यक्तिदेखि हरेक कक्षाका गतिविधि छर्लंग देखिन्छन् । त्यसले विद्यालयमा एक खालको तरंग पैदा गरेको छ । शिक्षक, छात्रछात्रा र कर्मचारी सचेत मात्र होइन, आफ्नो जिम्मेवारीप्रति थप सजग समेत हुन थालेका छन् । सीसीटीभी जडानपछि स्कूलमा छात्रछात्रा र शिक्षकको नियमितता बढेको छ । कक्षामा हुने झ्झ्गडा; हल्लाखल्ला र गाली तथा सजाय समेत कम मएको छ ।
शिक्षक र छात्रछात्रा अनुशासित हुँदाको स्वाभाविक परिणामस्वरूप सिकाइ उपलब्धि सुधार हुन थालेको छ । प्राचार्य हाडाको कथन छ— “स्कूलको शैक्षिक नतिजा पहिला पनि राम्रो थियो, तीन वर्षयता झ्न् राम्रो भएको छ । भौतिक सुरक्षा र शैक्षिक नियमिततामा सीसीटीभीले ठूलो योगदान गरेको छ ।”

श्रीपद्म उमाविको अर्को विशेषता १५ वटा विषयगत प्रयोगशाला हो । केमेस्ट्री, बायोलोजी, फिजिक्स, कम्प्युटर, सिभिल इन्जिनियरिङ, इलेक्ट्रिसिटी, कार्पेटिङ, प्लम्बिङ, ड्रइङ आदि विषयका प्रयोगात्मक उपकरणको व्यवस्थाले विद्यालयको प्राविधिक तथा साधारण विषयको पठनपाठनलाई आकर्षक र सहज तुल्याएको छ । सीसीटीभी जडान भएपछि प्रयोगशाला तथा पुस्तकालयबाट पुस्तक र सामान हराउने तथा भौतिक क्षति हुने क्रम लगभग बन्द भएको प्राचार्य हाडाको अनुभव छ ।

B_1वाइफाइ फ्रि स्कूल

इन्टरनेट सहितको कम्प्युटर ल्याबले स्कूलमा इ–लर्निङ संस्कृति स्थापित हुने विश्वास राख्छन् प्राचार्य हाडा । त्यसैले उनले स्कूलमा नेट सुविधा सहितको ५० भन्दा बढी कम्प्युटर रहेको कम्प्युटर ल्याबको व्यवस्था गरेका छन् । विद्यार्थीहरू दैनिक २ घण्टा कम्प्युटर ल्याबमा बसेर आफ्नो रुचि र आवश्यकता अनुसारका पठन सामग्री खोज्छन् । त्यहाँ छात्रछात्रालाई आफ्नो पाठ अनुसारका सामग्री खोज्न र व्यक्तिगत फोल्डर बनाएर कम्प्युटरको डेक्सटपमा राख्न पनि सिकाइएको छ । नेटबाट खोजेका सामग्री छात्रछात्राले पेन ड्राइभमा लगेर घरमा पनि अध्ययन गर्न सक्छन् । साना कक्षाको तुलनामा कक्षा ८ देखि १२ का छात्रछात्राले कम्प्युटर ल्याबको बढी लाभ लिने गरेका छन् ।

कम्प्युटर ल्याबको प्रयोगले शिक्षक र छात्रछात्रलाई नयाँ विषयमा पाठ्य सामग्री खोजी गर्न र अद्यावधिक हुन सघाएको छ । प्राचार्य हाडाका अनुसार स्कूलमा इ–लर्निङ को संस्कार अरू बढाउन असोजको पहिलो सातादेखि निःशुल्क वाइफाइ जडान गरिनेछ विद्यालयको सर्वरबाट कसैले पनि हानिकारक अश्लील साइट खोल्न नसकून् भनी विशेष एप्स पनि डिजाइन गरिएको बताइएको छ । यस सम्बन्धमा प्राचाय हाडा भन्छन्— “शिक्षक र छात्रछात्राले सिकाइको काममा इन्टरनेटको अत्यधिक सुविधा प्रयोग गरुन् तर दुरुपयोग हुन नपाओस् भन्ने हाम्रो उद्देश्य हो ।”

श्रीपद्म उमाविका शिक्षक, छात्रछात्राले खाली समयमा मोबाइल प्रयोग गर्न पाउँछन् । पठनपाठनको बेला भने मोबाइल चलाउन पाइँदैन । यसले स्कूललाई प्रविधि मैत्री मात्र होइन, आमस्कूलभन्दा भिन्न पनि बनाएको छ किनभने अधिकांश स्कूलले मोबाइललाई निषेधित वस्तुको श्रेणीमा राख्ने गरेका छन् ।

श्रीपद्मका अधिकांश शिक्षकहरूले इमेल, ट्वीटर, फेसबुक आदि खोलेका छन् । स्कूलको फेसबुक पेज र वेबसाइटमा स्कूलका सबै सूचना प्रेषित हुन्छन् भने त्यसैबाट शिक्षक तथा छात्रछात्रा अपटेड हुन्छन् । प्राचार्य हाडा विद्यालयका ७० प्रतिशतभन्दा बढी छात्रछात्रा वेब कनेक्टेड रहेको बताउँछन् ।

अगिल्लो सालको एसएलसी नतिजाका आधारमा श्रीपद्म उमावि देशकै उत्कृष्ट सामुदायिक विद्यालय भएर राष्ट्रिय पुरस्कार जित्न सफल भएको छ भने यसको निमावि र मावि तहको सिकाइ उपलब्धि औसत ८० प्रतिशतको हाराहारीमा छ । प्राथमिक तहको जग बलियो पार्न विशेष मेहनत गरेको देखिन्छ । पूर्वप्राविदेखि कक्षा ४ सम्म मन्टेसरी विधिमा शिक्षण सिकाइ क्रियाकलाप हुन्छ भने माथिल्लो तहमा नेपाली र अंग्रेजी माध्यमका छुट्टाछुट्टै कक्षा हुन्छन् । प्रावि तहको सिकाइ उपलब्धि ८७ प्रतिशतभन्दा माथि पुगेको छ । भक्तपुरका जिशिअ शर्मा भन्छन्— “श्रीपद्म उमावि प्रविधिको प्रयोग र गतिलो पठनपाठनका दृष्टिले देशको नमुना स्कूलमा पर्छ ।”

एउटै व्यक्तिको नेतृत्वमा पूर्वप्राथमिक तहदेखि स्नातकोत्तर तहसम्म पठनपाठन सञ्चालन गर्न सफल भएको शैक्षिक संस्थामा पर्छ श्रीपद्म उमावि । २०६० सालमा व्यवस्थापन संकायबाट शुरू गरिएको उमावि तह अहिले मानविकी, शिक्षा र विज्ञान संकाय सञ्चालित छन् । २०६७ बाट स्नातक तह सञ्चालन गरिएको पद्म कलेजमा हाल बीबीएस र एमबीएस कार्यक्रम समेत चलाइएको छ । स्नातक र स्नातकोत्तरको औसत उत्तीर्ण दर ५० प्रतिशतभन्दा माथि छ भने उमावि तहको सिकाइ उपलब्धि ६० प्रतिशत पुगेको छ । पूर्वप्राविदेखि स्नातकोत्तर तहसम्म करीव १७ सय छात्रछत्रा र १५० शिक्षक कर्मचारीको नेतृत्व हाडाले नै गर्दै आएका छन् । एउटै संस्थामा पूर्वप्राविदेखि स्नातकोत्तर तहसम्मको गुणस्तरीय पठनपाठन सञ्चालन गर्न सक्नु नै प्राचार्य हाडाको मुख्य सफलता हो ।

आमस्थिति

विकसित देश इ–लर्निङ बाट अझ् अगि बढेर स्मार्ट कक्षाको अभ्यासमा पुगेका छन् । पेपरलेस अफिस जस्तै ‘पेपरलेस शिक्षण संस्था’ को अवधारणा पनि आइसकेको छ । यस्तो अवस्थामा श्रीपद्मले शिक्षण सिकाइमा गरेको प्रविधिको प्रयोग अरूहरूका लागि पनि मार्गदर्शन हुन सक्छ । किनभने ढिलो–चाँडो पठनपाठनमा सूचना÷प्रविधिको प्रयोग नगरी सुख छैन । शिक्षा मन्त्रालयले २०६९ मै आईसीटी इन एजुकेशनका नाममा रु. एक अर्ब बजेट विनियोजन गरी देशका ७ हजार माविलाई रु. १ लाख ४० हजारका दरले कम्प्युटर ल्याब स्थापना गर्न अनुदान दिने कार्यक्रम अगिसारेको हो । त्यो बजेटले कतिपय स्कूलमा कम्प्युटर ल्याबको स्थापना गरिए पनि केहीमा बिजुली र प्रयोग सीपको अभावमा किनिएका कम्प्युटर त्यसै थन्किएका छन् भने कतिपयले आईसीटीको बजेट नै काममा प्रयोग गरेको गुनासो पनि सुनिएको छ ।

‘टिचर डिस्कसन अन एजुकेशनल इसुज’ नामक फेसबुक ग्रुप बनाएका शिक्षक नेता लक्ष्मण शर्मा भन्छन्— “एकाइसौँ शताब्दीको शिक्षाको मुख्य साधन नै सूचना र प्रविधि हो । तर डिजिटल लिटरेसीका आधारमा अ मुलुक पाँचौँ पुस्तामा छन् भने हामी पहिलो पुस्तामा छौँ ।”

२४ घण्टे हेडसर

BB_1श्रीपद्म उमाविले तीन वर्षयता गरेको प्रगति लोभलाग्दो छ । छोटो अवधिमा स्कूललाई चम्काउने कामको मुख्य नेतृत्व प्रअ, प्राचार्य र क्याम्पस प्रमुखको भूमिकामा रहेका राम हाडाले गरेका छन् । उनको ऊर्जा र योग्यताले यो संस्थालाई जीवन्त बनाउन महŒवपूर्ण योगदान गरेको छ ।

२८ वर्ष शिक्षण अनुभव हासिल गरेका हाडा मावि द्वितीय श्रेणीका शिक्षक हुन् । उनले गणित विषयमा एमएड गरेका छन् । भक्तपुर जिल्लामा शुरूको लटमा कम्प्युटर सिक्नेमध्येमा पर्छन् उनी । त्यसैले उनलाई आज युग सुहाउँदो ‘हाइटेक हेडसर’ हुन सगाएको छ । विद्यालयको प्राचार्य कक्षमा उनीसँग ल्यापटप, कम्प्युटर, टेलिफोन छन् भने उनको हातमा स्मार्ट फोन छुट्तैन । घर र स्कूलमा उनी नेटको पहुँचमा हुन्छन् । ‘आधुनिक हेड मास्टर यिनै प्रविधिको सहयोगमा मात्र क्रियाशील हुन सक्छ । प्रविधिले व्यक्तिको उत्पादकत्व बढाउँदो रहेछ र धेरै काम छिटो गर्न सकिँदो रहेछ, त्यसैले म २४ घण्टा नै नेटको पहुँचमा हुन्छु । अरू साथीहरूलाई पनि यही बाटोमा हिँड्न प्रेरित गर्छु ।” उनी भन्छन् ।

हाडा अहिले अरू शिक्षकहरूको शिक्षण अनुगमन गर्ने र सुुझव दिने तथा स्कूलको प्रशासनिक नेतृत्व गर्ने भूमिकामा छन् । तर, उनी गणितका राम्रा शिक्षकमध्ये पर्छन् । गणित शिक्षण गर्दा अरूले भन्दा भिन्न विधि प्रयोग गर्ने गरेको अनुभव सुनाउँदै उनी भन्छन्— “म कक्षा ३ को गणित पढाउँदा जिओबोर्डको प्रयोग गर्थें भने कक्षा ८ को वृत्तको क्षेत्रफल बुझउन कार्डबोर्डको कटिङ प्रयोग गर्थें । यसरी प्रयोगात्मक शिक्षणबाट विषयवस्तु बुझउन सजिलो हुन्छ ।”

१२ वैशाखको भूकम्पले श्रीपद्मका भवन तथा कक्षाकोठा भत्केका छन् । अहिले पनि कतिपय कक्षा अस्थायी सिकाइ केन्द्रमा सञ्चालन गरिएको छ । तथापि स्कूल तथा ल्याबहरूको पुनर्निर्माण तीव्र गतिमा अगि बढेको छ । दसैँअगि नै स्कूलले नयाँ रूप लिने हाडाको विश्वास छ । उनी भन्छन्, “म यही ठाउँका मानिस हुँ । त्यसैले यो संस्थालाई राम्रो बनाउने बाहेक मेरो कुनै लक्ष्य छैन, म २४ घण्टे हेड सर हुँ ।”

widgets