गुणस्तरीय शिक्षाका लागि नयाँ विधेयक : शिक्षामन्त्री    ५८ लाख थान पुस्तक अपुग    शिक्षामन्त्री भन्छन् - 'शिक्षालाई राजनीतिमुक्त बनाउनैपर्छ'    शिक्षालाई स्कुलदेखि घरसम्म जोड्ने शिक्षक भएनन्    प्राचार्य र अध्यक्षविरुद्ध छुवाछुत मुद्दा    ग्लोबल सेपर्सले स्कुल बनाउने    एसएलसीमा डी ग्रेड ल्याउने विद्यार्थीको भर्नामा चर्को विवाद    यस बर्षको एसएलसी परीक्षा सम्पन्न, नतिजा असारमा    डिन निुयुक्तिमा चलखेल !    सरकारीमै पढ्छन् शिक्षकका छोराछोरी    शिक्षकले आठ महिनादेखि तलब पाएनन्    शिक्षा कार्यालयमा ‘मदिरा पार्टी’    झाडापखालाबाट शिक्षक पनि बिरामी    एसएलसीमा भाइबर र म्यासेन्जरबाट चिट !    परीक्षामा चिट चोर्न नपाउँदा ढुंगामुढा !    एसएलसीमा चर्को राजनीति !    बाजुराका विद्यार्थी एसएलसीबाट बञ्चित !    पद्मकन्या क्याम्पस स्ववियु सभापतिको मृत्यु    एसएलसी परीक्षामा छ लाखभन्दा बढी परीक्षार्थी हुने    एसएलसीमा १ घण्टा लोडसेडिङ घट्यो    कर्णालीका विद्यार्थीले समयमै पुस्तक पाउने    ७ रोचक कुराहरु    किताब नउठाउने महासंघको चेतावनी    भाडाको घरमा स्कुल चलाउन नपाइने !    मुक्तिमार्ग उच्च माविलाई एघार लाख रुपैया मूल्यको जग्गा सहयोग    एसएलसीको ग्रेडिङ्मा परिवर्तन गरियो    विद्यार्थी शून्य, शिक्षक आठ    विद्यालय सुधार्न कस्सिए अभिभावक    चलन चल्तीका केहि नेपाली उखानहरु    केही मननिय भनाईहरु    आदर्श भनाई अनि ज्ञानगुनका कुराहरु    बेलायतको भिसा त्यागेर शिक्षक    कृपा नखोज, कर्म गर: कुलचन्द्र गौतम    शिक्षक र अभिभावकको व्यापक परिचालनबाट मात्रै संभव छ विद्यालय सञ्चालन र पुनःनिर्माण    आजको पाठ योजना बिफल हुने देखेपछी, पढाउन छोडेर एक छिन् ठुलो - ठुलो आदर्शको भाषण दिएँ    लाखौं विद्यार्थी उच्च शिक्षाबाट बञ्चित हुने खतरा    एकजना विद्यार्थीको आत्महत्या    विद्यार्थी कल्याणकारी कोषका लागि जुट्दै अष्ट्रेलियाका नेपालीहरू    आफ्नो पाठ र ईकोब्रिक    प्राज्ञिक विद्यार्थी अधिवेशन हुँदै    अन्तर विद्यालय ताइक्वान्दो भक्तपुरमा हुने    भूकम्प प्रभावित जिल्लामा ‘लाइभ स्कुल’ !    दाङका मुक्त कम्लरीलाई शैक्षिक सामग्री वितरण    पाँच कक्षासम्मको विद्यालयमा तीन मात्रै शिक्षक    २३ सय विद्यार्थीलाई शैक्षिक सामग्री    शिक्षक सक्षमताको मापदण्ड पारित, तालिमको स्वरुप फेरियो    तरुण माध्यामिक विद्यालयमा    आदर्श शौल युवक उच्च माध्यामिक विद्यालय    पुरानो विद्यालय अत्याधुनिक प्रविधि    एमए पास गरेर कक्षा एक मा शिक्षक !    सेना छाडेर शिक्षक    बेलायतको भिसा त्यागेर शिक्षक    सुधार प्रयासमा एउटा हेडमाष्टर    एक जना हेडसरको भोगाई : शिक्षकलाई सरकारले सम्मान दिएन    भारतको शिक्षामा कमजोर हुदैं मानवीय पक्ष : प्रा.डा. अनामिक शाह    सिकाइ उपलब्धि: माथि माथि हेर्दा तल सुक्यो !    विषयगत कक्षा व्यवस्थापन: सिकाइ उपलब्धि बढाउने एउटा उपाय    कार्यमूलक अनुसन्धान-किन र कसरी    स्ववियू निर्वाचन चैत अन्तिम साता भित्र गर्ने कांग्रेस सभापतिको भनाई    पद्मोदयको ७० औँ बार्षिकोत्सव सम्पन्न    नेल्टाको २१ औँ अन्तराष्ट्रिय सम्मेलन शुरु    धेरै दरबन्दी भएका प्राविका शिक्षक निमावि र माविमा : बराल    दल आवद्ध शिक्षकलाई स्पष्टीकरण, चित्त बुझ्दो जवाफ नदिए कारवाही : जिशिअ नेपाल    शिक्षा मन्त्रालय विदेशी ‘डोनर’ हरुले चलाएका छन् : कोइराला    सामाजिक नीति बनाऊन विद्यार्थीको माग    क, ख पढ्न चार घन्टाको हिँडाइ    शिक्षाको व्यापार अन्त्य गर्न शुल्क निर्धारण मापदण्ड कार्यान्वयन हुनै पर्ने    शिक्षामा नयाँ क्रान्तिको आवश्यकता – शिक्षामन्त्री    नीजि स्कुल खोल्न ३२ मापदण्ड, पहिल्यै खुलेकालाई तीन वर्ष मौका    बिज्ञापन    प्रयोगका सर्त    हाम्रो बारे

शिक्षालाई स्कुलदेखि घरसम्म जोड्ने शिक्षक भएनन्

विष्णु विवेक । शिक्षा जीवनउपयोगी हुनुपर्छ । यसमा सायदै कसैको मतभेद होला । तर हाम्रो शिक्षा जीवनउपयोगी हुन सकेन् । अझ भनौ शिक्षा स्कुलमै सिमित भयो । शिक्षा घरसम्म जोडिन सकेन ।

शिक्षालाई घरसम्म जोड्ने र विद्यार्थीको भविष्यलाई एउटा दिशा दिने काम शिक्षकले गर्छन् । तर शिक्षकले स्कुलमा विद्यार्थीलाई सिकाएको कुरा घरमा लागु गर्न र त्यसलाई व्यहावरमै देखिने गरी पढाउनै सकेनन् ।

शिक्षाविद डा. विद्यानाथ कोइराला भन्छन् ‘शिक्षालाई आर्जन गर्ने मात्र होइन् । यो त सामाजिक र घरायसी कामका लागी पहिला प्रयोग गरिन्छ । तर हाम्रो शिक्षाको समस्या एकचोटी पाठ पढ्यो भने पुग्यो भन्ने चलन छ । जीवनउपयोगी शिक्षालाई भन्दा पनि परीक्षाका लागी कागजमा बढी नै अंक ल्याउनका लागी मात्रै प्रयोग भयो । दैनिक जीवनसंगै जोडिनै सकेन् ।’

शिक्षानीति कमजोर भयो भन्नेहरुको पनि कमी छैन् । तर शिक्षा विभागकै महानिर्देशक खगराज बराल भन्छन् ‘गुणस्तरीय शिक्षामा राज्यको लगानी नै छैन् ।’

शिक्षामा गुणस्तर चाहियो भन्दै बहस गर्न थालेको बर्षौ भयो । तर शिक्षाकै जिम्मेवार निकायका व्यक्तिहरु अझै लगानीको अभाव भन्दै शिक्षा सुधारबाट पन्छिरहेको आभास हुन्छ । यो किन ? भन्दा शिक्षालाई जीवनउपयोगी बनाउन र विद्यार्थीलाई त्यसैमा अभ्यस्त बनाउन शिक्षकले जुन भूमिका खेलेका छन् । त्यसैमा खोट छ ।

शिक्षामा भन्दा शिक्षण शैलीमा समस्या

विभागका महानिर्देशक बराल शिक्षकलाई ‘पाइलट’ भन्न रुचाउँछन् । तर धेरैजसो शिक्षकले विद्यार्थी बोकेर उडाएको विमानलाई सही रुपमा अवतरण गराउनै सकेनन् । बर्षेनी विद्यार्थी असफल मात्र हुदैनन् । सफल भएकाहरु पनि आफ्नो दैनिक जीवनमा रमाउन सकेका छैनन् । कहिले रोजगारी त कहिले आफैले सिकेको कुरा प्रयोगात्मक र व्यवहारिक नभएर ।

‘घर र विद्यालयको पूल भनेकै शिक्षक हो । तर त्यो पुलको काम शिक्षकले गर्न सकेका छैनन् । सबै शिक्षक होइनन् । धेरै शिक्षकहरु अहिले पनि वास्तविक शिक्षण सिकाईबाट उपलब्धी हात पार्न सकेका छैनन् ।’ उनले भने । शिक्षण शैलीकै समस्याले शिक्षा गुणस्तरीय हुन नसकेको उनको स्वीकारोक्ति छ ।

उनको यो भनाईमा शिक्षाविद डा. विद्यानाथ कोइराला पनि ‘सही’ थप्छन् । ‘शिक्षकले चाहे गर्न सक्छन् । धेरै ठाउँमा यसका उदाहरण पनि भेटिएका छन् । तर शिक्षकले जुन रुपमा पढाउनुपर्ने, उनीहरुलाई जुन किसिमले प्रेरित गरेर कक्षाकोठामा वातावरण दिनुपर्ने हो । त्यो हुन सकेन । कारण शिक्षक नै घोकेर र रटेर विद्यालयमा पढाउन गयो । यो नै समस्याको जड हो ।’ शिक्षाविद कोइरालाले भने ।

यसका लागी शिक्षानीति भन्दा ठूलो कुरा शिक्षकले नयाँ चिन्तन ल्याउनुपर्ने कोइराला बताउँछन् । ‘नीति सञ्चालकमा समस्या छ । यो आफैमा जटिल र लामोसमय देखिको रोग हो । तर यतिले हुदैन् । शिक्षकले आफ्नो पढाउने चिन्तनमा केही फेरबदल ल्यायो भने समस्या हल हुन्छ ।’ उनले भने ।

शिक्षकले विद्यार्थीको जीन्दगीलाई जोडेर नपढाएसम्म नेपालको शिक्षामा कुनै विकास नहुने उनको ठोकुवा छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत महेन्द्ररत्न क्याम्पस ताहचलका प्रध्यापक गंगा गौतम पनि शिक्षककै मनोबल र चिन्तनमा समस्या देख्छन् ।

‘शिक्षकहरुले गर्नुपर्ने काम कारबाहीका बारेमा स्वयंम शिक्षक नै प्रष्ट छैनन् । कारण उनीहरुलाई विद्यालयमा ‘मोनिटरिङ’ गर्ने निकाय भएन्’ उनले भने ‘शिक्षकले जे गरेपनि हुने भन्ने भावनाका कारण शिक्षामा प्रगति हुनै सकेन् ।’

शिक्षण समस्याका मुख्य कारणहरु

शिक्षाविद कोइरालाका दृष्टिकोणमा विद्यार्थीले घरेलु प्रविधिमा सिकिरहेको शिक्षण सिकाई जति पनि विद्यालयमा सिकाइएन् ।

घरमा विद्यार्थीले आमाुबवाबाट सिकेको कुरा जति पनि विद्यालयमा सिकाइएन् । ‘पाठ घोकाइयो र उदाहरण घरायसी भेटिएन् । उदाहरण र पाठलाई जोडेर पढाएको विद्यार्थीले जति सिक्यो अरुले त्यति सिक्न पाएन् ।’ उनी भन्छन् ‘शिक्षकले जसरी पाठमा भएको कुरालाई व्यवहारिक उदाहरण दिएर पढाउनुपर्ने हो । त्यो पढाउने काम नै भएन ।’

शिक्षा विभागका महानिर्देशक बराललाई पनि व्यहारिक सिकाईमा शिक्षक नै ‘पर्फेक्ट’ नभएको लाग्छ ।

‘घरमा भात पकाउने जान्ने विद्यार्थीले स्कुलमा त्यति पनि सिकेन् । बरु पढेपछि उसले भातै पकाउन छाड्यो । किनकी पढेपछि भात पकाएर खाने स्थिती आएन् । जागिर खोजेर काम गर्नुपर्ने धारणा बोकिएको छ’ बराल भन्छन् ‘जबसम्म शिक्षक स्वंयमले दैनिक जीवनका कामलाई सम्मानित गर्न र त्यही अनुसारको कामलाई शिक्षा बनाउदैनन् । तबसम्म प्रभावकारी सिकाईको अवस्था यस्तै रहन्छ ।’

त्रिभुवन विश्वविद्यालय शिक्षा विभागकी प्रध्यापक सुसन आचार्य शिक्षकले पढाउने शैली मात्र नभई जिम्मेवारी बोध नै गर्न नसकेको दाबी गर्छिन् ।

‘विद्यार्थी स्नातक सम्म आउँदा पनि केही सिकेको छैन् । तल्लो कक्षामा जति सिक्नुपर्ने हो । त्यति नसिकेरै आएका छन् । यसको दोष कसले लिने ? शिक्षकले की विद्यार्थीले ? परीक्षामा पास बनाउनैका लागी पढाउने पुरानै समस्याले विद्यार्थीलाई ठुलो समस्यामा पारिरहेको छ ।’ उनले भनिन् ।

यसो हुनुको पछाडी घर र विद्यालयबीचको ‘ग्याप’ भएको आचार्य बताउँछिन् ।

‘स्कुलमा सिकेको कुरा विद्यार्थीले किताबका पानामा बाहेक अन्त प्रयोग गर्नै पाएको छैन् । अर्को सिकेको कुरा व्यवहारिक प्रयोग गर्नुपर्छ भनेर नै पढाउने हाम्रो शैली छैन् । अनि कसरी हुन्छ प्रभावकारी सिकाई ?’ उनले प्रश्न गरिन् ।

यी सबै कारणको पछाडी शिक्षक नै अलमलमा रहेको उनको धारणा छ । किनकी शिक्षकले शिक्षण शैलीमा परिवर्तन ल्याउन सकेनन् । हिजो जसरी पढाएका थिए । त्यसैलाई निरन्तरता दिए । समयले जति फड्को मारेपनि शिक्षकको चिन्तन शैलीमा कुनै परिवर्तन आएन् ।

यसको समाधान माथीको ‘चिटिङ’ले मात्रै नहुने उनको तर्क छ । ‘शिक्षक स्वंयमले आफ्नो विषयमा दक्षता देखाउनुपर्यो । माथिको आदेश पर्खेर बस्नुभएन । आफुले विद्यार्थीलाई कसरी पढाउँदा उनीहरुले सिक्छन् भन्ने बढी गम्भिर हुनुपर्यो । तालिम गोष्ठीमा पाइने भत्तामा होइन् । जबसम्म यी तात्विक कुरामा परिवर्तन ल्याउन स्वंयम शिक्षक नै अघि सर्दैनन् । तबसम्म शिक्षा सुधार र गुणस्तरमा परिवर्तन आउँदैन् ।’

समाधान कसरी त ?

शिक्षा सुधार र विकासको पहिलो सुत्र भनेकै शिक्षक हुन् । विद्यार्थीलाई घर, समाज र राज्यका हरेक निकायमा पुर्याउने काम शिक्षक बाहेक अरु कसैले गर्ने सक्दैनन् । यसका लागी शिक्षकलाई पुरा अधिकार दिएर विद्यार्थीको सिकाईमै समर्पण गराउनुपर्ने शिक्षाविद डा. विद्यानाथ कोइरालाको भनाई छ ।

‘शिक्षकहरु आफैमा ‘मोटिभेट’ हुन सकिरहेका छैन् । दलीय हस्तक्षेपबाट मुक्त गरेर शिक्षकको क्षमतालाई प्रयोग गर्न उनीहरुलाई कक्षाकोठामा स्वतन्त्र छाडिदिए पुग्छ’ उनले भने ‘यसका लागी शिक्षण शैलीमा परिवर्तन ल्याउन उनीहरुलाई विकल्प दिनुपर्छ ।’

हरेक कामलाई फरक फरक तरिकाले गर्न सकिने भन्दै शिक्षकलाई पनि फरक फरक ढंगले पढाउन दिनुपर्ने उनको तर्क छ । ‘पाठ सकाउनैपर्ने, सधै पढाउनैपर्ने, विद्यालयबाट सिमित कुरामात्र उपलब्ध हुने चाहिएको कुरा नदिने अब गर्नुहुन्न । विद्यालयको सिमामा रहेर विद्यार्थीलाई पास बनाउने, उनीहरुलाई दक्ष जनशक्ति उत्पादन गर्ने ठूलो जिम्मेवारीको बोध गराएर शिक्षकलाई ‘प्रेरित’ गरे यो सम्भव छ ।’ उनले भने ।

यसका लागी शिक्षकलाई तालिम र गोष्ठीमा भन्दा कक्षाकोठामा उनीहरुले प्रयोग गर्न चाहेको विकल्पका बारेमा पर्याप्त छलफल गर्न दिनुपर्ने उनको धारणा छ ।

‘शिक्षकलाई कक्षाकोठामा छाडेर जाने अधिकार बाहेक सबै दिऊ । उनीहरुले जसरी पढाउन सक्छन् त्यसरी नै पढाउन दिऊ । पढाएको कुरालाई स्कुलमा मात्र होइन घरसम्म जोडिनका लागी ‘मोनिटरिङ’ जिम्मा पनि शिक्षकलाई नै दिऔँ । अनि मात्र केही हुन्छ ।’ उनले भने ।

विभागका महानिर्देशक बराल स्कुलमा सिकेको कुरामा घरमा लागु हुन अभिभावक र विद्यार्थीबीच शिक्षणमैत्री वातावरण हुनुपर्ने बताउँछन् ।

‘धेरैजसो अभिभावकलाई थाहा छैन् की मै नै मेरो छोराछोरीको पहिलो शिक्षक हुँ भन्ने कुरा । तर शिक्षकले पढाएको कुराको कार्यान्वयनको सबैभन्दा बढी अनुगमन र नियमन मैले गर्न सक्छु भन्ने ध्यान पनि उनीहरुमा छैन् । त्यसैले यो समस्या देखिएको हो । यसका लागी शिक्षक र अभिभावकबीच नै पहिला मैत्री सम्बन्ध कायम हुनुपर्यो ।’ उनले भने ।

विद्यार्थी र विद्यार्थीले सिक्ने कुराको सोधीखोजी अभिभावकले गर्नुपर्ने भन्दै बरालले विद्यार्थीको सिकाईमा अभिभावकले र गुणस्तरिय शिक्षण सिकाईमा राज्यले लगानी गर्नुपर्ने बताए ।

‘समस्या लगानीमै छ । त्यो चाही समयको होस या त पैसाको । अभिभावकले आफ्नो सन्तानमा समय, आर्थिक, भौतिक र सामाजिक लगानीको उत्तरादायित्व पुरा गरेपछि गुणस्तरिय पठनपाठन र शिक्षण सिकाईमा राज्यले लगानी गर्नुपर्छ ।’

साभार- edukhabar.com

widgets