गुणस्तरीय शिक्षाका लागि नयाँ विधेयक : शिक्षामन्त्री    ५८ लाख थान पुस्तक अपुग    शिक्षामन्त्री भन्छन् - 'शिक्षालाई राजनीतिमुक्त बनाउनैपर्छ'    शिक्षालाई स्कुलदेखि घरसम्म जोड्ने शिक्षक भएनन्    प्राचार्य र अध्यक्षविरुद्ध छुवाछुत मुद्दा    ग्लोबल सेपर्सले स्कुल बनाउने    एसएलसीमा डी ग्रेड ल्याउने विद्यार्थीको भर्नामा चर्को विवाद    यस बर्षको एसएलसी परीक्षा सम्पन्न, नतिजा असारमा    डिन निुयुक्तिमा चलखेल !    सरकारीमै पढ्छन् शिक्षकका छोराछोरी    शिक्षकले आठ महिनादेखि तलब पाएनन्    शिक्षा कार्यालयमा ‘मदिरा पार्टी’    झाडापखालाबाट शिक्षक पनि बिरामी    एसएलसीमा भाइबर र म्यासेन्जरबाट चिट !    परीक्षामा चिट चोर्न नपाउँदा ढुंगामुढा !    एसएलसीमा चर्को राजनीति !    बाजुराका विद्यार्थी एसएलसीबाट बञ्चित !    पद्मकन्या क्याम्पस स्ववियु सभापतिको मृत्यु    एसएलसी परीक्षामा छ लाखभन्दा बढी परीक्षार्थी हुने    एसएलसीमा १ घण्टा लोडसेडिङ घट्यो    कर्णालीका विद्यार्थीले समयमै पुस्तक पाउने    ७ रोचक कुराहरु    किताब नउठाउने महासंघको चेतावनी    भाडाको घरमा स्कुल चलाउन नपाइने !    मुक्तिमार्ग उच्च माविलाई एघार लाख रुपैया मूल्यको जग्गा सहयोग    एसएलसीको ग्रेडिङ्मा परिवर्तन गरियो    विद्यार्थी शून्य, शिक्षक आठ    विद्यालय सुधार्न कस्सिए अभिभावक    चलन चल्तीका केहि नेपाली उखानहरु    केही मननिय भनाईहरु    आदर्श भनाई अनि ज्ञानगुनका कुराहरु    बेलायतको भिसा त्यागेर शिक्षक    कृपा नखोज, कर्म गर: कुलचन्द्र गौतम    शिक्षक र अभिभावकको व्यापक परिचालनबाट मात्रै संभव छ विद्यालय सञ्चालन र पुनःनिर्माण    आजको पाठ योजना बिफल हुने देखेपछी, पढाउन छोडेर एक छिन् ठुलो - ठुलो आदर्शको भाषण दिएँ    लाखौं विद्यार्थी उच्च शिक्षाबाट बञ्चित हुने खतरा    एकजना विद्यार्थीको आत्महत्या    विद्यार्थी कल्याणकारी कोषका लागि जुट्दै अष्ट्रेलियाका नेपालीहरू    आफ्नो पाठ र ईकोब्रिक    प्राज्ञिक विद्यार्थी अधिवेशन हुँदै    अन्तर विद्यालय ताइक्वान्दो भक्तपुरमा हुने    भूकम्प प्रभावित जिल्लामा ‘लाइभ स्कुल’ !    दाङका मुक्त कम्लरीलाई शैक्षिक सामग्री वितरण    पाँच कक्षासम्मको विद्यालयमा तीन मात्रै शिक्षक    २३ सय विद्यार्थीलाई शैक्षिक सामग्री    शिक्षक सक्षमताको मापदण्ड पारित, तालिमको स्वरुप फेरियो    तरुण माध्यामिक विद्यालयमा    आदर्श शौल युवक उच्च माध्यामिक विद्यालय    पुरानो विद्यालय अत्याधुनिक प्रविधि    एमए पास गरेर कक्षा एक मा शिक्षक !    सेना छाडेर शिक्षक    बेलायतको भिसा त्यागेर शिक्षक    सुधार प्रयासमा एउटा हेडमाष्टर    एक जना हेडसरको भोगाई : शिक्षकलाई सरकारले सम्मान दिएन    भारतको शिक्षामा कमजोर हुदैं मानवीय पक्ष : प्रा.डा. अनामिक शाह    सिकाइ उपलब्धि: माथि माथि हेर्दा तल सुक्यो !    विषयगत कक्षा व्यवस्थापन: सिकाइ उपलब्धि बढाउने एउटा उपाय    कार्यमूलक अनुसन्धान-किन र कसरी    स्ववियू निर्वाचन चैत अन्तिम साता भित्र गर्ने कांग्रेस सभापतिको भनाई    पद्मोदयको ७० औँ बार्षिकोत्सव सम्पन्न    नेल्टाको २१ औँ अन्तराष्ट्रिय सम्मेलन शुरु    धेरै दरबन्दी भएका प्राविका शिक्षक निमावि र माविमा : बराल    दल आवद्ध शिक्षकलाई स्पष्टीकरण, चित्त बुझ्दो जवाफ नदिए कारवाही : जिशिअ नेपाल    शिक्षा मन्त्रालय विदेशी ‘डोनर’ हरुले चलाएका छन् : कोइराला    सामाजिक नीति बनाऊन विद्यार्थीको माग    क, ख पढ्न चार घन्टाको हिँडाइ    शिक्षाको व्यापार अन्त्य गर्न शुल्क निर्धारण मापदण्ड कार्यान्वयन हुनै पर्ने    शिक्षामा नयाँ क्रान्तिको आवश्यकता – शिक्षामन्त्री    नीजि स्कुल खोल्न ३२ मापदण्ड, पहिल्यै खुलेकालाई तीन वर्ष मौका    बिज्ञापन    प्रयोगका सर्त    हाम्रो बारे

एमए पास गरेर कक्षा एक मा शिक्षक !

भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको हत्या भएकै दिन प्युठानका श्यामबहादुर बुढाले गोर्खा सैनिकमा नियुक्ति पाए । घटनाले संसार तरंगित थियो, उनी सैनिक पोशाकमा सपथ लिदै थिए । त्यो थियो ३१ अक्टुबर १९८४ को कुरा । त्यसको ३ वर्षमै जागिर नछाडेको भए अहिले अवकास प्राप्त गोर्खा सैनिक श्याम बुढा भएर हिंडिरहेका हुन्थे । कडा सैनिक अनुशासनको चौघेरा उनको स्वतन्त्र स्वभावले थेग्न सकेन । 'अनि मैले सैनिक जागिर छाडेँ', बाँकेका शिक्षकले विगत सम्झे, 'मनदेखिनै इच्छा नभएपछि त्यो जागिरमा बसेर मैले प्रगति गर्न सक्दिन भन्ने लाग्यो र छाडिदिएँ ।'

भएको एउटा जागिर छाडेपछि उनी फुर्सदमा थिए । सोच आउदँै थियो व्यापार गरौं कि अरु जागिर खोजौं वा भारतमै अरु मजदुरी गर्न छिरुँ ? संयोग त्यही बेला बाँकेका चिनारु आफन्त स्कुल खोल्ने तयारी गरिरहेका थिए । समस्या के थियो भने स्कुल त खोल्ने, अरु विषय पढाउने शिक्षक फेला पर्लान् तर अंग्रेजी पढाउने कसले ? विकल्पमा देखिए तिनै श्यामबहादुर बुढा । सिम्लामा मजदुरी गर्ने बुबाले ५ वर्षकै उमेरमा पढाउनकै लागि साथ लगेका थिए । सिम्लामै उनले विद्यालय र प्रमाणपत्र तह सके । उनको अंग्रेजी राम्रो थियो । त्यही भएर होला एक साँझ अगुवा मध्येका कसैले सोध्यो, जागिर खान्छौं ? अंग्रेजी पढाउनु पर्छ, केटाकेटी पढाउन सक्छौ ?

उनी गम खाए । जागिर थिएन, एक मनले लाग्यो, ह्या होस्है केटाकेटीसित झुत्ती खेल्ने जागिर के खानु ? अर्को मनले भन्यो अल्झिने मेलो त हुन्छ । किताबै पढाउने हो, पढाउन जानि हालिन्छ जागिर खाएर आखिर के बिग्रन्छ ? मन नलागे छाडिदिउँला । यस्तै दोधारवीच २०४५ सालको फागुनबाट अंग्रेजी पढाउन थाले ।

दोधारवीच सुरु गरेको त्यही मास्टरी पेशा अन्तत ः उनको स्थायी करिअर बन्यो । त्यसपछि गाउँको श्यामबहादुर बुढाबाट उनी एकाएक श्याम सरमा बदलिए । सबैको श्याम सर । श्यामसरलाई नमस्कार गर्न थाले । छोराछोरीको पढाइको चासो लिन थाले । केटाकेटीसित खेल्ने कर्म त्यसपछि सुरु भयो ।

'एक दिन केटाकेटी नदेख्दा न्यास्रो झै लाग्छ, घरमा छोरीहरु छन् र पनि सुनसानझँै लाग्छ', अढाइ दशक शिक्षणमा बिताएका उनले भने, 'केटाकेटीसित आकर्षणको शक्ति हुन्छ । ती रिसाए पनि फूलजस्ता हुन्छन् । ती हास्दा पनि फूलजस्ता हुन्छन् । सुन्दर । हेरिरहु लाग्ने ।'

युवा उमेर न हो, उनलाई पनि कतिपल्ट रिस उठ्यो । केटाकेटीलाई कहिल्यै देखाएनन् । कहिले काहिँ ठूलो स्वर गरेर हप्काए एक सिर्कनो लगाएनन् । अहिले उनलाई लाग्छ, मैले किन हप्काए हुला व्यर्थै । उनी आफूले भारतको केन्द्रिय विद्यालयको कडा अनुशासन पार गरेर आएका थिए । उनलाई लाग्थ्यो तर्साएर राखे केटाकेटी अनुशासनमा बस्छन् । 'होइन रहेछ', उनले भने, 'माया गरेर केटाकेटीलाई बसमा पर्न सकिने रहेछ । हामीले केटाकेटीलाई सिकाउनै जानेका रहेनछौं ।'

शिक्षकमाझ श्याम सरको सिकाउने शैली अलग छ । यसको उपकथा अर्कैछ । केही वर्षअघि विद्यालयमा बालमैत्री सिकाइको तालिमको अवसर आयो । कुनै शिक्षकले त्यसमा चासो लिएनन् । माध्यमिक तहका शिक्षकले तालिम लिएर प्राथमिक तहका केटाकेटी पढाउनुलाई सजायनै ठाने । शिक्षक कसैले नमानेपछि हेडसर श्याम सरमा ठोकिए । विदामा रहेका बेला हेड सरले भने, कोही जान मानेनन् । तपाई गैदिनु परयो ।

तालिमबाट फर्केपछि माध्यमिक तहमा अंग्रेजी पढाइरहेका श्याम सर एक्कासी कक्षा १ मा मात्रै पढाउँछु भन्न थाले । कसैको कर बलले होइन इच्छाले । 'जग बलियो नभए माथिल्लो तहमा उनीहरु कमजोर हुन्छन् भन्ने ज्ञान मैले त्यति बेला पाए', उनले भने, 'साना कक्षाका केटाकेटीलाई उपेक्षित गरेकोमा ग्लानीजस्तो भयो । विद्यार्थीको जग बलियो बनाउन तिर लाग्छु भन्ने अठोटले म माध्यमिक तह छाडेर कक्षा १ को शिक्षक भए ।' अहिले कक्षा १ को सबै विषय पढाउने हरेक दिनभरको जिम्मा ढुक्कै श्याम सरलाई ।

कक्षा छिरेपछि सबैले उनलाई नमस्कार गर्छन् । उनी केटाकेटीका गाला थपथपाउछन् र खाना खाए नखाएको सोध्छन् । विद्यार्थीको उत्तरले जनाउछ, केटोकेटीको अवस्था के छ ? विद्यार्थीलाई एकसरो हेरेपछि उनी विचार्छन आज केटोकेटीको मुड के छ ? र त्यही अनुसार उनी पाठ अनुसारको कृयाकलाप सुरु गर्छन् ।

त्यसका लागि कति शैक्षिक सामाग्री उनी घरबाट बनाएर ल्याउछन् । कति आफ्नै तलबबाट पनि किन्छन् । बाटो, जंगल र करेसाबारीबाट पनि उनी सामग्री ल्याउछन् र केटाकेटीलाई देखाउँछन् ।

कक्षा १ पढाउन थालेपछि उनी रातरातभर शैक्षिक सामग्री बनाउन थाले । कागज काट्ने, कागज रंग्याउने, लेख्ने, चित्र बनाउने सबै रातभर बसेर गर्न थाले । श्रीमती आत्तिन थालिन्, शिक्षक भएको श्रीमान् बौलायो ! माध्यमिक तहबाट कक्षा १ पढाउन थाल्यो र त्यही पीरले उन दिमागले काम गर्न छाड्यो ।

'मैले आफ्नो काम छाडिन,' उनी भन्छन्, 'शैक्षिक सामग्री नभए दिनभर के गरेर दिन बिताउनु ? केटाकेटीलाई के सिाउनु ? घरमा म बहुलाएको होइन पढाउनकै लागि शैक्षिक सामग्री बनाएको हु भन्ने बुझाउन निकै समय लाग्यो ।' यही कारण अरुको भन्दा उनको पढाउने शैली भिन्न छ ।

केटाकेटीलाई कक्षामै कजाएर राख्दैनन् । घुमाउन निकाल्छन् । खेलाउन निकाल्छन् । नाच गान र रमाइलो गरेर भुलाउँछन् । विद्यार्थीलाई कुनै पनि कुरा देखाउने, छुवाउने र अनुभव गराउने उनको सिद्धान्त छ । सोधेका बताइदिन्छन् । स्कुल जादै गर्दा विहान डोरयाउदै लैजान्छन् । फकिर्दा डोरयाउदै घर पुरयाउँछन् ।

कहिले काहिँ उनी विद्यालय नजादा विद्यार्थी सोध्छन् हाम्रा श्याम सर खोइ ? अरु शिक्षकलाई विद्यार्थी आफ्नो सर मान्दैनन् । उनीहरुको आफ्नो भनेको श्याम सर भएका छन् । उनलाई लाग्छ केटोकेटीको प्रीय हुन त्यति सजिलो छैन । त्यसका लागि छुट्टै कला चाहिन्छ । गला चाहिन्छ । ममता चाहिन्छ । प्रेम र स्नेह चाहिन्छ । प्रोत्साहन चाहिन्छ । स्वाबासी चाहिन्छ । 'केटाकेटीलाई ठूला ठूला चिज सिकाउनु पर्दैन साना तिना कुरामा तिनलाई खुसी राख्नु पर्छ', उनले भने ।

शैक्षिक जनशक्ति विकास केन्द्रको तथ्यांकले भन्छ, देशका कबिर ३४ हजार सामुदायिक विद्यालयमा पढाउने २ लाख भन्दा बढी शिक्षकले श्याम सरले जस्तो सिकाउने तालिम लिएका छन् । कक्षामा आफूले सिकेको ज्ञान प्रयोग गर्ने श्याम सरजस्ता शिक्षक कति होलान् ? कतिलाई अनुभव भएको होला, शिक्षक सिकाउने होइन सिक्ने व्यक्ति हो । केटाकेटी शिक्षकका पाठशाला हुन् । केटाकेटीको आधार शिक्षा दरिलो नबनाइ माथिको शिक्षा राम्रो हुदैन । यही नबुझेर त हो कक्षा १० को अन्तिम परीक्षामा सहभागी हुने ४ लाख मध्ये ६० प्रतिशत विद्यार्थी फेल हुने गरेका ।

हाम्रा धेरै शिक्षक ठान्छन् माथिल्लो कक्षा पढाउनेको मान सम्मान ठूलो हुन्छ । कक्षा १ पढाउँदा कमजोर र सानो भइन्छ । हेडमास्टरले पनि शिक्षक मध्येको कमजोर र कम योग्यता भएकोलाई कक्षा १ को शिक्षक बनाउछन् । 'कक्षा १ मा सिकाउन सजिलो छैन', उनले भने, 'कमजोर शिक्षकलाई प्राथमिक तह जिम्मा लाएर हामी आफैमाथि बेइमानी गरिहेका छौं ।'

widgets