गुणस्तरीय शिक्षाका लागि नयाँ विधेयक : शिक्षामन्त्री    ५८ लाख थान पुस्तक अपुग    शिक्षामन्त्री भन्छन् - 'शिक्षालाई राजनीतिमुक्त बनाउनैपर्छ'    शिक्षालाई स्कुलदेखि घरसम्म जोड्ने शिक्षक भएनन्    प्राचार्य र अध्यक्षविरुद्ध छुवाछुत मुद्दा    ग्लोबल सेपर्सले स्कुल बनाउने    एसएलसीमा डी ग्रेड ल्याउने विद्यार्थीको भर्नामा चर्को विवाद    यस बर्षको एसएलसी परीक्षा सम्पन्न, नतिजा असारमा    डिन निुयुक्तिमा चलखेल !    सरकारीमै पढ्छन् शिक्षकका छोराछोरी    शिक्षकले आठ महिनादेखि तलब पाएनन्    शिक्षा कार्यालयमा ‘मदिरा पार्टी’    झाडापखालाबाट शिक्षक पनि बिरामी    एसएलसीमा भाइबर र म्यासेन्जरबाट चिट !    परीक्षामा चिट चोर्न नपाउँदा ढुंगामुढा !    एसएलसीमा चर्को राजनीति !    बाजुराका विद्यार्थी एसएलसीबाट बञ्चित !    पद्मकन्या क्याम्पस स्ववियु सभापतिको मृत्यु    एसएलसी परीक्षामा छ लाखभन्दा बढी परीक्षार्थी हुने    एसएलसीमा १ घण्टा लोडसेडिङ घट्यो    कर्णालीका विद्यार्थीले समयमै पुस्तक पाउने    ७ रोचक कुराहरु    किताब नउठाउने महासंघको चेतावनी    भाडाको घरमा स्कुल चलाउन नपाइने !    मुक्तिमार्ग उच्च माविलाई एघार लाख रुपैया मूल्यको जग्गा सहयोग    एसएलसीको ग्रेडिङ्मा परिवर्तन गरियो    विद्यार्थी शून्य, शिक्षक आठ    विद्यालय सुधार्न कस्सिए अभिभावक    चलन चल्तीका केहि नेपाली उखानहरु    केही मननिय भनाईहरु    आदर्श भनाई अनि ज्ञानगुनका कुराहरु    बेलायतको भिसा त्यागेर शिक्षक    कृपा नखोज, कर्म गर: कुलचन्द्र गौतम    शिक्षक र अभिभावकको व्यापक परिचालनबाट मात्रै संभव छ विद्यालय सञ्चालन र पुनःनिर्माण    आजको पाठ योजना बिफल हुने देखेपछी, पढाउन छोडेर एक छिन् ठुलो - ठुलो आदर्शको भाषण दिएँ    लाखौं विद्यार्थी उच्च शिक्षाबाट बञ्चित हुने खतरा    एकजना विद्यार्थीको आत्महत्या    विद्यार्थी कल्याणकारी कोषका लागि जुट्दै अष्ट्रेलियाका नेपालीहरू    आफ्नो पाठ र ईकोब्रिक    प्राज्ञिक विद्यार्थी अधिवेशन हुँदै    अन्तर विद्यालय ताइक्वान्दो भक्तपुरमा हुने    भूकम्प प्रभावित जिल्लामा ‘लाइभ स्कुल’ !    दाङका मुक्त कम्लरीलाई शैक्षिक सामग्री वितरण    पाँच कक्षासम्मको विद्यालयमा तीन मात्रै शिक्षक    २३ सय विद्यार्थीलाई शैक्षिक सामग्री    शिक्षक सक्षमताको मापदण्ड पारित, तालिमको स्वरुप फेरियो    तरुण माध्यामिक विद्यालयमा    आदर्श शौल युवक उच्च माध्यामिक विद्यालय    पुरानो विद्यालय अत्याधुनिक प्रविधि    एमए पास गरेर कक्षा एक मा शिक्षक !    सेना छाडेर शिक्षक    बेलायतको भिसा त्यागेर शिक्षक    सुधार प्रयासमा एउटा हेडमाष्टर    एक जना हेडसरको भोगाई : शिक्षकलाई सरकारले सम्मान दिएन    भारतको शिक्षामा कमजोर हुदैं मानवीय पक्ष : प्रा.डा. अनामिक शाह    सिकाइ उपलब्धि: माथि माथि हेर्दा तल सुक्यो !    विषयगत कक्षा व्यवस्थापन: सिकाइ उपलब्धि बढाउने एउटा उपाय    कार्यमूलक अनुसन्धान-किन र कसरी    स्ववियू निर्वाचन चैत अन्तिम साता भित्र गर्ने कांग्रेस सभापतिको भनाई    पद्मोदयको ७० औँ बार्षिकोत्सव सम्पन्न    नेल्टाको २१ औँ अन्तराष्ट्रिय सम्मेलन शुरु    धेरै दरबन्दी भएका प्राविका शिक्षक निमावि र माविमा : बराल    दल आवद्ध शिक्षकलाई स्पष्टीकरण, चित्त बुझ्दो जवाफ नदिए कारवाही : जिशिअ नेपाल    शिक्षा मन्त्रालय विदेशी ‘डोनर’ हरुले चलाएका छन् : कोइराला    सामाजिक नीति बनाऊन विद्यार्थीको माग    क, ख पढ्न चार घन्टाको हिँडाइ    शिक्षाको व्यापार अन्त्य गर्न शुल्क निर्धारण मापदण्ड कार्यान्वयन हुनै पर्ने    शिक्षामा नयाँ क्रान्तिको आवश्यकता – शिक्षामन्त्री    नीजि स्कुल खोल्न ३२ मापदण्ड, पहिल्यै खुलेकालाई तीन वर्ष मौका    बिज्ञापन    प्रयोगका सर्त    हाम्रो बारे

डिन निुयुक्तिमा चलखेल !

काठमाडौँ, २९ चैत । त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएमं) मा दुई महिनादेखि रिक्त डिन पदमा नियुक्तिका लागि चलखेल सुरु भएको छ। चलखेलकै कारण ुसर्चु कमिटी ले एक महिना बितिसक्दा पनि डिनमा नियुक्तिका लागि सम्भावित उम्मेदवारहरूको नाम सिफारिस गर्न सकेको छैन्। सामान्यतः यसअघिका सर्च कमिटीले एक साताभित्रै सम्भावित उमेदरवारको नाम सिफारिस गर्ने गरेका थिए। त्रिवि कार्यकारी परिषद्द्वारा गठित सर्च समितिले तीन जनाको नाम सिफारिस गर्ने र तीमध्येबाट एकको नियुक्ति परिषद्ले गर्ने व्यवस्था छ।

वरिष्ठता र कार्यक्षमताको आधारमा डिन नियुक्त नभए पुनः अनशन थाल्ने चेतावनी डा। गोविन्द केसीले दिँदै आए पनि विभिन्न दल र मेडिकल कलेज निकट उमेदवारले डिन बनाउन चलखेल गर्न थालेपछि प्रक्रिया अड्किएको हो। सम्बन्धनको पर्खाइमा रहेका चार कलेजलाई स्वीकृतिको सर्तमा डिन नियुक्त भई डा।केसीको अनशनपछि बर्खास्तमा परेका डा। शशि शर्माको मुद्दा अदालतमा विचाराधीन मुद्दालेसमेत डिन नियुक्ति प्रक्रियामा प्रभाव पारेको छ।

डिन नियुक्तिमा सिफारिस गर्न फागुन २८ मा प्राध्यापक डा। पुष्कर बज्राचार्यको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो। समितिले गठनलगतै विभिन्न सरोकारवालासँग छलफल गरे पनि हालसम्म सिफारिस भने गर्न सकेको छैन। त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा। तीर्थ खनियाले सर्च कमिटीले काम गरिहेको भन्दै केही साता लाग्ने बताए। उनले भने, ुआइओएमका लागि डिन सर्च हुँदैछ, सर्च समितिको सिफारिस पर्खिरहेका छौं।'

स्रोतका अनुसार शिक्षामन्त्री गिरिराजमणि पोखरेल र त्रिवि उपकुलपति डा। खनियासमेत ुलफडाविनै सेटलु गर्ने पक्षमा देखिए पनि दुवैलाई चर्को दबाब परेको छ। कांग्रेस कोटामा उपकुलपति बनेका खनियालाई कांग्रेस निकटलाई डिन बनाउन दबाब परेको छ। अर्कोतिर वरिष्ठता आधारमा नियुक्ति गर्दा आफ्नो पार्टी निकटको बलियो उमेदवार नभएकाले ुआफूले भनेको मान्नेु चिकित्सक खोज्ने एमाले रणनीति छ। एमाओवादीले आफ्ना उमेदवारको रूपमा देखिएका चिकित्सक बढी विवादित भएकाले सहज ढंगले काम गराउन सक्ने उम्मेदवारकै लागि लबिङ गरिरहेको छ।

डा। केसीले पटकपटक अनशनका क्रममा वरिष्ठलाई नियुक्ति गर्नुपर्ने माग राखेपछि यसै आधारमा नियुक्ति हुन थालेको थियो। सोहीअनुसार यसअघि डा। कुमुद काफ्ले, डा।प्रकाश सायमी, र डा। राकेश श्रीवास्त डिनमा नियुक्त भएका थिए। तर पछि वरिष्ठताबाहिर गएर डा।धर्मकान्त बाँस्कोटा र डा। शर्मालाई डिन बनाइए पनि डा। केसीको अडानकै कारण पछि सरकारले हटाएको थियो।

अहिले वरिष्ठता सूचीमा डा।जगदिश अग्रवाल, डा। डिएन शाह र डा।विमल सिन्हा अगाडि छन्। पूर्व डिन डा।अरुण सायमी डिनको दौडमा रहे पनि उनी डिन हुँदा विवादित भएकाले सिफारिसमा पर्ने सम्भावना कम छ।

स्रोतका अनुसार यसपटक कांग्रेस कोटामा डिन बन्नका लागि पूर्वप्रधानमन्त्री सुशील कोइरालाका फिजिसियनका रूपमा काम गरेका डा। करवीरनाथ योगी र डा। दिनेशविनोद पोखरेल लबिङमा छन्। एमओवादी तर्फबाट डा। रामप्रसाद उप्रेती र डा। रतिन्द्रनाथ श्रेष्ठले डिन बन्न लबिङ गरिरहेका छन्। यी दुवै जना २०६६ सालमा स्नातकोत्तर तहको प्रश्नपत्र बिक्री भएको विवादमा मुछिएका थिए। जसका कारण १९ दिनसम्म शिक्षण अस्पताल बन्दसमेत भएको थियो।

पछिल्लोपटक शुक्रबार डा। केसीले पुनः शिक्षामन्त्रीलाई ज्ञापनपत्र दिएर वरिष्ठताका आधारमा तत्काल डिन नियुक्त गर्न माग दोहोर्याुएका छन्। 'दबाबमा राजीनामा दिए पनि वरिष्ठताका आधारमा नियुक्ति हुँदा धेरै स्थायित्व बसेको छ, राम्रा काम पनि सुरु भएको छ,' उनले भने, 'यो मान्यताबाहिर गएर डिन बन्ने सपना कसैले नदेखे हुन्छ।' एमाले निटक चिकित्सकले अघिल्लो सरकारकै पालामा एमाले कोटामै डिन नियुक्त भएर बर्खास्त भएका डा। शर्माकै पक्षमा वातावरण बनोस् भन्ने पक्षमा छन्। नयाँ कलेजलाई सम्बन्धन दिने सर्तमा २०७० पुस २७ मा शर्मा डिन बनेका थिए। तर केसीले हटाउनुपर्ने माग राखेर अनशन जारी राखेपछि सरकारले माघ ७ मा बर्खास्त गरेको थियो।

त्यसपछि सरकारले डा। श्रीवास्तवलाई डिन बनाएको थियो। शर्मा पुनर्बहालीको मागसहित अन्तरिम आदेश दाबी गर्दै २०७० चैत १ मा अदालत गएका थिए। तर त्यतिबेला अदालतले अन्तरिम आदेश दिएन। अहिले डिन नियुक्ति प्रक्रिया ढिलाइको कारण शर्माको मुद्दा किनारा नलाग्नुलाई पनि लिइएको छ। उपकुलपति डा। खनियाले पनि ुअदालतबाट निर्णय भए सहज हुने रूपमा पनि कुरेको स्वीकारे। ुअब कुर्न सकिन्न,ु उनले भने, 'दुई सातामा हुन्छ।'

शर्माको मुद्दा आइतबार पेसीमा चढे पनि न्यायाधीशले हेर्न भ्याएनन्। सम्बन्धनको पर्खाइमा रहेका कलेज सञ्चालकले शर्मालाई मुद्दा लड्न ठूलो सहयोग गरिरहेका छन्। शर्माले मुद्दा जितेर पुनर्बहाली भए सहज हुने बुझाइ एमाले निकट चिकित्सकको छ।

डिनकै बलमा मेडिकल कलेजलाई सम्बन्धन दिनदेखि सिट निर्धारणमा ठूलो सहयोग हुने भएकाले आफूअनुकूल बनाउन आर्थिक तथा राजनीतिक लबिङ बढी हुनेगरेको छ।

(नागरिक दैनिकमा प्रकाशित)

widgets