गुणस्तरीय शिक्षाका लागि नयाँ विधेयक : शिक्षामन्त्री    ५८ लाख थान पुस्तक अपुग    शिक्षामन्त्री भन्छन् - 'शिक्षालाई राजनीतिमुक्त बनाउनैपर्छ'    शिक्षालाई स्कुलदेखि घरसम्म जोड्ने शिक्षक भएनन्    प्राचार्य र अध्यक्षविरुद्ध छुवाछुत मुद्दा    ग्लोबल सेपर्सले स्कुल बनाउने    एसएलसीमा डी ग्रेड ल्याउने विद्यार्थीको भर्नामा चर्को विवाद    यस बर्षको एसएलसी परीक्षा सम्पन्न, नतिजा असारमा    डिन निुयुक्तिमा चलखेल !    सरकारीमै पढ्छन् शिक्षकका छोराछोरी    शिक्षकले आठ महिनादेखि तलब पाएनन्    शिक्षा कार्यालयमा ‘मदिरा पार्टी’    झाडापखालाबाट शिक्षक पनि बिरामी    एसएलसीमा भाइबर र म्यासेन्जरबाट चिट !    परीक्षामा चिट चोर्न नपाउँदा ढुंगामुढा !    एसएलसीमा चर्को राजनीति !    बाजुराका विद्यार्थी एसएलसीबाट बञ्चित !    पद्मकन्या क्याम्पस स्ववियु सभापतिको मृत्यु    एसएलसी परीक्षामा छ लाखभन्दा बढी परीक्षार्थी हुने    एसएलसीमा १ घण्टा लोडसेडिङ घट्यो    कर्णालीका विद्यार्थीले समयमै पुस्तक पाउने    ७ रोचक कुराहरु    किताब नउठाउने महासंघको चेतावनी    भाडाको घरमा स्कुल चलाउन नपाइने !    मुक्तिमार्ग उच्च माविलाई एघार लाख रुपैया मूल्यको जग्गा सहयोग    एसएलसीको ग्रेडिङ्मा परिवर्तन गरियो    विद्यार्थी शून्य, शिक्षक आठ    विद्यालय सुधार्न कस्सिए अभिभावक    चलन चल्तीका केहि नेपाली उखानहरु    केही मननिय भनाईहरु    आदर्श भनाई अनि ज्ञानगुनका कुराहरु    बेलायतको भिसा त्यागेर शिक्षक    कृपा नखोज, कर्म गर: कुलचन्द्र गौतम    शिक्षक र अभिभावकको व्यापक परिचालनबाट मात्रै संभव छ विद्यालय सञ्चालन र पुनःनिर्माण    आजको पाठ योजना बिफल हुने देखेपछी, पढाउन छोडेर एक छिन् ठुलो - ठुलो आदर्शको भाषण दिएँ    लाखौं विद्यार्थी उच्च शिक्षाबाट बञ्चित हुने खतरा    एकजना विद्यार्थीको आत्महत्या    विद्यार्थी कल्याणकारी कोषका लागि जुट्दै अष्ट्रेलियाका नेपालीहरू    आफ्नो पाठ र ईकोब्रिक    प्राज्ञिक विद्यार्थी अधिवेशन हुँदै    अन्तर विद्यालय ताइक्वान्दो भक्तपुरमा हुने    भूकम्प प्रभावित जिल्लामा ‘लाइभ स्कुल’ !    दाङका मुक्त कम्लरीलाई शैक्षिक सामग्री वितरण    पाँच कक्षासम्मको विद्यालयमा तीन मात्रै शिक्षक    २३ सय विद्यार्थीलाई शैक्षिक सामग्री    शिक्षक सक्षमताको मापदण्ड पारित, तालिमको स्वरुप फेरियो    तरुण माध्यामिक विद्यालयमा    आदर्श शौल युवक उच्च माध्यामिक विद्यालय    पुरानो विद्यालय अत्याधुनिक प्रविधि    एमए पास गरेर कक्षा एक मा शिक्षक !    सेना छाडेर शिक्षक    बेलायतको भिसा त्यागेर शिक्षक    सुधार प्रयासमा एउटा हेडमाष्टर    एक जना हेडसरको भोगाई : शिक्षकलाई सरकारले सम्मान दिएन    भारतको शिक्षामा कमजोर हुदैं मानवीय पक्ष : प्रा.डा. अनामिक शाह    सिकाइ उपलब्धि: माथि माथि हेर्दा तल सुक्यो !    विषयगत कक्षा व्यवस्थापन: सिकाइ उपलब्धि बढाउने एउटा उपाय    कार्यमूलक अनुसन्धान-किन र कसरी    स्ववियू निर्वाचन चैत अन्तिम साता भित्र गर्ने कांग्रेस सभापतिको भनाई    पद्मोदयको ७० औँ बार्षिकोत्सव सम्पन्न    नेल्टाको २१ औँ अन्तराष्ट्रिय सम्मेलन शुरु    धेरै दरबन्दी भएका प्राविका शिक्षक निमावि र माविमा : बराल    दल आवद्ध शिक्षकलाई स्पष्टीकरण, चित्त बुझ्दो जवाफ नदिए कारवाही : जिशिअ नेपाल    शिक्षा मन्त्रालय विदेशी ‘डोनर’ हरुले चलाएका छन् : कोइराला    सामाजिक नीति बनाऊन विद्यार्थीको माग    क, ख पढ्न चार घन्टाको हिँडाइ    शिक्षाको व्यापार अन्त्य गर्न शुल्क निर्धारण मापदण्ड कार्यान्वयन हुनै पर्ने    शिक्षामा नयाँ क्रान्तिको आवश्यकता – शिक्षामन्त्री    नीजि स्कुल खोल्न ३२ मापदण्ड, पहिल्यै खुलेकालाई तीन वर्ष मौका    बिज्ञापन    प्रयोगका सर्त    हाम्रो बारे

एसएलसीमा भाइबर र म्यासेन्जरबाट चिट !

काठमाडौँ, २२ चैत्र । प्रवेशीका परीक्षा (एसएलसी) मा मोबाइलको भाइबर र म्यासेन्जरबाट शिक्षक तथा अभिभावकले चिट चोराउने नयाँ तरिका अपनाइएको पाइएको छ । परीक्षा हलमा सहभागी विद्यार्थी तथा परीक्षामा खटिएका गार्डले मोबाइलबाट प्रश्नपत्रको फोटो खिच्ने र त्यसलाई परीक्षा केन्द्र बाहिर रहेका शिक्षक तथा अभिभावकलाई म्यासेज पठाई प्रश्नपत्र आउट गर्ने गरिएको पाइएको हो । उक्त प्रश्नपत्रका आधारमा उत्तरसमेत तयार गरी पुनः भाइबर र म्यासेन्जरबाटै परीक्षा केन्द्रमा परीक्षा दिइरहेका विद्यार्थीलाई चिट पठाउने गरिएको पाइएको हो ।

परीक्षाको पहिलो र दोस्रो दिन जिल्ला सदरमुकाम माढीभित्रकै परीक्षा केन्द्रमा भाइबर र म्यासेन्जरमार्फत प्रश्न आउट गर्ने र म्यासेन्जरकै माध्यमबाट उत्तर विद्यार्थीसम्म पुर्‌याउने नयाँ तरिका अपनाइएको पाइएको शिक्षकले आरोप लागाएका छन् । जिल्ला सदरमुकाम माढीस्थित जनज्योति उमावि परीक्षा केन्द्रमा परीक्षाको पहिलो दिन र दोस्रो दिन यसरी चिट चोराउने र चोर्ने काम भएको बताइएको छ । उक्त परीक्षा केन्द्रका केन्द्राध्यक्ष कृष्णप्रसाद निरौलाले भने, ‘केन्द्रबाट वा बाहिरी कुनै केन्द्रबाट प्रश्न आउट भएको भन्ने एकीन भएन तर परीक्षा हलमा सहभागी विद्यार्थीमा भने म्यासेन्जरमार्फत यस्तो प्रश्नको तयारी उत्तर फोटो र एसएमएसमार्फत आएको परीक्षा सम्पन्न भएपछि थाहा भयो । त्यस विषयमा अनुसनधानका लागि जिल्ला शिक्षा कार्यालयमा समेत जानकारी गराइएको छ ।ु

परीक्षा केन्द्रमा मोबाइलको म्यासेन्जर र भाइबरमार्फत चिट चोर्ने र चोराउने कार्य भएको भन्ने गुनासो आएपछि आइतबारबाट परीक्षा केन्द्रमा खटिने सबै सुरक्षा गार्ड, सहायक केन्द्राध्यक्षसहितका शिक्षक र विद्यार्थी तथा अन्य कर्मचारीलाई समेत परीक्षा हलभित्र मोबाइल प्रयोग गर्न निषेध गरिएको र केन्द्रभित्र स्विच अफ गरेर मोबाइल राख्न थालिएको केन्द्राध्यक्ष निरौलाको भनाइ छ ।

‘केन्द्रको नाम लिएर गुनासो आएपछि आफैंले शिक्षा अधिकारीलाई जानकारी गराएर मोबाइल प्रयोगमा निषेध गरिएको छ । अहिले परीक्षामा खटिने कुनै पनि शिक्षक तथा कर्मचारी र विद्यार्थीले मोबाइल प्रयोग गर्न पाउने छैनन्,ु उनले भने । कसैले मोबाइल लगेर त्यसको दुरुपयोग गर्दै परीक्षामा अमर्यादित गतिविधि गरे त्यस्ता कर्मचारी र विद्यार्थीलाई कारबाही गरिनेसमेतको चेतावनी दिएको जिल्ला शिक्षा अधिकारी बद्रीबहादुर पाठकले बताए ।

जिल्लाका कतिपय परीक्षा केन्द्रबाट केन्द्रमा खटिने कार्यालय सहयोगी, प्रहरी र चिया पसलका सञ्चालकबाट चिया पुर्‌याउने बहानामा परीक्षा केन्द्रबाट प्रश्नपत्र बाहिर ल्याउने र उत्तरभित्र पुर्‌याउने गरेको समेत आरोप लागेको छ ।

फर्जी परिचयपत्र बनाई गार्ड

यस्तै सिरहामा एसएलसी परीक्षामा निजी विद्यालयको शिक्षक गार्ड बस्न नपाउने भएपछि सरकारी विद्यालयको नाममा परिचय पत्र बनाई गार्ड बस्ने गरेको पाइएको छ । अनिवार्य गणित विषयको परीक्षामा जनता माध्यमिक विद्यालय अयोध्यानगर, कसहा परीक्षा केन्द्रमा निम्न माध्यमिक विद्यालय गुरुधामका शिक्षक सञ्जिवकुमार सिंहको नाममा अरू नै गार्ड बसेका छन् । सिंहले आफू परीक्षामा गार्ड नबसेको जानकारी दिए । उनले भने , ‘म परीक्षामा गार्ड बस्न कतै गएको छैन, विद्यालय छुट्टी भएकोले घरकै काममा लागेको छु ।ु

गोलबजर – ७ चोहर्वास्थित शान्ति निकुञ्च आवासीय विद्यालयका सहायक प्रिन्सिपल विनोद साह महदेवा पोर्ताहा प्राविका शिक्षक राजदेव यादवको नाममा नक्कली परिचय पत्र बनाएर गार्ड बसेका छन् । आफ्नै विद्यालयका परीक्षार्थीलाई सिकाउने उद्देश्यले बसेको भए पनि विद्यार्थीलाई अनुशासनमा राख्न उनलाई परीक्षा केन्द्रमा राखिएको त्यही विद्यालयमा कार्यरत एक शिक्षकले जानकारी दिए ।

जनहित निमावि गोलबजार–६ डोहटियाको नाममा परिचयपत्र बनाई भोजराज चौहान, राजकुमार राम परीक्षामा गार्ड बसेको भए पनि ती नाम गरेका शिक्षक आफ्नो विद्यालयमा नभएको प्रधानाध्यापक बद्री यादवले जानकारी दिए । उनले भने ‘ हाम्रो विद्यालयमा त्यस्तो नामगरेका शिक्षक छैनन् कसरी हाम्रो विद्यालयको नाममा परिचयपत्र बनाए, मलाई त्यसको जानकारी छैन ।ु

उमेश साह निमावि डाबरको शिक्षकको नाममा नक्कली परिचय पत्र बनाई गार्ड बसेको भए पनि उनी त्यस विद्यालयको शिक्षक नभएको त्यही कार्यरत एक शिक्षकले बताए ।

जिल्ला शिक्षाअधिकारी महेन्द्र महतोले त्यसरी किर्ते गरी गार्ड बसेको पाइएकालाई कारबाही गर्ने बताए । परीक्षा मर्यादित र शान्त बनाउन गार्ड राखेको भए पनि निजी विद्यालयले आफ्ना विद्यार्थीलाई चिट चोराउन किर्ते परिचयपत्र बनाई गार्ड रेखेका छन् । आफ्नै विद्यालयमा परिचर हुँदा हुँदै पनि चन्द्र परियार, आनन्द भट्टराई, प्रविन भुजेल र भीम लामालाई परिचर राखिएको छ । उनीहरू सबैजना निजी विद्यालयका शिक्षक हुन् ।

सो परीक्षा केन्द्रमा शिशुज्योति आवासीय विद्यालय धनगढी, शारदा इंगलिस बोर्डिङ स्कुल गोलबजार, सरस्वती उच्च माध्यमिक विद्यालय जमदह तेतरिया र मोडेल इंगलिस स्कुल धनगढीको परीक्षा केन्द्र रहेको छ । शान्ति निकुञ्च आवासीय विद्यालयका विद्यार्थीले शिशुज्योति आवासीय माध्यमिक विद्यालय धनगढीबाट परीक्षा दिइरहेका छन् । -

(अन्नपुर्णपोष्ट दैनिकमा प्रकाशित)

widgets