गुणस्तरीय शिक्षाका लागि नयाँ विधेयक : शिक्षामन्त्री    ५८ लाख थान पुस्तक अपुग    शिक्षामन्त्री भन्छन् - 'शिक्षालाई राजनीतिमुक्त बनाउनैपर्छ'    शिक्षालाई स्कुलदेखि घरसम्म जोड्ने शिक्षक भएनन्    प्राचार्य र अध्यक्षविरुद्ध छुवाछुत मुद्दा    ग्लोबल सेपर्सले स्कुल बनाउने    एसएलसीमा डी ग्रेड ल्याउने विद्यार्थीको भर्नामा चर्को विवाद    यस बर्षको एसएलसी परीक्षा सम्पन्न, नतिजा असारमा    डिन निुयुक्तिमा चलखेल !    सरकारीमै पढ्छन् शिक्षकका छोराछोरी    शिक्षकले आठ महिनादेखि तलब पाएनन्    शिक्षा कार्यालयमा ‘मदिरा पार्टी’    झाडापखालाबाट शिक्षक पनि बिरामी    एसएलसीमा भाइबर र म्यासेन्जरबाट चिट !    परीक्षामा चिट चोर्न नपाउँदा ढुंगामुढा !    एसएलसीमा चर्को राजनीति !    बाजुराका विद्यार्थी एसएलसीबाट बञ्चित !    पद्मकन्या क्याम्पस स्ववियु सभापतिको मृत्यु    एसएलसी परीक्षामा छ लाखभन्दा बढी परीक्षार्थी हुने    एसएलसीमा १ घण्टा लोडसेडिङ घट्यो    कर्णालीका विद्यार्थीले समयमै पुस्तक पाउने    ७ रोचक कुराहरु    किताब नउठाउने महासंघको चेतावनी    भाडाको घरमा स्कुल चलाउन नपाइने !    मुक्तिमार्ग उच्च माविलाई एघार लाख रुपैया मूल्यको जग्गा सहयोग    एसएलसीको ग्रेडिङ्मा परिवर्तन गरियो    विद्यार्थी शून्य, शिक्षक आठ    विद्यालय सुधार्न कस्सिए अभिभावक    चलन चल्तीका केहि नेपाली उखानहरु    केही मननिय भनाईहरु    आदर्श भनाई अनि ज्ञानगुनका कुराहरु    बेलायतको भिसा त्यागेर शिक्षक    कृपा नखोज, कर्म गर: कुलचन्द्र गौतम    शिक्षक र अभिभावकको व्यापक परिचालनबाट मात्रै संभव छ विद्यालय सञ्चालन र पुनःनिर्माण    आजको पाठ योजना बिफल हुने देखेपछी, पढाउन छोडेर एक छिन् ठुलो - ठुलो आदर्शको भाषण दिएँ    लाखौं विद्यार्थी उच्च शिक्षाबाट बञ्चित हुने खतरा    एकजना विद्यार्थीको आत्महत्या    विद्यार्थी कल्याणकारी कोषका लागि जुट्दै अष्ट्रेलियाका नेपालीहरू    आफ्नो पाठ र ईकोब्रिक    प्राज्ञिक विद्यार्थी अधिवेशन हुँदै    अन्तर विद्यालय ताइक्वान्दो भक्तपुरमा हुने    भूकम्प प्रभावित जिल्लामा ‘लाइभ स्कुल’ !    दाङका मुक्त कम्लरीलाई शैक्षिक सामग्री वितरण    पाँच कक्षासम्मको विद्यालयमा तीन मात्रै शिक्षक    २३ सय विद्यार्थीलाई शैक्षिक सामग्री    शिक्षक सक्षमताको मापदण्ड पारित, तालिमको स्वरुप फेरियो    तरुण माध्यामिक विद्यालयमा    आदर्श शौल युवक उच्च माध्यामिक विद्यालय    पुरानो विद्यालय अत्याधुनिक प्रविधि    एमए पास गरेर कक्षा एक मा शिक्षक !    सेना छाडेर शिक्षक    बेलायतको भिसा त्यागेर शिक्षक    सुधार प्रयासमा एउटा हेडमाष्टर    एक जना हेडसरको भोगाई : शिक्षकलाई सरकारले सम्मान दिएन    भारतको शिक्षामा कमजोर हुदैं मानवीय पक्ष : प्रा.डा. अनामिक शाह    सिकाइ उपलब्धि: माथि माथि हेर्दा तल सुक्यो !    विषयगत कक्षा व्यवस्थापन: सिकाइ उपलब्धि बढाउने एउटा उपाय    कार्यमूलक अनुसन्धान-किन र कसरी    स्ववियू निर्वाचन चैत अन्तिम साता भित्र गर्ने कांग्रेस सभापतिको भनाई    पद्मोदयको ७० औँ बार्षिकोत्सव सम्पन्न    नेल्टाको २१ औँ अन्तराष्ट्रिय सम्मेलन शुरु    धेरै दरबन्दी भएका प्राविका शिक्षक निमावि र माविमा : बराल    दल आवद्ध शिक्षकलाई स्पष्टीकरण, चित्त बुझ्दो जवाफ नदिए कारवाही : जिशिअ नेपाल    शिक्षा मन्त्रालय विदेशी ‘डोनर’ हरुले चलाएका छन् : कोइराला    सामाजिक नीति बनाऊन विद्यार्थीको माग    क, ख पढ्न चार घन्टाको हिँडाइ    शिक्षाको व्यापार अन्त्य गर्न शुल्क निर्धारण मापदण्ड कार्यान्वयन हुनै पर्ने    शिक्षामा नयाँ क्रान्तिको आवश्यकता – शिक्षामन्त्री    नीजि स्कुल खोल्न ३२ मापदण्ड, पहिल्यै खुलेकालाई तीन वर्ष मौका    बिज्ञापन    प्रयोगका सर्त    हाम्रो बारे

सेना छाडेर शिक्षक

पक्कापक्कीजस्तै थियो, शिक्षक नभएको भए होमबहादुर कुँवर यतिखेर रिटायर्ड सेनाको जीवन बिताइरहेका हुन्थे । सैनिक पृष्ठभूमिको कुँवर परिवारबाट एकाएक बदलिएर शिक्षक बने । ४३ वर्ष ९ महिना केटाकेटी, शिक्षक र समुदायसित विद्यालय घर गर्दै बिताए । त्यसमध्येको ३७ वर्ष प्रधानाध्यापक भएर बित्यो । शिक्षण पेशाबाट अवकास लिएपछि अहिले उनी विगत सम्झिदैछन्, 'ईमान्दार प्रधानाध्यापक, मेहनेती सहकर्मी शिक्षक र सहयोगी समुदाय भए सामुदायिक विद्यलाय सुध्रिन्छ ।'

जन्म २००५ सालमा ललितपुर धोविघाट । राणा शासनको बेला सेनाको जागीरनै काफि थियो, कुँवर काजी परिवार त्यतै लाग्यो । दरवार र राणासँग साईनो जोड्न पाए समाजमा बढ्ने प्रतिष्ठाले पनि काम गरेको थियो । त्यसैले कुँवरका सैनिक बुवा, हजुरवुवा उनी सैनिक भएको देख्न चाहन्थे । त्यस्तो भएन ।

पहिलो अक्षर के चिने हेक्का छैन तर जावलाखेलको पाटीबाट अक्षर सिकेको सम्झना उनीसित छ । त्यसपछि औपचारिक शिक्षाका लागि २०१३ सालमा पाटन हाईस्कुलमा भर्ना पाए । १४ बर्षकै उमेरमा २०१९ सालमा एसएलसी दिए र उत्तीर्ण भए पहिलो श्रेणिमा । कक्षामै पनि उनी दोस्रो स्थान ओगट्ने विद्यार्थी थिए ।

दोस्रो भए पनि के झण्डै उनले एसएलसीमा सहभागिता जनाउन पाएका थिएनन् !
अहिलेजस्तो थिएन । कसकसलाई एसएलसीमा सामेल गराउने भन्ने निर्णय प्रधानाध्यापकले गर्थे । उनका प्रधानाध्यापक थिए, ललितबहादुर श्रेष्ठ । उनै श्रेष्ठले उनलाई एसएलसीमा सहभागी नगराउने भनेका थिए । कारण के थियो ? 'एक दिन धोविघाट घरबाट पाटन ढोकामा रहेको विद्यालय जाँदै थिएँ । बाटोमा एक्लै हातमा रहेको एउटा गुच्चाले अर्को गुच्चालाई हान्दै हान्दै स्कुल पुगेँ, ' उनले विगत सम्झे, 'स्कुलमा फारम भर्न हेडसरको कोठामा पुगेको त सर कड्किनु भयो यस्ता गुच्चा खेल्नेले पनि के जाँच दिनु तैँले फारम भर्नु पर्दैन ।'

गुच्चा खेलेको हेडसरले देखे भन्ने उनले पत्तो पाइ हाले । हेडसरका अघि ठाडो शीर गरेर कोही बोल्न सक्दैन थियो । उनी बोल्न सक्ने कुरै भएन । 'हामी हेडसर देख्ना साथ थुरथुर हुन्थ्यौँ । म लुसुक्क कोठाबाट निस्केँ', उनले भने, 'चौरमा एक्लै बसिरहेको थिएँ अर्का नेत्र नाथ देवकोटा भन्ने गणित शिक्षकले फारम भरिस् भनेर सोध्नु भयो । मैले कारण बताइदिए ।' र उनै देवकोटा सरले हेडसरको चित्त बुझाइदिएपछि पाएको अवसर सदुपयोग गर्दै एसएलसीमा सहभागी भएका थिए ।

'पहिलो श्रेणीमा एसएलसी गरेपछि हेडसरले मेरो टाउकोमा हात राखेर 'म जस्तै भएस्' भन्दा म यति खुसी भएँ की भनि साध्य छैन', कुँवरले आफू शिक्षक हुनुको विगत सम्झे, 'म उनै हेडसरबाट असाध्यै प्रभावित थिएँ । उहाँकै आर्शिवादले मलाई आर्मि नभई शिक्षक बनायो होला !'

एस एल सी पास गरेपछि कुवँरलाई सेनामा भर्ति हुन खुवै कर वल भयो परिवारको । पाटन क्याम्पसमा पढिहेका थिए कमर्स । विहान पढ्ने दिउँसो पढाउने मेसोको खोजिमा थिए । तर परिवारको दवाव थेग्न सकेनन् र सेनाको जागिरका लागि आवेदन दिए । नाम निस्क्यो महिनाको चार रुपैंया तलव पाउने गरी । तर उनलाई सेनामा जागिर खानै मन थिएन । बावुको मन बुझाउन कस्सिए । आफ्ना हेडसरको प्रभावको कुरा, आफ्नो रुचिको कुरा, सारा सुनाएपछि वावुले छोराको ईच्छामा सहमती जनाए ।

पढाउन मन त पाटन हाई स्कुलमै थियो तर मेसो मिलेन । अनी सानेपामा रहेको टिका विद्याश्रममा भोलेण्टियर सर्भिसमा पढाउने मौका पाए । पिरियडको एक रुपैंया तलव पाउने गरी शुरु भयो पढाउने काम । अनी एस एल सी दिए लगत्तै विद्यार्थी र विद्यालयसँग साईनो गासिँयो कुवँरको । जिल्ला शिक्षा निरिक्षकले अनुमोदन गरे पछि २०२२ सालमा उनको जागिर स्थाई भयो – महिनाको १२ रुपैंया पाउने गरी । २०२८ साल सम्म शिक्षक भएका कुवँर त्यसपछि ४७ साल सम्म प्रधानाध्यापक भएर विद्यालयलाई हाँकेँ । अवकास पाउँदासम्म उनी नेपाल सरकारको प्रथम श्रेणीको अधिकृत भईसकेका थिए भने अहिले पेन्सननै २४ हजार ६ सय रुपैंया बुझ्छन् ।

२०४६ सालको राजनितिक परिवर्तन पछि सरकारले एकै ठाउँमा लामो समय प्रधानाध्यापकलाई नराख्ने भन्यो । जिल्ला शिक्षा कार्यालयले कुवँरलाई सोध्यो – 'कहाँ जानु हुन्छ ?' कुवँर यहि दिनको पर्खाईमा थिए – फ्याट्टै भनिदिए 'पाटन हाईस्कुल'। कुरो पास भयो । 'जीवनमा असाध्यै खुसी लागेको क्षण त्यहि हो' कुवँर भन्छन् '२०४८ साल असारमा आफ्ना आदरणीय हेडसर ललितबहादुर श्रेष्ठ बस्ने कुर्सिमा बस्न पाउँदा म साहै्र भावुक पनि भएँ, मैले हेडसर जुन पोजिसनमा बस्नु हुन्थ्यो, त्यहि पोजिसनमा कुर्सि टेवुल राखेँ, अन्तिम दिन सम्म ।'

चुनौति र सफलता

पाटन हाइस्कुल उनी पढ्ने बेलाजस्तो थिएन । विद्यालयमा पुग्न पाउनु उनका लागि भावनात्मक कुरा थियो । बढ्दो नीजि विद्यालयको प्रभाव र घट्दो सामुदायिकको साख जोगाउनु पर्ने चुनौति पनि सँगसँगै थियो । र यो उनका लागि अवसर पनि थियो । 'म जाँदा जम्मा साढे दुई सय विद्यार्थी थिए', उनले सम्झे । अभिभावकको विश्वास जित्नु पर्ने पहिलो चुनौति थियो । 'यो काम शैक्षिक वातावरण र भौतिक सुधारले मात्रै हुन्छ भन्ने मलाई थाह थियो,' सामुदायिक विद्यालय सुधारमा आफूले थालेको कदमबारे उनले भने, 'शैक्षिक वातावरण सुधार्न शिक्षक जिम्मेवार हुनु पर्छ । शिक्षकलाई जिम्मेवार बनाउन केही श्रोतको खाँचो हुन्छ । यति कुरा बुझेपछि मैले विद्यालयकै जग्गामा बरीपरी बनेको पसल कवल बाट उठ्ने भाडालाई शैक्षिक विकासमा लगाउने निधोँ गरेँ ।'

त्यसका लागि उनलाई समुदायले सघायो । शिक्षकलाई तालिम दिने व्यवस्था भयो । खाजा खर्च दिन थालियो । यसले निकै सकारात्मक प्रभाव पार्यो । त्यहि श्रोतले कक्षा कोठा, शैक्षिक सामाग्रीको जोहो हुन थाल्यो । शिक्षकको निष्ठा बृद्धि हुँदै गयो । अभिभावकको सहभागिता विद्यलायमा बढाउदै लग् । 'अभिभावक पसेपछि सरकारी विद्यालय पनि राम्रो हुँदो रहेछ भन्ने देखेँ,'उनले भने, 'निजि विद्यालयमा जस्तै विद्यार्थीको चाप बढ्यो । एक हजार जना सम्म विद्यार्थि भए ।'

विक्रम सम्बत १९१० सालमा देशमा पहिलो स्कुल खुल्यो दरवार हाईस्कुल ! राणा खलक र नजिकका भाई भारदारका सन्तान पढाउन खुलेको यो स्कुल तत्कालिन राणा प्रधानमन्त्री जँगवाहदुरको चर्चित बेलायत भ्रमण पछि खुलेको हो भने १९८१ सालमा खोलिएको पाटन मिडिल स्कुलको स्थापनामा जुद्ध्रशम्शेरको योगदान रह्यो । विश्वमा भईरहेको विकासलाई पछ्याउनु पर्ने बाध्यतामा रहेको राणा शासनले केही विद्यालय खोलेर आपूmँलाई उदार देखाउँदै थियो । समाज खुल्ला बनाएको देखाउनु पनि पर्ने र आफ्ना नजिकका मान्छे मार्फत् काम पनि गर्नु पर्ने बाध्यतामा राणा परिवारसँग नजिक रहेका खरिदार राजमान सिँह र पाटन हाईस्कुलको सम्बन्ध जोडिएको ईतिहास छ ।

राणाहरसँगको यहि पहुँचका आधारमा दरवार हाईस्कुलमा पढाएका छोरा लोकमानले भारतमा पुगेर रसायन शास्त्रमा विएस्सि गरेपछि उनै पाटन मिडिल स्कुलको पहिलो प्रधानाध्यापक भए । स्कुलले १९८७ सालमा सरकारी स्विकृती पायो ।
समय आफ्नै गतिमा बढिरहे झैँ विद्यालयमा पढ्ने पुस्ता पनि बदलिरह्यो । यहि पुस्ता बललिरहेको चक्रमा थपिएका एक पात्र मात्रै हुन् होम बहादुर कुवँर । देशभरका सामुदायिक विद्यालयको पठन पाठन खस्किरहेको खवर छ्याप्छ्याप्ति भएको बेला उनले पाटनको कुरो बेग्लै बनाए ।


'आफूँले बदमासि गरेँ त कसैले भन्दैन तर मैले यति भन्न सक्छु झण्डै ४४ बर्षको मेरो क्यारियरमा मैले कहिल्यै जानेर गल्ति गरेको छैन', उनको दावी छ, 'विद्यालयको विकास, उन्नती र प्रगतिका लागि म सँधै ईमान्दार भएँ, शायद यहि कारणले होला पाटन हाई स्कुलले सामुदायिक विद्यालयमा पनि सुधार गरे हुने रैछ भन्ने उदाहरण दिन सकेको ।'
उनी भन्छन्, 'ईमान्दार भएर काम गर्ने प्रधानाध्यापक, मेहनेती सहकर्मी शिक्षक र सहयोगी समुदाय भएको नतिजा हो पाटन हाई स्कुल ।' यसलाई पुष्टि गर्छ विद्यालयको नतिजाले । त्यसो त विद्यालय मापनका लागि एस एल सी कत्तिको बैज्ञानिक आधार हो भन्ने छुट्टै बहसको विषय होला तर अहिले सम्म मानिएको यहि मापनबाट हेर्ने हो भने पाटन हाईस्कुलको चित्र विचित्र देखिन्छ । चार बर्ष अघिको एस एल सीमा यो विद्यालयबाट ९६ दशमलव ८८ प्रतिशत विद्यार्थी पास भएका थिए । पोहोर पनि ७० प्रतिशत हाराहारी विद्यार्थी पास भए । यसपटक ४३ जनाले एस एलसी दिएका छन् ।

साँघुरा कोठामा पढाई हुने विद्यालयको तुलनामा पाटन हाईस्कुल निकै पराकिलो छ । विद्यालयको सात रोपनी हाराहारी जग्गा छ । विद्यार्थी सँख्या नभएर बन्द हुने अवस्थामा पुगेका कतिपय सामुदायिक विद्यालयको अघिल्तिर, उच्च मा वि सहित करिव साढे ६ सय विद्यार्थी पढ्छन् यस विद्यालयमा । २० जना शिक्षक मध्ये आठ जना अस्थाई छन् भने नीजि श्रोतमा तीन शिक्षक, पाँच कर्मचारी र एक जना बालविकास शिक्षक छन् । पाटन हाईस्कुलको प्रगतिका लागि थुर्पै पात्रहरुको योगदान भएकोमा शँका छैन । भन्छन्, तर मुख्य कुरो नेतृत्व हो, देशका सबै जसो सामुदायिक विद्यालयमा नेतृत्व राम्रो चाहिएको छ ।

साथ विनाको फुर्सद

उति वेला स्कुल ! स्कुल !! भन्दा भन्दै श्रीमतीलाई समय दिन नपाएका होम बहादुर कुवँर सँग हिजो आज फुर्सदै फुर्सद छ तर साथमा दुःख सुख बाँड्ने श्रीमती छैनन् । जतिवेला ४३ बर्ष नौ महिना सेवा गरेको शिक्षण पेशाबाट अवकास पाए उहि छेकमा श्रीमतीको निधन भयो । यो संयोगको भवितव्य सम्झदाँ कुवँरका आँखा रसिला हुन्छन्, गला अवरुद्ध ! २०२८ साल देखि सामुदायिक विद्यालयको नेतृत्व सम्हालेका अर्थात् प्रधानाध्यापक भएका हुन् कुवँर । विद्यालयको शैक्षिक र भौतिक विकासमा अहोरात्र खटिँदा खटिदैँ मृगौला विग्रिसकेको पनि पत्तो पाएनन् ।

२०६५ सालमा अवकास भए पछि रात दिनको व्यस्तता त घट्यो त्यसको तीन वर्ष पछि थाह भयो मृगौला विग्रेको । भारतमा उपचार गरेर बैशाखमा फर्के, आफू सञ्चो भए तर उनको स्वास्थ्यको पिरले त्यहि बर्षको असारमा श्रीमतीलाई लग्यो ! घर व्यवहारका केही काम आई परेर समय निकाल्न नसक्दा श्रीमती ठुस्किएको हिजै जस्तो लाग्छ । ललितपुर धोविघाटको घर हिजो आज त्यहि ठुस्सिने मान्छेको सम्झनाले घेरिए झैँ लाग्छ कुवँरलाई ।

जीवननै शिक्षाका लागि खर्चेकोले होला उनी जस्तै हितकारी साथिहरु मिलेर खोलेको शैक्षिक समन्वय केन्द्रका गतिविधिमा सहभागि हुन्छन् । आक्कल झुक्कल अन्य शैक्षिक कार्यक्रमहरुमा सहभागि हुन्छन् । रिटायर्ड योजना के छ ? 'नेपालको सामुदायिक शिक्षा क्षेत्रमा आफूले भोगेका र आफ्नो अनुभवले बटुलेका तथ्यलाई लिपीवद्ध गर्ने योजना त छ', केही बेर अलमलिएर आफूलाई सम्हाल्दै उनी बोले, 'तर श्रीमतीको यादले, जीवनभर चलाएको कलमलाई यी हात अहिले समात्नै मान्दैनन् ।'

कुँवर सरले अनुभव लेखे भने धेरै सामुदायिकका शिक्षक, प्रधानाध्यापकले सिक्न पाउने थिए ।

widgets