गुणस्तरीय शिक्षाका लागि नयाँ विधेयक : शिक्षामन्त्री    ५८ लाख थान पुस्तक अपुग    शिक्षामन्त्री भन्छन् - 'शिक्षालाई राजनीतिमुक्त बनाउनैपर्छ'    शिक्षालाई स्कुलदेखि घरसम्म जोड्ने शिक्षक भएनन्    प्राचार्य र अध्यक्षविरुद्ध छुवाछुत मुद्दा    ग्लोबल सेपर्सले स्कुल बनाउने    एसएलसीमा डी ग्रेड ल्याउने विद्यार्थीको भर्नामा चर्को विवाद    यस बर्षको एसएलसी परीक्षा सम्पन्न, नतिजा असारमा    डिन निुयुक्तिमा चलखेल !    सरकारीमै पढ्छन् शिक्षकका छोराछोरी    शिक्षकले आठ महिनादेखि तलब पाएनन्    शिक्षा कार्यालयमा ‘मदिरा पार्टी’    झाडापखालाबाट शिक्षक पनि बिरामी    एसएलसीमा भाइबर र म्यासेन्जरबाट चिट !    परीक्षामा चिट चोर्न नपाउँदा ढुंगामुढा !    एसएलसीमा चर्को राजनीति !    बाजुराका विद्यार्थी एसएलसीबाट बञ्चित !    पद्मकन्या क्याम्पस स्ववियु सभापतिको मृत्यु    एसएलसी परीक्षामा छ लाखभन्दा बढी परीक्षार्थी हुने    एसएलसीमा १ घण्टा लोडसेडिङ घट्यो    कर्णालीका विद्यार्थीले समयमै पुस्तक पाउने    ७ रोचक कुराहरु    किताब नउठाउने महासंघको चेतावनी    भाडाको घरमा स्कुल चलाउन नपाइने !    मुक्तिमार्ग उच्च माविलाई एघार लाख रुपैया मूल्यको जग्गा सहयोग    एसएलसीको ग्रेडिङ्मा परिवर्तन गरियो    विद्यार्थी शून्य, शिक्षक आठ    विद्यालय सुधार्न कस्सिए अभिभावक    चलन चल्तीका केहि नेपाली उखानहरु    केही मननिय भनाईहरु    आदर्श भनाई अनि ज्ञानगुनका कुराहरु    बेलायतको भिसा त्यागेर शिक्षक    कृपा नखोज, कर्म गर: कुलचन्द्र गौतम    शिक्षक र अभिभावकको व्यापक परिचालनबाट मात्रै संभव छ विद्यालय सञ्चालन र पुनःनिर्माण    आजको पाठ योजना बिफल हुने देखेपछी, पढाउन छोडेर एक छिन् ठुलो - ठुलो आदर्शको भाषण दिएँ    लाखौं विद्यार्थी उच्च शिक्षाबाट बञ्चित हुने खतरा    एकजना विद्यार्थीको आत्महत्या    विद्यार्थी कल्याणकारी कोषका लागि जुट्दै अष्ट्रेलियाका नेपालीहरू    आफ्नो पाठ र ईकोब्रिक    प्राज्ञिक विद्यार्थी अधिवेशन हुँदै    अन्तर विद्यालय ताइक्वान्दो भक्तपुरमा हुने    भूकम्प प्रभावित जिल्लामा ‘लाइभ स्कुल’ !    दाङका मुक्त कम्लरीलाई शैक्षिक सामग्री वितरण    पाँच कक्षासम्मको विद्यालयमा तीन मात्रै शिक्षक    २३ सय विद्यार्थीलाई शैक्षिक सामग्री    शिक्षक सक्षमताको मापदण्ड पारित, तालिमको स्वरुप फेरियो    तरुण माध्यामिक विद्यालयमा    आदर्श शौल युवक उच्च माध्यामिक विद्यालय    पुरानो विद्यालय अत्याधुनिक प्रविधि    एमए पास गरेर कक्षा एक मा शिक्षक !    सेना छाडेर शिक्षक    बेलायतको भिसा त्यागेर शिक्षक    सुधार प्रयासमा एउटा हेडमाष्टर    एक जना हेडसरको भोगाई : शिक्षकलाई सरकारले सम्मान दिएन    भारतको शिक्षामा कमजोर हुदैं मानवीय पक्ष : प्रा.डा. अनामिक शाह    सिकाइ उपलब्धि: माथि माथि हेर्दा तल सुक्यो !    विषयगत कक्षा व्यवस्थापन: सिकाइ उपलब्धि बढाउने एउटा उपाय    कार्यमूलक अनुसन्धान-किन र कसरी    स्ववियू निर्वाचन चैत अन्तिम साता भित्र गर्ने कांग्रेस सभापतिको भनाई    पद्मोदयको ७० औँ बार्षिकोत्सव सम्पन्न    नेल्टाको २१ औँ अन्तराष्ट्रिय सम्मेलन शुरु    धेरै दरबन्दी भएका प्राविका शिक्षक निमावि र माविमा : बराल    दल आवद्ध शिक्षकलाई स्पष्टीकरण, चित्त बुझ्दो जवाफ नदिए कारवाही : जिशिअ नेपाल    शिक्षा मन्त्रालय विदेशी ‘डोनर’ हरुले चलाएका छन् : कोइराला    सामाजिक नीति बनाऊन विद्यार्थीको माग    क, ख पढ्न चार घन्टाको हिँडाइ    शिक्षाको व्यापार अन्त्य गर्न शुल्क निर्धारण मापदण्ड कार्यान्वयन हुनै पर्ने    शिक्षामा नयाँ क्रान्तिको आवश्यकता – शिक्षामन्त्री    नीजि स्कुल खोल्न ३२ मापदण्ड, पहिल्यै खुलेकालाई तीन वर्ष मौका    बिज्ञापन    प्रयोगका सर्त    हाम्रो बारे

सिकाइ उपलब्धि: माथि माथि हेर्दा तल सुक्यो !

 हरि थापा


२०७१ जेठ ३१ । हामी रामेछापको मन्थलीमा जम्मा भएका थियौँ । अवसर थियो— ‘सामुदायिक विद्यालय सुधार, शिक्षकले चाहेमा गर्न सक्छन्’ अभियान अन्तर्गत पहिलो कार्यक्रमको मूल्यांकन । बिहानको खाना खाने समयमा डा. विद्यानाथ कोइराला, राजेन्द्र दाहाल, मोहन ज्ञवाली, रामेछापका चर्चित शिक्षक र समाजसेवी गुञ्जबहादुर श्रेष्ठ एकै ठाउँमा हुनुहुन्थ्यो ।

शिक्षकले चाहेमा गर्न सक्छन् अभियान अन्तर्गतको पहिलो कार्यक्रम पनि भव्यताका साथ सम्पन्न गर्न गुञ्ज श्रेष्ठले असाध्यै मेहनत गर्नुभएको थियो । मूल्यांकन कार्यक्रमका लागि पनि उहाँले नै पहल गर्नुभएको थियो । तर, त्यो बिहान उहाँ अत्यन्तै बेचैन हुनुहुन्थ्यो, आक्रोशित पनि । उहाँको मनमा शान्ति थिएन । पछि थाहा भयो, कारण ।

दुई–चार दिन अगाडि मात्रै एसएलसीको नतिजा सार्वजनिक भएको थियो । गुञ्ज सरको मन्थली उच्च माध्यमिक विद्यालयबाट १८ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका थिए । एसएलसीमा राम्रो नतिजा ल्याउन भनेर बिहान बेलुका नै ट्युसन, विद्यार्थीका लागि कुनै कुराको अभाव नहोस् भनेर गरिएको तयारी र उपलब्धिको ठूलो अपेक्षा नतिजा सार्वजनिक भएपछि तुसारापात भएको थियो । यसबाट जिल्लाकै सबैभन्दा पुरानो, आधारभूत तहदेखि नै अंग्रेजी माध्यमको पढाइ र निजी विद्यालयहरूभन्दा पनि राम्रो नतिजा दिने भनेर सबैले मन पराएको विद्यालयका इमानदार र कुशल प्राचार्यलाई निकै छटपटी भयो । विद्यार्थीहरूको असफलता देखेर झेक पनि चल्यो ।

गुञ्ज सर आफ्नो व्यक्तिगत जीवनभन्दा पनि विद्यालयलाई पहिलो प्राथमिकतामा राख्नुहुन्थ्यो । कसरी विद्यालयलाई नमूना बनाउने ? विद्यार्थीहरूलाई राम्रो शिक्षा दिने र शिक्षकहरूको हित गर्ने भन्ने चिन्तनमा उहाँको समय बित्थ्यो । ४ कोठाबाट शुरू भएको विद्यालय अहिले ४२ रोपनीमा फैलिएको छ । क्याम्पस र ५५ रोपनी क्षेत्रफलमा त पोलिटेक्निक विद्यालय नै सञ्चालन भइरहेको छ । गुञ्ज सरको सक्रियता र इमानदार व्यक्तित्वले यसमा ठूलो योगदान गरेको छ । यसरी सम्पन्नताको शिखर चढ्दै गएको नमूना विद्यालयका प्राचार्यलाई विद्यार्थी असफल हुँदा झेक चल्नु अनौठो कुरा होइन ।

गुञ्जबहादुर श्रेष्ठलाई चलेको झेक आम प्रधानाध्यापकहरूलाई चल्ने झेककै एउटा अंश थियो । शिक्षकहरूमा आफ्नो विद्यालयले ‘एसएलसीमा राम्रो नतिजा ल्याएको विद्यालय’ भन्ने सुनेर नाक फुलाउने भोक जागेदेखि नै समग्र विद्यालयहरू कुपोषणको शिकार भएका बालबालिका जस्ता भए । बाल्यकालमा पोषिलो खानेकुरा र राम्रो हेरचाह नपाएर जसरी बालबालिकाहरू अस्वस्थ बन्दै जान्छन्, सामुदायिक विद्यालयहरू पनि माथिल्लो कक्षाका शैक्षिक उपलब्धिमा केन्द्रित हुँदा तल्लो तहका बालबालिकाहरूमाथि अन्याय बढ्दै गएको अवस्थाबाट गुज्रँदै आए ।

बाल्यकालमा राम्रो पोषण र प्रेमको अभावमा हुर्केका मानिसहरूले छिप्पिएपछि धेरै पोषिलो खानेकुरा पचाउन नसक्ने र उनीहरूको स्वाभाव पनि रौद्र वा एकांकी हुने अवस्था हामीले देख्तै आएका छौँ । त्यसरी नै तल्लो तहमा विद्यालयहरूले बालमनोविज्ञानमा आधारित, सिर्जनशील र प्रेमपूर्ण वातावरणमा राम्रो शिक्षण नगर्दाको परिणाम शैक्षिक उपलब्धि उत्साहजनक छैन ।

काठमाडौँको ज्ञानोदय माध्यमिक विद्यालय नेपालकै नमूना विद्यालयमा पर्छ । यसका पूर्वप्रधानाध्यापक धनञ्जय शर्मा सार्वजनिक सभामा भन्ने गर्नुहुन्छ— एसएलसीमा हाम्रो विद्यालयले राम्रो नतिजा ल्याउनुको कारण हो २० वर्ष पहिले विद्यालयले पूर्वप्राथमिक र प्राथमिक कक्षामा गरेको लगानी ।

हुन पनि ज्ञानोदयको प्राथमिक तहको शैक्षिक वातावरण देख्ने जोकोहीले पनि ती बालबालिकाले भविष्यमा हासिल गर्ने उत्कृष्ट शैक्षिक उपलब्धिको अनुमान गर्न सक्छन् । त्यस विद्यालयको माथिल्लो तह देख्नेलाई अनुमान गर्न मुस्किल पर्छ कि यो विद्यालयले राम्रो नतिजा ल्याउँछ । तर, बाल्यावस्थादेखि नै विद्यालयमा राम्रो शैक्षिक वातावरण पाएका बालबालिकाहरूका लागि एसएलसी त सामान्य ‘परीक्षा’ लाग्छ ।

हिजोआज भूकम्प प्रभावित गाउँका विद्यालयमा पुग्दा शिक्षकहरू एसएलसीको बढी नै चर्चा गर्छन् । सानो कक्षाका बालबालिकाहरू बेवारिसे जस्ता छन् । तर, विद्यालय परिवारले कक्षा १० का विद्यार्थीलाई अतिरिक्त ट्युसन पढाउँदै छन् र उनीहरूमा एसएलसीमा राम्रो नतिजाको चर्को दबाब छ । तल्लो तहमा राम्रो शैक्षिक वातावरण नपाएका र जसोतसो कक्षा १० मा पुगेका बालबालिकाहरू अहिलेदेखि नै मानसिक पीडामा छन् । उनीहरू एसएलसीका लागि बाँचेका छन् । शिक्षकको खुशीका लागि पढिरहेका छन् । कथित ‘आइरन गेट’ बाट छिर्न आतुर छन् । एसएलसीमा राम्रो नतिजा ल्याउने चक्करमा विद्यार्थीहरूको जीवनोपयोगी शिक्षा लिने परिवेश गोलमाल भएको छ ।

गाउँघरका माध्यमिक र उच्च माध्यमिक विद्यालयहरू तल्लो कक्षामा आफैले पढाएका विद्यार्थीमा मात्र निर्भर छैनन् । गाउँको एउटा कमजोर प्राथमिक वा निम्न माध्यमिक विद्यालयमा पढेका बालबालिकाहरू पनि त्यो विद्यालयमा आउँछन् । धेरै माध्यमिक विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका पदाधिकारीहरूले छिमेकी प्रावि र निमाविका शिक्षक÷अभिभावक तथा विद्यार्थीप्रति गुनासो गरिरहेको देखिन्छ— “ती विद्यालयले खत्तम विद्यार्थी तयार गरे । जस्तालाई पनि भर्ना लिनुपर्छ ।” तर, आफ्ना विद्यालयमा बालबालिका आपूर्ति गर्ने छिमेकी विद्यालयहरूलाई कसरी राम्रो बनाउने भन्ने विषयमा कतै छलफल गरेको पाइँदैन । भोलिका दिनमा आफ्नो विद्यालयमा आउने बालबालिकाहरूलाई ती विद्यालयमै राम्रो तयारीका निम्ति सहकार्य गर्न सकियो भने मात्र नतिजा राम्रो आउन सक्ने हो ।

निश्चय नै विद्यार्थीहरूको सिकाइ उपलब्धि, जिल्ला स्तरीय र एसएलसी लगायतका परीक्षामा राम्रो नतिजा ल्याउन शिक्षक, अभिभावक र विद्यार्थी तिनै पक्षको उत्तिकै चासो हुनुपर्छ । निजी विद्यालयहरूको उपलब्धिमा यी पक्षहरू आपसमा जोडिएका छन् । तर, सामुदायिक विद्यालयका शिक्षकहरूलाई थप चुनौती छ । आफ्ना छोराछोरीले राम्रो शिक्षा पाउन् भन्ने इच्छा राखे पनि राम्रो शैक्षिक वातावरण र सिकाइमा योगदान दिन नसक्ने अभिभावकका छोराछोरी नै सामुदायिक विद्यालयमा पढ्छन् । यस्तो अवस्थामा शिक्षकहरूमा थप अभिभारा छ । उनीहरूले नै अभिभावक र विद्यार्थीलाई उत्प्रेरित गर्नुपर्छ । यसनिम्ति घरमै गएर अभिभावकलाई छोराछोरीले राम्रो गरिरहेको कुरा सुनाउनुपर्छ । आफ्ना छोराछोरीको राम्रो उपलब्धि सुनेर अभिभावकहरूलाई खुशी लाग्नेछ । छोराछोरीहरूको पठनपाठनका लागि समय व्यवस्थापन र अन्य सहयोगका लागि अभिभावकहरूलाई उत्प्रेरित गर्न पनि शिक्षकले सक्छन् ।

कुनै पनि विद्यार्थी कुन विषयमा कमजोर छन्, त्यसको कारण खोज्न शिक्षकहरू अग्रसर हुनुपर्छ । कमजोरी पत्ता लगाएपछि त्यसमा कसरी सुधार गर्न सकिन्छ भनेर शिक्षकहरूको टोली वा विषय शिक्षक अग्रसर हुने हो भने सुधार हुँदै जानेछ । बालबालिकाहरूमा फरक क्षमता हुन्छन् र सिक्ने शैली पनि फरक हुन्छ । छिटो सिक्ने र ढिलो सिक्ने हुन्छन् । सानो उमेर र सानो कक्षादेखि नै बालबालिकाहरूको दिमागमा सिर्जनशीलता भर्न सकियो भने एसएलसीमा असफलताको तमासा बाँडिरहनु पर्दैन ।

बालबालिकाहरूमा सोच्ने र कारण पत्ता लगाउने सीपका लाग दिमागी क्षमता कसरी बढाउने ? उनीहरूले आफैलाई नियन्त्रण गर्ने क्षमता कसरी विकास गर्ने, कक्षाकोठाको वातावरण कसरी सिकाइमैत्री बनाउने, उत्प्रेरणा र सिर्जनशीलता बढाउन सक्ने शिक्षकहरू कसरी छनोट गर्ने ? यसमा सबैको चासो हुनुपर्छ । बिहानै विद्यालय पुगेर लामो समयसम्म केही नखाई रहने बालबालिकाहरूको सिकाइ उपलब्धि राम्रो हुँदैन । धेरै विद्यालयमा त पिउने पानीको पनि राम्रो सुविधा छैन । कसरी विद्यालयमै पोषिलो खानेकुरा उपलब्ध गराउने यसमा अभिभावक, जिल्ला शिक्षा कार्यालय सबैको सहयोग लिएर शिक्षकले पहल गर्नुपर्छ ।

यद्यपि, हिजोको तुलनामा तल्ला कक्षाहरूमा पनि केही सुधार भइरहेको छ । गुणस्तरीय सिकाइका लागि कार्यहरू भइरहेका छन् । प्राथमिक तहका बालबालिकाहरू माथि चासो बढ्दै छ । कक्षाकोठाहरू सिकाइ मैत्री बनाउन पहल भइरहेका छन् । हामीले ‘शिक्षकले चाहेमा गर्न सक्छन्’ अभियानका क्रममा पनि प्राथमिक तहमा फोकस गर्न आग्रह र उत्प्रेरित गरिरहेका छौँ । सिकाउने तरिका बदल्न प्रेरित गरिरहेका छौँ । कमजोरलाई प्राथमिकता दिन र प्रोत्साहन गर्न आग्रह गरिरहेका छौँ । राम्रो गर्ने विद्यालयका शिक्षकहरूले पनि आफूले अपनाएका राम्रा अभ्यासहरू आदानप्रदान गरिरहनुभएको छ । क्रमशः सिकाइ उपलब्धि पनि बढ्दै गइरहेको छ ।

गुञ्ज सर त अहिले मन्थली उच्च माध्यमिक विद्यालयको प्राचार्य हुनु हुन्न । तर, यस वर्षको एसएलसीमा रामेछाप जिल्लाले २० बाट बढाएर ३५ प्रतिशत नतिजा हासिल गरेको कुराले उहाँलाई अलिकति भए पनि खुशी नै बनाएको हुनुपर्छ ।

widgets