गुणस्तरीय शिक्षाका लागि नयाँ विधेयक : शिक्षामन्त्री    ५८ लाख थान पुस्तक अपुग    शिक्षामन्त्री भन्छन् - 'शिक्षालाई राजनीतिमुक्त बनाउनैपर्छ'    शिक्षालाई स्कुलदेखि घरसम्म जोड्ने शिक्षक भएनन्    प्राचार्य र अध्यक्षविरुद्ध छुवाछुत मुद्दा    ग्लोबल सेपर्सले स्कुल बनाउने    एसएलसीमा डी ग्रेड ल्याउने विद्यार्थीको भर्नामा चर्को विवाद    यस बर्षको एसएलसी परीक्षा सम्पन्न, नतिजा असारमा    डिन निुयुक्तिमा चलखेल !    सरकारीमै पढ्छन् शिक्षकका छोराछोरी    शिक्षकले आठ महिनादेखि तलब पाएनन्    शिक्षा कार्यालयमा ‘मदिरा पार्टी’    झाडापखालाबाट शिक्षक पनि बिरामी    एसएलसीमा भाइबर र म्यासेन्जरबाट चिट !    परीक्षामा चिट चोर्न नपाउँदा ढुंगामुढा !    एसएलसीमा चर्को राजनीति !    बाजुराका विद्यार्थी एसएलसीबाट बञ्चित !    पद्मकन्या क्याम्पस स्ववियु सभापतिको मृत्यु    एसएलसी परीक्षामा छ लाखभन्दा बढी परीक्षार्थी हुने    एसएलसीमा १ घण्टा लोडसेडिङ घट्यो    कर्णालीका विद्यार्थीले समयमै पुस्तक पाउने    ७ रोचक कुराहरु    किताब नउठाउने महासंघको चेतावनी    भाडाको घरमा स्कुल चलाउन नपाइने !    मुक्तिमार्ग उच्च माविलाई एघार लाख रुपैया मूल्यको जग्गा सहयोग    एसएलसीको ग्रेडिङ्मा परिवर्तन गरियो    विद्यार्थी शून्य, शिक्षक आठ    विद्यालय सुधार्न कस्सिए अभिभावक    चलन चल्तीका केहि नेपाली उखानहरु    केही मननिय भनाईहरु    आदर्श भनाई अनि ज्ञानगुनका कुराहरु    बेलायतको भिसा त्यागेर शिक्षक    कृपा नखोज, कर्म गर: कुलचन्द्र गौतम    शिक्षक र अभिभावकको व्यापक परिचालनबाट मात्रै संभव छ विद्यालय सञ्चालन र पुनःनिर्माण    आजको पाठ योजना बिफल हुने देखेपछी, पढाउन छोडेर एक छिन् ठुलो - ठुलो आदर्शको भाषण दिएँ    लाखौं विद्यार्थी उच्च शिक्षाबाट बञ्चित हुने खतरा    एकजना विद्यार्थीको आत्महत्या    विद्यार्थी कल्याणकारी कोषका लागि जुट्दै अष्ट्रेलियाका नेपालीहरू    आफ्नो पाठ र ईकोब्रिक    प्राज्ञिक विद्यार्थी अधिवेशन हुँदै    अन्तर विद्यालय ताइक्वान्दो भक्तपुरमा हुने    भूकम्प प्रभावित जिल्लामा ‘लाइभ स्कुल’ !    दाङका मुक्त कम्लरीलाई शैक्षिक सामग्री वितरण    पाँच कक्षासम्मको विद्यालयमा तीन मात्रै शिक्षक    २३ सय विद्यार्थीलाई शैक्षिक सामग्री    शिक्षक सक्षमताको मापदण्ड पारित, तालिमको स्वरुप फेरियो    तरुण माध्यामिक विद्यालयमा    आदर्श शौल युवक उच्च माध्यामिक विद्यालय    पुरानो विद्यालय अत्याधुनिक प्रविधि    एमए पास गरेर कक्षा एक मा शिक्षक !    सेना छाडेर शिक्षक    बेलायतको भिसा त्यागेर शिक्षक    सुधार प्रयासमा एउटा हेडमाष्टर    एक जना हेडसरको भोगाई : शिक्षकलाई सरकारले सम्मान दिएन    भारतको शिक्षामा कमजोर हुदैं मानवीय पक्ष : प्रा.डा. अनामिक शाह    सिकाइ उपलब्धि: माथि माथि हेर्दा तल सुक्यो !    विषयगत कक्षा व्यवस्थापन: सिकाइ उपलब्धि बढाउने एउटा उपाय    कार्यमूलक अनुसन्धान-किन र कसरी    स्ववियू निर्वाचन चैत अन्तिम साता भित्र गर्ने कांग्रेस सभापतिको भनाई    पद्मोदयको ७० औँ बार्षिकोत्सव सम्पन्न    नेल्टाको २१ औँ अन्तराष्ट्रिय सम्मेलन शुरु    धेरै दरबन्दी भएका प्राविका शिक्षक निमावि र माविमा : बराल    दल आवद्ध शिक्षकलाई स्पष्टीकरण, चित्त बुझ्दो जवाफ नदिए कारवाही : जिशिअ नेपाल    शिक्षा मन्त्रालय विदेशी ‘डोनर’ हरुले चलाएका छन् : कोइराला    सामाजिक नीति बनाऊन विद्यार्थीको माग    क, ख पढ्न चार घन्टाको हिँडाइ    शिक्षाको व्यापार अन्त्य गर्न शुल्क निर्धारण मापदण्ड कार्यान्वयन हुनै पर्ने    शिक्षामा नयाँ क्रान्तिको आवश्यकता – शिक्षामन्त्री    नीजि स्कुल खोल्न ३२ मापदण्ड, पहिल्यै खुलेकालाई तीन वर्ष मौका    बिज्ञापन    प्रयोगका सर्त    हाम्रो बारे

विषयगत कक्षा व्यवस्थापन: सिकाइ उपलब्धि बढाउने एउटा उपाय

विनोदकुमार ठाकुर

विषयगत कक्षा व्यवस्थापनमा कक्षा १, कक्षा २, कक्षा ३… कक्षा १० का लागि कक्षाकोठाको व्यवस्था नगरी नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक… जस्ता विषयका लागि विषयगत कोठा बनाइन्छ । पहिलो घण्टी एउटा विषयको कोठामा पढे पछि विद्यार्थी दोस्रो घण्टीमा रुटिन अनुसार अर्को विषयको कोठामा जान्छन् । शिक्षक आआफ्ना विषयगत कोठामै बसिरहन्छन् ।
‘सामुदायिक विद्यालयको शिक्षा काम लागेन । तालीम प्राप्त शिक्षक भए पनि सिकाइ प्रभावकारी भएन । उनीहरूले पाएको तालीम कक्षाकोठामा पुगेन । कक्षाकोठामा शैक्षिक सामग्रीको प्रयोग देखिँदैन । शिक्षकहरू प्रतिबद्ध भएनन् । शिक्षकहरूमा जागिरे प्रवृत्ति हाबी भयो ।’



देशको शैक्षिक अवस्थाका प्रसङ्गमा यस्तै आशयका कुरा बारम्बार सुनिन्छन् । यस्ता गुनासा असत्य होइनन् तर धेरै शिक्षक, प्रधानाध्यापक तथा शिक्षा प्रशासकहरू कक्षाकोठाको सिकाइ वातावरणप्रति चिन्तित र क्रियाशील नभएका पनि होइनन् । शिक्षकहरू विद्यार्थीको सिकाइ स्तर, अभिभावकको चेतना तथा न्यून लगानीका कारण सिकाइ उपलब्धि बढाउन नसकिएको ठान्छन् । शिक्षा प्रशासकहरू भने शिक्षकको गैरजिम्मेवारी, कक्षाकोठाको रूखो वातावरण, सन्दर्भ सामग्रीको अभाव, शैक्षिक सामग्रीको न्यून प्रयोग र विद्यार्थीको कमजोर पठन संस्कृति जस्ता कारणले शैक्षिक क्षति बढिरहेको ठान्छन् ।3



हाम्रा सामुदायिक विद्यालय भौतिक रूपमा पहिलेभन्दा सबल छन् । विद्यालयको विकासभन्दा प्रायः भौतिक विकास नै बुझ्न्छि र त्यसैमा जोड दिइन्छ । भवन निर्माण, मर्मत, खेलमैदान लगायतका कुरामा सम्बन्धित सबैको चासो हुन्छ, तर शैक्षिक सामग्री, सन्दर्भ सामग्रीको खरीद तथा प्रयोगमा कमै अभिरुचि देखिन्छ । किनिहाले प्रयोगमा आउन मुस्किलै पर्छ ।


सिकाइ उपलब्धि बृद्धि नहुनुको प्रमुख कारण विद्यार्थीको अनुपस्थिति हो । विद्यार्थी किन कक्षामा उपस्थित हुँदैनन् त भन्ने प्रश्नले भने अघिकै ठाउँमा पुरयाउँछ । कक्षाकोठाको निर्गतिलो वातावरण, शैक्षिक सामग्रीको प्रयोगमा कमी, शिक्षक केन्द्रित विधिको एकोहोरो प्रयोग, शिक्षक र विद्यार्थीबीचको रूखो सम्बन्ध, विद्यालयको नीरस वातावरण तथा घरायसी परिस्थिति र प्राथमिकताका कारण विद्यार्थीहरू कक्षामा नियमित उपस्थित हुँदैनन् ।



कक्षामा शिक्षण सिकाइका लागि उपयुक्त वातावरण तयार गर्नु नै कक्षा व्यवस्थापन हो । सिक्ने वातावरण राम्रो बनाउन कक्षाकोठा सजावटको महŒवपूर्ण भूमिका हुन्छ । हाम्रा सामुदायिक विद्यालयमा कक्षाकोठाको सजावट, विषयगत कुना, सन्दर्भ सामग्रीको व्यवस्थापन आदिमा कुनै ध्यान दिइएको देखिँदैन । शिक्षकहरू एकातिर विद्यालय प्रशासनलाई सामग्री खरीद नगर्ने एकतर्फी दोष लगाउने गर्छन् भने अर्कोतर्फ सामग्री निर्माण, संकलन तथा भएकै सामग्रीको उपयुक्त प्रयोगमा पनि शिक्षकहरूको ध्यान पुगेको देखिँदैन । भएका अलिअलि सामग्री पनि धुलो र माकुराको जालोले घेरिएर कार्यालयको कुनै कुनामा थन्किएका हुन्छन् । केही जाँगरिला र सीप सम्पन्न शिक्षक बाहेक अरू शिक्षकले पाठगत रूपमा सामग्री छान्न र स्टोरबाट कक्षाकोठामा पु¥याउन समेत गाह्रो मानेको देखिन्छ । यो समस्या भनौ या वास्तविकताको भरपर्दो विकल्प हो विषयगत कक्षा व्यवस्थाको अवधारणा ।



1

के हो विषयगत कक्षा व्यवस्थापन ?
आवश्यक विषयगत सामग्री भएका हरेक विषयका लागि बेग्लाबेग्लै कक्षाको व्यवस्था गर्नु नै विषयगत कक्षा व्यवस्थापन हो । एउटा विषयका लागि आवश्यक सामग्री एउटा तोकिएको कोठामा राखिन्छ र विषयको प्रकृति अनुसार कक्षा सजाइन्छ । विषय शिक्षकको पूरा समय सम्बन्धित कोठामै बित्ने गर्छ ।



विषयगत कक्षा व्यवस्थापनमा कक्षा १, कक्षा २, कक्षा ३… कक्षा १० का लागि कक्षाकोठाको व्यवस्था नगरी नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक… जस्ता विषयका लागि विषयगत कोठा बनाइन्छ । पहिलो घण्टी एउटा विषयको कोठामा पढे पछि विद्यार्थी दोस्रो घण्टीमा रुटिन अनुसार अर्को विषयको कोठामा जान्छन् । उदाहरणका लागि प्राथमिक तहका ५ कक्षामध्ये पहिलो घण्टी कक्षा १ नेपाली, कक्षा २ अंग्रेजी, कक्षा ३ गणित कक्षा ४ विज्ञान र कक्षा ५ सामाजिक पढ्छन् । दोस्रो घण्टीमा हरेक कक्षाको विषय परिवर्तन हुन्छ र विषय सँगसँगै कक्षाकोठा पनि परिवर्तन हुन्छ । रुटिनमा तोकिएको विषयको कोठामा विद्यार्थी जान्छन् । शिक्षक आआफ्ना विषयगत कोठामै बसिरहन्छन् । यसका लागि प्राथमिक तहमा ५ वटा कक्षाकोठा र ६–१० का लागि विषय अनुसारका बेग्लाबेग्लै कक्षाकोठाको व्यवस्था गर्नुपर्छ ।



माध्यमिक तहमा ६ वटा अनिवार्य र दुइटा अतिरिक्त गरी जम्मा ८ वटा विषय पढाइन्छ । एकभन्दा बढी अतिरिक्त विषय राखिएको ठाउँमा ८ भन्दा बढी विषय हुन्छन् । सके शैक्षिक सामग्री र सन्दर्भ सामग्री सहितका आठवटै विषयको कोठा व्यवस्थापन गर्नु सर्वोत्तम हो, तर पुग्दो कक्षाकोठा नभएको अवस्था छ र सबै विषयका विषयगत कक्षा व्यवस्थापन गर्न सकिएन भने पाँचवटा मुख्य विषय (नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक) लाई आधार मानी बेग्लाबेग्लै विषयगत कक्षा बनाउन र सजाउन सकिन्छ । बाँकी विषयका लागि बेग्लै कोठा उपलब्ध नभएमा तिनै पाँचवटा कोठामा पनि केही थप विषयको रुटिन मिलाउन सकिन्छ ।



निम्न माध्यमिक विद्यालयमा १ देखि ३ कक्षाका लागि कक्षा शिक्षण (गेरड टिचिङ) को व्यवस्था गरी ४–८ सम्मका पाँचवटा कक्षाका विद्यार्थीका लागि माथि उल्लेखित पाँच विषयका विषयगत कक्षा सञ्चालन गर्न सकिन्छ ।



2

विषयगत कक्षा व्यवस्थापनका लाभ
शैक्षिक सामग्रीको व्यवस्थापन
यो अवधारणा अनुसार सबै कक्षाकोठा विषयगत रूपमा सजाइन्छ । कक्षाकोठाको अगाडिपट्टि एउटा लेख्ने बोर्ड र एउटा प्रदर्शन बोर्ड राखिएको हुन्छ । त्यसै कोठामा एक वा दुइटा दराज वा ¥याकमा शैक्षिक सामग्री, सन्दर्भ सामग्री र विद्यार्थीले तयार गरेका परियोजना कार्य सहितका आवश्यक विषयगत सामग्री राखिन्छ । कोठाका भित्तामा शिक्षक तथा विद्यार्थीले बनाएका कम खर्चिला शैक्षिक–सन्दर्भ सामग्रीहरू सजाइन्छ । यसो गर्दा कोठाको वातावरणले नै विद्यार्थीलाई सिक्न उत्प्रेरित गरिरहन्छ । कक्षाको सजावट तथा शिक्षण सिकाइ कार्यमा विद्यार्थी स्वयं खट्ने हुँदा कक्षाकोठा र विषयवस्तुप्रति अपनत्वको भावना, जिम्मेवारी र सृजनशीलताको विकास हुन्छ । यसबाट उनीहरूमा आफै अध्ययन गर्ने र सिक्ने अवसर पनि बढ्छ ।



समय व्यवस्थापन
शिक्षण सिकाइमा समय व्यवस्थापनको महतवपूर्ण स्थान रहन्छ । प्राथमिक शिक्षा पाठ्यक्रम (१–३) २०६२ तथा प्राथमिक शिक्षा पाठ्यक्रम (४–५) २०६५ ले कक्षा १–३ का लागि समयको व्यवस्थापन यसरी गरेको छ—
“एक शैक्षिक वर्षमा कम्तीमा २२० दिन विद्यालय खुल्ने र १९२ दिन पठनपाठन सञ्चालन हुनेछ । यस हिसाबले कक्षा १–३ मा वार्षिक ८१६ घण्टा र कक्षा ४–५ मा ९३६ घण्टा पठनपाठन गर्नुपर्नेछ । तोकिएको वार्षिक घण्टा नघट्ने गरी पाठको आवश्यकतानुसार ४५ मिनटको समयलाई एक घण्टी मानी कक्षा सञ्चालन गर्न सकिनेछ ।”



आधारभूत शिक्षा पाठ्यक्रम (६–८) २०६९ ले ६–८ कक्षाका लागि गरिएको व्यवस्था यस प्रकार छ—
“एक शैक्षिक वर्षमा कम्तीमा २१० दिन पठनपाठन सञ्चालन हुनेछ । कक्षा ६–८ मा वार्षिक १०५० घण्टा पठनपाठन गर्नुपर्नेछ । तोकिएको वार्षिक घण्टा नघट्ने गरी पाठको आवश्यकतानुसार ४५ मिनटको समयलाई एक घण्टी मानी कक्षा सञ्चालन गर्न सकिनेछ ।”


परम्परागत रूपमा विद्यालयहरूले पनि ४०–४५ मिनटकै एक घण्टीको व्यवस्था गरेका हुन्छन् । तर विषयगत कक्षा व्यवस्थापनमा ७५ मिनटको एउटा घण्टी हुन्छ र हरेक घण्टीको बीचमा ब्रेक हुन्छ । पहिलो र दोस्रो घण्टीबीच १० मिनटको ब्रेक हुन्छ भने तेस्रो घण्टी पछि ३० मिनटको ब्रेक दिइन्छ । तेस्रो र चौथो घण्टीबीच पनि १० मिनटको ब्रेक दिइन्छ । एक दिनमा जम्मा ४ घण्टी शिक्षण सिकाइ कार्य सञ्चालन हुन्छ । विषयगत रूपमा साप्ताहिक पाठ्यभारमा भने कुनै फरक नपर्ने गरी दैनिक कार्यतालिका निर्माण गरिएको हुन्छ । ४५ मिनटको साप्ताहिक ५ पाठ्यभार भएको विषयमा ७५ मिनटको ३ पाठ्यभार कायम गरिएको हुन्छ ।

4

समय व्यवस्थापन : अनुभव र आशा
पाँचथर जिल्लाको फिदिम स्रोतकेन्द्रका ५ वटा विद्यालयमा गरिएको अध्ययनमा परम्परागत कक्षा सञ्चालनका क्रममा एउटा विषयको शिक्षण औसत ३५ मिनट भएको पाइयो । यस हिसाबले हरेक घण्टीमा १० मिनट विद्यार्थी ठगिन्छन् । तर विषयगत कक्षा व्यवस्थापनमा १० मिनटको ब्रेक र शिक्षकको कक्षाकोठाको बसाइले पूरापूर समय शिक्षक तथा विद्यार्थीले उपयोग गर्न पाउँछन् । ७५ मिनटको फराकिलो समय एउटा विषयमा पाउँदा चहिए जस्तो क्रियाकलाप गर्न र गराउन सकिन्छ । विद्यार्थी केन्द्रित विधिबाट पढाउँदा समय पुग्दैन भन्ने मानसिकता हटेर जान्छ । एउटा विषय पढिसकेपछि अर्को विषयका लागि तयार हुन १० मिनटको समय मिलाइएको छ । यसले अघिल्लो विषयको सिकाइलाई व्यवस्थित गर्न मद्दत गर्छ भने अर्को विषयको सिकाइका लागि मानसिक रूपमा तयार हुन पनि सघाउँछ । एउटा कोठाबाट अर्को कोठा जाँदा आलस्य हट्ने, शारीरिक थकावट नहुने, बाहिरी हावाले पुनर्ताजगी दिने हुँदा त्यस पछिको सिकाइ बढी प्रभावकारी हुन्छ । दिनभरिमा चारवटा विषय मात्र शिक्षण हुँदा सम्बन्धित विषयमा गहिरिने अवसर प्राप्त हुन्छ भने धेरै विषयको बोझ् पनि हुँदैन ।

सिकाइ मनोविज्ञान
सिकाइ मनोवैज्ञानिक कार्य हो । सिक्नका लागि विद्यार्थी पनि मानसिक रूपले तयार हुनुपर्छ । सिकाइका लागि उपयुक्त वातावरण आवश्यक हुन्छ । दिनभरि एकै ठाउँको बसाइले विद्यार्थीलाई आलस्य तथा तनावपूर्ण बनाइराखेको हुन्छ । एक विषयको कक्षा सकिने बित्तिकै अर्को विषयको समय शुरू हुन्छ । अघिल्लो विषयको विषयवस्तु दिमागमा घुमिरहेकै बेला नयाँ विषयको पढाइ र सिकाइको शुरूवात गर्नुपर्ने हुन्छ, जुन बेला विद्यार्थी मानसिक रूपले अर्को विषय सिक्न तयार भइसकेकै हुँदैनन् । यस्तो समस्यालाई विषयगत कक्षा व्यवस्थापनले समाधान गर्न सघाउँछ ।
विषयगत कक्षा सञ्चालन गर्ने विद्यालयमा पर्याप्त शिक्षकहरू हुने हो भने र एउटै विषयका दुई जना शिक्षक भए अझ् सहज, उपलब्धिपूर्ण र रमाइलो हुन्छ । एक जनाले शिक्षण कार्य गरिरहँदा अर्कोले विद्यार्थीलाई गृहकार्य जाँचेर वा अन्य तरीकाबाट सघाउन सक्छन् । विषयगत कक्षा सञ्चालन गर्ने कतिपय विद्यालयले अनुभवी शिक्षकबाट नयाँ शिक्षकलाई सिकाउने हिसाबले पनि दुई जना शिक्षकको व्यवस्था गरेका हुन्छन् ।

5

विषयगत कक्षा व्यवस्थापनमा तुलनात्मक रुपमा बढी सामग्री र समय हुने भएकाले विद्यार्थी केन्द्रित र बालबालिकालाई मन पर्ने; समूह कार्य, परियोजना कार्य, प्रयोग, निर्देशित खोज जस्ता सक्रिय सिकाइका सिर्जनात्मक विधिहरू प्रयोग गर्न सकिन्छ । शिक्षक र विद्यार्थी सिकाइमा यसरी सक्रिय हुन्छन् कि समय बितेको पत्तै हुँदैन । भाषण विधिलाई कम गर्दै जानुपर्छ । यसमा विद्यार्थीलाई बढी सक्रिय बनाइन्छ । शिक्षकले सहजकर्ताको रूपमा सहजीकरण गर्नुपर्छ । सिकाइका सहज तथा सिर्जनात्मक विधि प्रयोग गरी कम श्रममा बढी उपलब्धि हात पार्न सकिन्छ ।
कार्यान्वयनको प्रयास
विद्यालयहरूको खस्किँदो शैक्षिक स्तर सबैको साझ चुनौती हो । यो स्थितिमा सुधारका लागि डायरी नोट व्यवस्थापन, शैक्षिक सामग्री व्यवस्थापन सप्ताह सञ्चालन, आमा समूह परिचालन, सघन अनुगमन, विषयगत शिक्षक अन्तरक्रिया, विद्यार्थी ‘फोन इन’ जस्ता अनेक उपाय अवलम्बन गर्दा पनि खासै उपलब्धि हासिल भइरहेको थिएन ।

यही पृष्ठभूमिमा यो शैक्षिक सत्रमा विषयगत कक्षा व्यवस्थापनको अवधारणा अगाडि ल्याइयो । शुरूमा शिक्षकहरूमा कतै बढी पो खट्नुपर्ने हो कि ? घुमाउरो पाराले दल्न पो खोजिएको हो कि ? जस्ता भावना पैदा भएको पाइयो । तर यो तुलनात्मक रूपमा नयाँ काम गर्ने हिम्मत गर्ने पहिलो विद्यालय भयो— फिदिम गढी मावि र दोस्रो भयो सिलौटीको जनता निमावि । यी दुई विद्यालयले आफ्नो सीमित स्रोत र साधनको उच्चतम प्रयोग गरी सात दिनको व्यवस्थापन पछि विषयगत कक्षा सञ्चालन शुरू गरेका छन् । अनुभव ताजा नै छ, तर शिक्षक र विद्यार्थी कक्षाकोठामा रमाउन थालेको देखिएको छ । र, नजिकका अरू विद्यालय पनि यसबाट उत्साहित भएको पाइएको छ । 
स्रोतव्यक्ति, पाँचथर

binodthakur19@yahoo.com

widgets