गुणस्तरीय शिक्षाका लागि नयाँ विधेयक : शिक्षामन्त्री    ५८ लाख थान पुस्तक अपुग    शिक्षामन्त्री भन्छन् - 'शिक्षालाई राजनीतिमुक्त बनाउनैपर्छ'    शिक्षालाई स्कुलदेखि घरसम्म जोड्ने शिक्षक भएनन्    प्राचार्य र अध्यक्षविरुद्ध छुवाछुत मुद्दा    ग्लोबल सेपर्सले स्कुल बनाउने    एसएलसीमा डी ग्रेड ल्याउने विद्यार्थीको भर्नामा चर्को विवाद    यस बर्षको एसएलसी परीक्षा सम्पन्न, नतिजा असारमा    डिन निुयुक्तिमा चलखेल !    सरकारीमै पढ्छन् शिक्षकका छोराछोरी    शिक्षकले आठ महिनादेखि तलब पाएनन्    शिक्षा कार्यालयमा ‘मदिरा पार्टी’    झाडापखालाबाट शिक्षक पनि बिरामी    एसएलसीमा भाइबर र म्यासेन्जरबाट चिट !    परीक्षामा चिट चोर्न नपाउँदा ढुंगामुढा !    एसएलसीमा चर्को राजनीति !    बाजुराका विद्यार्थी एसएलसीबाट बञ्चित !    पद्मकन्या क्याम्पस स्ववियु सभापतिको मृत्यु    एसएलसी परीक्षामा छ लाखभन्दा बढी परीक्षार्थी हुने    एसएलसीमा १ घण्टा लोडसेडिङ घट्यो    कर्णालीका विद्यार्थीले समयमै पुस्तक पाउने    ७ रोचक कुराहरु    किताब नउठाउने महासंघको चेतावनी    भाडाको घरमा स्कुल चलाउन नपाइने !    मुक्तिमार्ग उच्च माविलाई एघार लाख रुपैया मूल्यको जग्गा सहयोग    एसएलसीको ग्रेडिङ्मा परिवर्तन गरियो    विद्यार्थी शून्य, शिक्षक आठ    विद्यालय सुधार्न कस्सिए अभिभावक    चलन चल्तीका केहि नेपाली उखानहरु    केही मननिय भनाईहरु    आदर्श भनाई अनि ज्ञानगुनका कुराहरु    बेलायतको भिसा त्यागेर शिक्षक    कृपा नखोज, कर्म गर: कुलचन्द्र गौतम    शिक्षक र अभिभावकको व्यापक परिचालनबाट मात्रै संभव छ विद्यालय सञ्चालन र पुनःनिर्माण    आजको पाठ योजना बिफल हुने देखेपछी, पढाउन छोडेर एक छिन् ठुलो - ठुलो आदर्शको भाषण दिएँ    लाखौं विद्यार्थी उच्च शिक्षाबाट बञ्चित हुने खतरा    एकजना विद्यार्थीको आत्महत्या    विद्यार्थी कल्याणकारी कोषका लागि जुट्दै अष्ट्रेलियाका नेपालीहरू    आफ्नो पाठ र ईकोब्रिक    प्राज्ञिक विद्यार्थी अधिवेशन हुँदै    अन्तर विद्यालय ताइक्वान्दो भक्तपुरमा हुने    भूकम्प प्रभावित जिल्लामा ‘लाइभ स्कुल’ !    दाङका मुक्त कम्लरीलाई शैक्षिक सामग्री वितरण    पाँच कक्षासम्मको विद्यालयमा तीन मात्रै शिक्षक    २३ सय विद्यार्थीलाई शैक्षिक सामग्री    शिक्षक सक्षमताको मापदण्ड पारित, तालिमको स्वरुप फेरियो    तरुण माध्यामिक विद्यालयमा    आदर्श शौल युवक उच्च माध्यामिक विद्यालय    पुरानो विद्यालय अत्याधुनिक प्रविधि    एमए पास गरेर कक्षा एक मा शिक्षक !    सेना छाडेर शिक्षक    बेलायतको भिसा त्यागेर शिक्षक    सुधार प्रयासमा एउटा हेडमाष्टर    एक जना हेडसरको भोगाई : शिक्षकलाई सरकारले सम्मान दिएन    भारतको शिक्षामा कमजोर हुदैं मानवीय पक्ष : प्रा.डा. अनामिक शाह    सिकाइ उपलब्धि: माथि माथि हेर्दा तल सुक्यो !    विषयगत कक्षा व्यवस्थापन: सिकाइ उपलब्धि बढाउने एउटा उपाय    कार्यमूलक अनुसन्धान-किन र कसरी    स्ववियू निर्वाचन चैत अन्तिम साता भित्र गर्ने कांग्रेस सभापतिको भनाई    पद्मोदयको ७० औँ बार्षिकोत्सव सम्पन्न    नेल्टाको २१ औँ अन्तराष्ट्रिय सम्मेलन शुरु    धेरै दरबन्दी भएका प्राविका शिक्षक निमावि र माविमा : बराल    दल आवद्ध शिक्षकलाई स्पष्टीकरण, चित्त बुझ्दो जवाफ नदिए कारवाही : जिशिअ नेपाल    शिक्षा मन्त्रालय विदेशी ‘डोनर’ हरुले चलाएका छन् : कोइराला    सामाजिक नीति बनाऊन विद्यार्थीको माग    क, ख पढ्न चार घन्टाको हिँडाइ    शिक्षाको व्यापार अन्त्य गर्न शुल्क निर्धारण मापदण्ड कार्यान्वयन हुनै पर्ने    शिक्षामा नयाँ क्रान्तिको आवश्यकता – शिक्षामन्त्री    नीजि स्कुल खोल्न ३२ मापदण्ड, पहिल्यै खुलेकालाई तीन वर्ष मौका    बिज्ञापन    प्रयोगका सर्त    हाम्रो बारे

सरकारीमै पढ्छन् शिक्षकका छोराछोरी

काठमाडौँ, २५ चैत्र । सरकारी कर्मचारीले आफ्ना छोराछोरीलाई महँगा बोर्डिङ र विदेशमा पढाएको भन्दै आलोचना भइरहेका बेला राजधानीको एक सरकारी स्कुलका शिक्षकले भने आफ्ना नानीलाई आफैं पढाउने स्कुलमा पढाइरहेका छन्। काठमाडौं, मध्यबानेश्वरस्थित रत्नराज्य उच्चमाध्यमिक विद्यालयका शिक्षकले आफ्ना छोराछोरीलाई निजीबाट निकालेर आफ्नै स्कुलमा पढाएका हुन्।

महिला शिक्षक उषा खड्काले दुई वर्षअघि नै छोरीलाई रत्नराज्यको कक्षा ८ मा भर्ना गरेकी थिइन्। निजी विद्यालयसरहको शैक्षिकस्तर आफ्नै स्कुलमा बन्दै गएपछि उनले विश्वासका साथ छोरीलाई निजीबाट निकालेकी थिइन्।

सामाजिक प्रतिष्ठाका लागि पहिले निजी विद्यालयमा छोरी भर्ना गरेकी उनले आफ्नै स्कुलमा अतिरिक्त क्रियाकलाप, कम्प्युटर शिक्षा, अंग्रेजी माध्यमबाट पठनपाठन भएपछि निजीबाट झिकेर नानीलाई सरकारीमा राखेको बताइन्।

'आफूले पढाउने स्कुलप्रति विश्वास भएकैले मैले छोरीलाई निजीबाट झिकेर ल्याएँ,ु उनले नागरिकसँग भनिन्, ुनिजी विद्यालयसरह शिक्षा सरकारीमा उपलब्ध भएपछि किन बढी पैसा तिर्नेरुु

सोही स्कुलमा २० वर्षदेखि अध्यापन गरिरहेका शिक्षक मधुसुदन लामीछानेले पनि छोरा ऋषिकेश लामिछानेलाई निजीबाट झिकेर आफ्नै स्कुलमा भर्ना गरिदिए। उनका छोरा तीन वर्षअघि इपिएस स्कुलमा पढ्थे।

'आफू पढाउने र साथीहरूको अध्यापनप्रति विश्वास भएकाले छोरालाई यहीं पढाउन उचित ठानें,ु उनले भने, ुहाम्रा साथी सबै योग्य हुनुहुन्छ, उहाँहरुको शिक्षाबाट म सन्तुष्ट छु,ु उनले भने। नेपाली विषयका शिक्षक लामीछानेले थपे, ुबच्चालाई अभिभावक र शिक्षकको आँखाअगाडि राखेर पढाउँदा बिग्रने, कुलतमा फस्ने सम्भावना हुँदैन।'

माध्यमिक तहका विज्ञान शिक्षक मायानाथ दाहालले पनि आफ्नो छोरालाई कक्षा ७ मा भर्ना गरेका छन्। उनको छोरा गोठाटारस्थित मोनास्टिक सकुलमा कक्षा ६ सम्म पढेको थियो। ुमेरो छोरो यो वर्ष कक्षा १० मा पुग्यो,ु शिक्षक दाहालले भने, ुसरकारीका शिक्षकले सबका बच्चा मेरा बच्चा सम्झेर पढाउन सके सरकारी स्कुल निजीभन्दा राम्रो हुन्छ। आफ्नो बच्चा आफ्नै स्कुलमा पढाउँदा शिक्षकमा ठग्ने मानसिकता हराउने र जाँगरसाथ पढाउने भावना बढ्छ।'

एक दशकदेखि स्कुलको प्रिन्सिपल पद सम्हाल्दै आएकी गीता खरेलका अनुसार स्कुलले निजी विद्यालयका राम्रा पक्षलाई अनुकरण गर्दै अघि बढेकाले शैक्षिक स्तर राम्रो बनेको हो। खरेलले प्रिन्सपल भएलगत्तै स्कुलमा निजीजस्तै सदनको व्यवस्था गरिन्। सदनअनुसार आइतबार र मंगलबार दुई जोर पोसाक र नियमित टाइ, पोसाक, जुत्ता–मोजा अनिवार्य गराइन्।

'सुरुका दिनमा पोसाक किन्न नसक्ने दुई सय विद्यार्थीलाई मैले आफ्नै पैसाले सबै किनिदिएँ,' उनले भनिन्, 'आइतबार र मंगलबार सदनअनुसार पोसाक लगाउनुपर्छ। हाम्रा विद्यार्थी सफा, चिटिक्क भएर आउँछन्। सदनको क्रियाकलापले विद्यार्थीमा नेतृत्व विकास र आत्मविश्वास बढ्दै गएको छ।'

निजीले विद्यालयले गर्दा सरकारी विद्यालय सुक्दै गएको भनाइ नै गलत भएको ठहर गर्दै उनले सरकारीका शिक्षकको लगनशीलता र मिहिनेतप्रति समुदायमा विश्वास दिलाउन नसकेकाले सरकारी शिक्षा खस्किएको जिकिर गरिन्। ुहाम्रो स्कुलमा बिहानी र बेलुकी कक्षा गरी नर्सरीदेखि उच्चमाविसम्म २ हजार विद्यार्थी छन्,ु उनले नागरिकसँग भनिन्, ुवैशाख ४ गते सञ्चालन हुने प्रवेश परीक्षाका लागि अभिभावकले सिटभन्दा बढी फारम बुझाउनुभएको छ। हामीले बढी भएका विद्यार्थी फर्काउनुपर्ने अवस्था छ।'

उनी प्रिन्सिपल भएलगत्तै तत्कालीन शिक्षामन्त्री प्रदीप नेपालसँग अनुरोध गरेर स्कुलमा पहिलोपटक कम्प्युटर शिक्षाका लागि पाँच कम्प्युटर सहयोग प्राप्त गरेकी थिइन्। हाल उनको स्कुलमा ५० कमप्युटरसहितको छुटै कम्प्युटर ल्याब नै छ। अंग्रेजी माध्यमबाट सबै कक्षा सञ्चालन र कक्षा ३ देखि नै कम्प्युटर शिक्षा लागू गरेपछि विद्यार्थी संख्या ह्वात्तै बढेको उनले बताइन्। साथै स्कुलका शिक्षकले नानीलाई पढाउन थाले।

ुनिजी विद्यालयलाई गाली गर्नुभन्दा उनीहरुबाट राम्रा कुरा सिकेर लागू गर्यौं , विद्यार्थी बढे,ु प्रिन्सिपल खरेलले अनुभव सुनाइन्, ुअभिभावकको विश्वास जित्ने स्तरीय शिक्षा उपलब्ध गराउन सके सरकारी विद्यालयमा विद्यार्थी सुक्दैन।ु उनले सरकारको मुख ताक्ने काम कहिल्यै गरिनन्। सरकारले कम्प्युटर शिक्षाको व्यवस्था नगरे पनि उनले आफैँले समुदाय, अभिभावक र शिक्षककै सहयोगमा निजी स्रोतबाटै भए पनि कक्षा तीनदेखि माध्यमिक तहसम्म कम्प्युटर शिक्षकको व्यवस्था गरेकी छन्।

(नागरिक दैनिकमा प्रकाशित)

widgets