गुणस्तरीय शिक्षाका लागि नयाँ विधेयक : शिक्षामन्त्री    ५८ लाख थान पुस्तक अपुग    शिक्षामन्त्री भन्छन् - 'शिक्षालाई राजनीतिमुक्त बनाउनैपर्छ'    शिक्षालाई स्कुलदेखि घरसम्म जोड्ने शिक्षक भएनन्    प्राचार्य र अध्यक्षविरुद्ध छुवाछुत मुद्दा    ग्लोबल सेपर्सले स्कुल बनाउने    एसएलसीमा डी ग्रेड ल्याउने विद्यार्थीको भर्नामा चर्को विवाद    यस बर्षको एसएलसी परीक्षा सम्पन्न, नतिजा असारमा    डिन निुयुक्तिमा चलखेल !    सरकारीमै पढ्छन् शिक्षकका छोराछोरी    शिक्षकले आठ महिनादेखि तलब पाएनन्    शिक्षा कार्यालयमा ‘मदिरा पार्टी’    झाडापखालाबाट शिक्षक पनि बिरामी    एसएलसीमा भाइबर र म्यासेन्जरबाट चिट !    परीक्षामा चिट चोर्न नपाउँदा ढुंगामुढा !    एसएलसीमा चर्को राजनीति !    बाजुराका विद्यार्थी एसएलसीबाट बञ्चित !    पद्मकन्या क्याम्पस स्ववियु सभापतिको मृत्यु    एसएलसी परीक्षामा छ लाखभन्दा बढी परीक्षार्थी हुने    एसएलसीमा १ घण्टा लोडसेडिङ घट्यो    कर्णालीका विद्यार्थीले समयमै पुस्तक पाउने    ७ रोचक कुराहरु    किताब नउठाउने महासंघको चेतावनी    भाडाको घरमा स्कुल चलाउन नपाइने !    मुक्तिमार्ग उच्च माविलाई एघार लाख रुपैया मूल्यको जग्गा सहयोग    एसएलसीको ग्रेडिङ्मा परिवर्तन गरियो    विद्यार्थी शून्य, शिक्षक आठ    विद्यालय सुधार्न कस्सिए अभिभावक    चलन चल्तीका केहि नेपाली उखानहरु    केही मननिय भनाईहरु    आदर्श भनाई अनि ज्ञानगुनका कुराहरु    बेलायतको भिसा त्यागेर शिक्षक    कृपा नखोज, कर्म गर: कुलचन्द्र गौतम    शिक्षक र अभिभावकको व्यापक परिचालनबाट मात्रै संभव छ विद्यालय सञ्चालन र पुनःनिर्माण    आजको पाठ योजना बिफल हुने देखेपछी, पढाउन छोडेर एक छिन् ठुलो - ठुलो आदर्शको भाषण दिएँ    लाखौं विद्यार्थी उच्च शिक्षाबाट बञ्चित हुने खतरा    एकजना विद्यार्थीको आत्महत्या    विद्यार्थी कल्याणकारी कोषका लागि जुट्दै अष्ट्रेलियाका नेपालीहरू    आफ्नो पाठ र ईकोब्रिक    प्राज्ञिक विद्यार्थी अधिवेशन हुँदै    अन्तर विद्यालय ताइक्वान्दो भक्तपुरमा हुने    भूकम्प प्रभावित जिल्लामा ‘लाइभ स्कुल’ !    दाङका मुक्त कम्लरीलाई शैक्षिक सामग्री वितरण    पाँच कक्षासम्मको विद्यालयमा तीन मात्रै शिक्षक    २३ सय विद्यार्थीलाई शैक्षिक सामग्री    शिक्षक सक्षमताको मापदण्ड पारित, तालिमको स्वरुप फेरियो    तरुण माध्यामिक विद्यालयमा    आदर्श शौल युवक उच्च माध्यामिक विद्यालय    पुरानो विद्यालय अत्याधुनिक प्रविधि    एमए पास गरेर कक्षा एक मा शिक्षक !    सेना छाडेर शिक्षक    बेलायतको भिसा त्यागेर शिक्षक    सुधार प्रयासमा एउटा हेडमाष्टर    एक जना हेडसरको भोगाई : शिक्षकलाई सरकारले सम्मान दिएन    भारतको शिक्षामा कमजोर हुदैं मानवीय पक्ष : प्रा.डा. अनामिक शाह    सिकाइ उपलब्धि: माथि माथि हेर्दा तल सुक्यो !    विषयगत कक्षा व्यवस्थापन: सिकाइ उपलब्धि बढाउने एउटा उपाय    कार्यमूलक अनुसन्धान-किन र कसरी    स्ववियू निर्वाचन चैत अन्तिम साता भित्र गर्ने कांग्रेस सभापतिको भनाई    पद्मोदयको ७० औँ बार्षिकोत्सव सम्पन्न    नेल्टाको २१ औँ अन्तराष्ट्रिय सम्मेलन शुरु    धेरै दरबन्दी भएका प्राविका शिक्षक निमावि र माविमा : बराल    दल आवद्ध शिक्षकलाई स्पष्टीकरण, चित्त बुझ्दो जवाफ नदिए कारवाही : जिशिअ नेपाल    शिक्षा मन्त्रालय विदेशी ‘डोनर’ हरुले चलाएका छन् : कोइराला    सामाजिक नीति बनाऊन विद्यार्थीको माग    क, ख पढ्न चार घन्टाको हिँडाइ    शिक्षाको व्यापार अन्त्य गर्न शुल्क निर्धारण मापदण्ड कार्यान्वयन हुनै पर्ने    शिक्षामा नयाँ क्रान्तिको आवश्यकता – शिक्षामन्त्री    नीजि स्कुल खोल्न ३२ मापदण्ड, पहिल्यै खुलेकालाई तीन वर्ष मौका    बिज्ञापन    प्रयोगका सर्त    हाम्रो बारे

एक जना हेडसरको भोगाई : शिक्षकलाई सरकारले सम्मान दिएन

काठमाडौं - पहाड र तराईको सम्बन्धका मानक भन्दा हुन्छ सोनेलाल मण्डललाई ।

सप्तरी, मौहवा गाविसका मण्डलको कर्म क्षेत्र डोल्पाको रिमी गाविस हो । सदरमुकाम दुनैबाट दुई दिनको पैदल यात्रा पछि पुगिने उक्त गाउँको ज्ञानोदय प्राविका प्रधानाध्यापक मण्डल शिक्षण पेशामा लागेको २७ बर्ष भयो ।

२०६० साल देखि प्रधानाध्यापक रहेका मण्डलले विकट र दलित बस्तीमा रहेको सामुदायिक विद्यालयको गुणस्तर सुधारमा योगदान गरेको भन्दै शिक्षा पत्रकार समूहले आफ्नो १६ औँ बार्षिकोत्सवको अवसरमा गत हप्ता सम्मान गर्यो । सामुदायिक शिक्षाको अवस्था र सुधारका बारे उनका धारणा सहित एडुखबरका लागी विष्णु विवेकले गरेको कुराकानी :

- सामुदायिक शिक्षा सुधारमा गलिलो काम गरेको भन्दै काठमाण्डुमा बोलाई बोलाई तपाईलाई सम्मान गरे । शिक्षा मन्त्रीकै हातबाट सम्मान पत्र समेत पाउनु भो, के काम गर्नु भयो र यो सम्मान पाँए जस्तो लाग्छ ?

विद्यालय म एक्लैले बनाएको होइन, उत्कृष्ट हुनुमा मैले केही भूमिका मात्र खेलेको हुँ । दलित बस्ती मात्र होइन । हरेक ठाउँका विद्यालय यदि उत्कृष्ट र राम्रो पठनपाठन भएका छन् भने त्यो इमान्दार शिक्षक, विद्यार्थी, स्थानीय अभिभावकको चासो र त्यसको सही अनुगमन भएर नै हो । विद्यालयमा राजनीति दलका कार्यकर्ताहरु आफुखुसी गर्न चाहन्छन् तर शिक्षक अझ भनौ विद्यालयको नेतृत्व गर्ने प्रधानाध्यापकले त्यसलाई बढावा दिनु हुदैन । दलका कार्यकर्ताहरु स्थानीय अभिभावक हुन् ।

उनीहरु विद्यालयमा लगानी र विद्यालयको गुणस्तर सुधार्न चाहन्छन् तर उनीहरुको सहयोग कसरी लिने ? र कहाँ कहाँ उपयोग गर्ने ? भन्ने कुराको ध्यान विद्यालयका शिक्षक र प्रधानाध्यापकले दिनुपर्छ । उनीहरुलाई यसरी आफुले आफुखुसी गर्न चाहे विग्रला भन्ने डर हुदैन तर प्रधानाध्यापकलाई मात्र थाहा हुन्छ । के विग्रन्छ के सप्रन्छ भन्ने कुरा । त्यसैले मेरो विद्यालयलाई उत्कृष्ट विद्यालय बनाउन मैले विद्यालयमा राजनीति घुस्न नदिएको मात्र हो ।

- त्यसो भए सामुदायिक विद्यालयमा अहिले पठनपाठन विग्रनुको मुख्य कारण राजनीति नै हो ?

मुख्य कारण राजनीति नै हो । नयाँ कार्यक्रम योजना बनाएर शिक्षालाई माथी लैजान काम राजनीतिकै हो । तर यहाँ राजनीतिको प्रत्यक्ष फाइदा उठाएर नीजि स्वार्थहरु पुरा गर्नतिर मान्छेहरु लागे । अनि कसरी हुन्छ विकास र शिक्षामा सुधार ? अर्को कुरा शिक्षक यदि इमान्दार छ, योग्य छ र विद्यार्थी प्रति निकै जिम्मेवार छ भने उसले मनमा राजनीतिक आदर्श बोकेर पठन पाठन गर्छ । तर हामीकहाँ शिक्षकहरु नै दलका कार्यकर्ता भए । मैले यसरी भन्न त मिल्दैन । तर हाम्रो देश र शिक्षा यति तलसम्म गिर्नुको कारण राजनीति नै मुख्य हो ।

म सामुदायिक विद्यालयको शिक्षक हुँ तर मैले मेरो छोरालाई नीजिमा पढाउनु परेको छ । यो भन्दा विडम्वना अरु के हुन सक्छ । शिक्षकलाई उचित वातावरण दिएर पढाउन दिए पुग्छ । राम्रोसंग शिक्षकले पढाउने हो र शिक्षकको नेतृत्व गर्ने प्रधानाध्यापकले सबै कुरा चेत्ने हो भने सामुदायिक विद्यालयहरु यसै सप्रिन्छन् । कुनै ठूलो कार्यक्रम चाँहिदैन् ।

- शिक्षामन्त्री गिरीरामणी पोखरेलले शिक्षकले अब राजनीति गर्न पाउँदैनन् । सामुदायिक शिक्षा सुधार्छु भनेर भन्दै हुनुहुन्छ त ! नयाँ शिक्षानीति पनि बनाउँदैछु भन्दै हुनुहुन्छ । अब त्यस्ता समस्या नहोलान् नी त !

मलाई अलिकति पनि विश्वास छैन । किनकी ‘नेताहरुको रासन एकातिर हुन्छ भने भाषण अर्कातिर ।’ यो भनेको उनीहरु एक भन्छन्, अर्को गर्छन् । एउटा काम गर्छु भन्दा त्यही पुरा गदैनन् अनि अरु कसरी पुरा गर्छन् ? त्यसैले यी सब भन्ने कुरा मात्रै हुन् । किनकी शिक्षा सुधार्ने पहिलो व्यक्ति भनेको शिक्षक हुन् । अनि अभिभावक र विद्यार्थी । त्यसैले शिक्षकलाई सही मार्गदर्शन नगरे सम्म, उनीहरुको मानसिकतालाई शिक्षणमुखी पेशा एक जिम्मेवार र सबैको भविष्यको प्रस्थान विन्दु हो नभने सम्म हाम्रो शिक्षा सुध्रिदैन् ।

दलका नेताहरुले विद्यालयमा आफ्ना कार्यकर्ता भर्ती गर्न नछाडेसम्म शिक्षा दलहरुबाट सुध्रिदैन् । शिक्षामन्त्री ज्युले आफ्नो पार्टीभित्र शिक्षाको बारेमा कत्तिको बहस, छलफल र सल्लाह गर्नु भएको छ ? शायद छैन । त्यसैले शिक्षामन्त्रीका यी सब हावा कुरा मात्र हुन् ।

- विद्यालयमा राजनीति घुस्न नदिन के गर्नुपर्छ ?

सजिलो छ । पढ्ने, पढाउने र पढ्न लगाउने काम दलहरुले होइन शिक्षक, अभिभावक र विद्यार्थीले गर्ने हो । त्यसैले उनीहरुले जे काम गर्छु भन्दा पनि हो गर्नुस भन्नु हुदैन । उनीहरुको सहयोग व्यवस्थापनमा हो । त्यो पनि विद्यालयको भौतिक, आर्थिक स्रोत साधनमा बढी हुन्छ । त्यहाँ उनीहरुको भूमिकालाई राम्रोसंग सहयोगका रुपमा लिनुपर्छ । अरु सबै काम विद्यार्थी र शिक्षक अनि अभिभावकले गर्ने हो । सबैभन्दा ठूलो कुरा त विद्यालयका शिक्षकहरुले सबै गाउलेसंग, अभिभावक र विद्यार्थीसंग राम्रो सम्बन्ध बनाएर जिम्मेवार ढंगले प्रस्तुत हुने हो भने विद्यालयमा राजनीति घुस्तै घुस्तैन । यसको इमान्दार भूमिका र चलाखीपन विद्यालयको प्रधानाध्यापकले निभाउन सक्नुपर्छ ।

- कर्णाली अञ्चल यसै पनि विकट, त्यस माथि झन् विकट जिल्ला डोल्पा । त्यहाँ शिक्षाको स्तर कस्तो छ ?

पहिले त निकै कम थियो । म ज्ञानोदयमा जादाँ जम्मा २२ जना विद्यार्थी थिए । अहिले १ सय ६२ जना विद्यार्थी छन् । शिक्षक ७ जना छन् । ४ जना दरबन्दीमा र ३ जना नीजिबाट । विद्यालयमा एउटा कम्प्युटर पनि राखेका छौँ । पहिला छात्राहरु कोही विद्यालय आउँदैनथे । अहिले छात्राको संख्या मात्रै ९२ जना छ । दलित बस्तीका विद्यार्थी झन् आर्थिक र सामाजिक कारण पनि पछाडी थिए । अहिले उनीहरु हामी सबै कुरामा उत्कृष्ट छौँ भन्न सकेका छन् ।

त्यसैले पहिला र अहिलेमा धेरै फरक आएको छ । अनि गुणस्तरको कुरा गर्ने हो भने हाम्रो भौगोलिक विकटताले गर्दा जति पठन पाठन गर्नुपर्ने हो त्यो सधै सकिदैन । पाठ्यपुस्तक पनि समयमै पुग्दैन । यस बर्ष त पुगेको छ भनौ । पहिले पुग्दैन्थ्यो । अनि चिसोले गर्दा करिब मंसिर, पुस र माघ गरी दुई तिन महिना विद्यालय बन्द गर्नुपर्छ । जेठको महिना सबै विद्यार्थी यार्सागुम्बा टिप्न जाने हुँदा एक महिना विद्यालय बन्द हुन्छ । विद्यालयमा आवश्यक भवन, पर्याप्त शिक्षक पनि छैनन् । केही गैरसरकारी संघ संस्थाको सहयोग त छ तर त्यो सधै रहदैन । यी कारण बाहेक अरु त हामीले राम्रैसंग पढाएका छौँ । राम्रैसंग पढाएकाले नै होला जिल्ला शिक्षा कार्यालयबाट पनि गत बर्ष हामीले जिल्लाकै उत्कृष्ट विद्यालयको सम्मान र प्रमाणपत्र पाएका थियौँ ।

- तपाई जस्ता शिक्षक अनि प्रधानाध्यापकको समस्या कस्तो छ त ?

धेरै समस्या छ । गाडी चल्दैन डोल्पामा । त्यसैले हवाई जहाजमा नेपागञ्जबाट डोल्पा जानुपर्दा एकपटकमा १२ हजार लाग्छ । नेपालगञ्जबाट सप्तरी घर आउँदा १३ सय लाग्छ । अनि आउन जानै झण्डै ३० हजार जान्छ । जिल्ला शिक्षा कार्यालयले विद्यालयको तलब भत्ता लिन सदरमुकाम जाँदा आउँदा प्रधानाध्यापकलाई दुई सय भत्ता दिन्छ । तर एकचोटी सदरमुकाम जादा करिब ८ हजार खर्च लाग्छ । दुई दिन हिड्नुपर्छ । एकछाक खानाको २ सय देखि ३ सय पर्छ । यति धेरै समस्या छ, की भनेर साध्य छैन ।

तर सरकारले हामी शिक्षकलाई कत्ति पनि हेरेको छैन । जस्तो गत बर्ष मात्र अर्थ मन्त्रालयले पोशाक भत्ताका लागी भन्दै कर्णाली अञ्चलका निजामति कर्मचारीलाई १५ हजार भत्ता दिदै आएको छ मासिक रुपमा । तर शिक्षकलाई सात हजार मात्र दिएको छ । शिक्षकलाई सरकारले नै उचित, सम्मान, सुविधा र प्रोत्साहन दिएको छैन ।

widgets